मुख्य समाचार :


सिलगढीबाट पर्यटक कालेबुङ चढेको छैन आएका पर्यटक पनि अलपत्र

 


मनोज वोगटी
कालेबुङ, २६ दिसम्बर|
'भाइ रेशी जानेबाटो कता हो?' चारजना अधवैशे, दुइजना महिला अनि दुइजना केटाकेटीसित उभिएका एक बङ्गाली व्यक्तिले पत्रकारलाई प्रश्‍न गरिरहेका थिए| 'पर्यटन उत्सव चलिरहेको सुनेर कोलकाताबाट आएका थियौं| कालेबुङ त आइपुग्यौं तर कता जाने कता नजाने भयौं| सोंचेको भन्दा फरक कुरा पाइएकोले अलमल्ल पर्‍यौं'-तिनेले थपे| तिनले जोरसित बोलिरहेका थिए किन भने कालेबुङ मोटर स्ट्याण्डको छेवैमा रहेको मेला ग्राउण्डमा पर्यटन उत्सवको माइक जोरले बजिरहेको थियो| कालेबुङमा आज तेस्रो दिन पनि कालेबुङवासीले पर्यटन उत्सव गर्दै मोलाग्राउण्डमा नाचिरहेका छन्| तर पर्यटक भने कालेबुङ उत्रिएर पनि अलपत्र परिरहेका छन्| महोत्सव पालन गर्ने सरकारी विभागले सरकारी खर्चलाई टुङ्गो लगाउन औपचारिकता मात्र पालन गरिरहेको ती पर्यटकलाई पत्तो नै थिएन| तिनले सोधे 'गाडीहरू पनि छैन, कसरी जान सकिन्छ रेशी?' महोत्सवको हल्लाबाट धोका पाइएको बुझेपछि रेशी पनि नगई कोलकाता नै फर्किने मन बनाएका ती पर्यटकहरूले काउण्टरमा नै रातो मसीले गाडी छैन भनेर लेखेको सूचनापटले अझ निरास पार्‍यो| एकातिर उत्सवले निराश अर्कोतिर गाडीको अभावले समस्या पारेपछि पर्यटक त्यसै पनि विचल्नीमा पर्नु बाहेक अर्को उपाय थिए| कोलकाताबाट परिवार लिएर आएका सुब्रतो रोय अनि प्रतीश मुखर्जी सिलगढी जाने गाडी नभएर अझ हताश बने| पर्यटन उत्सव भएदेखि नै कालेबुङमा गाडीहरूको समस्या शुरू भइसकेको छ| कही जान पनि सही समयमा गाडीहरू नपाउने रोग कालेबुङमा पुरानो रहेकोछ| त्यसैमाथि कुनै उत्सवको बेला अझ वाहनहरूको अभावलाई कालेबुङमा हुने चाखलाग्दो अचम्म मान्न सकिन्छ| आज पनि सिलगढी जाने गाडीहरूको अभावमा यात्रीहरूको बिजोक देखियो| सिलगढी जाने गाडी छैन तर जाने भए १८० तिरेर जान सकिने उपाय उनीहरूलाई चालकहरूले नै बताइदिएको एक यात्रीले बताए| चालक महासङ्घका अध्यक्ष काजी छिरिङ दोर्जी भोटियासित गाडीको अभावबारे प्रश्‍न गर्दा तिनले मोठ ३६ वटा गाडी सिलगढी चल्ने भए पनि ६ वटा गाडी प्यासेन्जर नभएर कालेबुङ नफर्किएको अनि आज ३० वटा गाडी विहानै गइसकेको अनि कुनै पनि नफर्किएको बताए| पालैसित प्यासेन्जर बोक्ने भएकोले सबै गाडी आफ्नो-आफ्नो पालोमा कालेबुङ आउने गर्छ| हिजोदेखि कालेबुङ आउने यात्री नै नभएकोले मोठ ३६ वटै गाडी सिलगढीमा रहेको भोटियाले बताए| तिनको यस्तो स्पष्टिकरणले केही दिनदेखि अथवा चिया अनि पर्यटन उत्सव भएदेखि नै कुनै पनि पर्यटक कालेबुङ चडेका छैनन्| कालेबुङ आएका देशी पर्यटक पनि अलपत्र परिरहेका छन्|
 



0 comments: on "सिलगढीबाट पर्यटक कालेबुङ चढेको छैन आएका पर्यटक पनि अलपत्र"