मुख्य समाचार :


जीटीएले गोर्खाहरू सन्तुष्ट छैन भन्ने सन्देश दिन आज क्रामाकपा टोली दिल्ली हिँड्‌ने

कालेबुङ, 17 दिसम्बर।
क्रामाकपा आञ्लचिक समितिले  21 अनि 22 दिसम्बरमा दिल्लीको जन्तरमन्तरमा धर्ना दिने भएको छ। जसको निम्ति आइतबार क्रामाकपाको 70 जनाको टोली दिल्ली प्रस्थान गर्नेछन्‌। कालेबुङ आञ्चलिक समिति सभापति किशोर प्रधान अनि सचिव मोहन पौड्यालको नेतृत्वमा जाने टोलीले संसदको शीतकालीन सत्रअवधी कुनै पनि व्यवस्थाले गोर्खाहरूको समस्या समाधान नहुने बताउँदै छुट्टै राज्यले मात्र समाधान हुने सन्देश दिने उदेश्य बोकेका छन्‌। कालेबुङ खण्ड 1 का प्रतिनिधिहरूलाई सन्तोष प्रधान अनि आनन्द घतानीले नेतृत्व दिनेछन्‌ भने खण्ड 3 लाई गोपाल योञ्जन अनि डीआर शर्माले, अनि कालेबुङ टाउन कमिटीलाई सुदन प्रधान, भीम गुरूङ अनि विमल राईले नेतृत्व दिनेछन्‌। कालेबुङ आञ्चलिक समितिका सभापति किशोर प्रधान अनुसार 70 जनाको टोली भोलि दिल्ली प्रस्थान भएपनि गोर्खा शहीद स्मारक समिति, अल इण्डिया स्टुडेन्ट युनियन, गोर्खा डेमोक्रेटिक फ्रण्ट अनि दिल्लीका केही व्यक्ति विशेषले पनि धर्नामा सहभागिता जनाउने भएको छ। प्रधानअनुसार, एकातिर देशमा  स-साना नयॉं राज्य हुने सम्भावनाहरू प्रवल बनिरहेको अनि दार्जीलिङ-पहाडलाई एउटा व्यवस्था थमाएर गोर्खाहरूको समाधान भयो भनिरहेकोे समय गोर्खाहरूको मूल मुद्दा थॉंतीमा नजाओस्‌ भनेर केन्द्रिय समितिको परामर्शमा आञ्चलिक समितिले दिल्लीमा गएर धर्ना दिने कार्यक्रम बनाएको हो।
 


0 comments: on "जीटीएले गोर्खाहरू सन्तुष्ट छैन भन्ने सन्देश दिन आज क्रामाकपा टोली दिल्ली हिँड्‌ने"