मुख्य समाचार :


जीना हत्या मामिला सुल्झिएको छैन थानाले गृह सचिवालयलाई रिपोर्ट बुझाउनुपर्ने

कालेबुङ, 17 दिसम्बर।
जीना हत्याकाण्ड विस्तारै ओझलमा पर्न थालेको छ। तीन हप्ता अघि पुलिसले हप्ता दिनभित्रमा नै जीना हत्याकाण्डको रहस्यबाट पर्दा उठ्‌ने बताए पनि अहिलेसम्म कुनै रहस्यबाट पर्दा उठेको छैन। अचम्म लाग्दो कुरा त के छ भने कालेबुङ पुलिसले जीना हत्या मामिलामा अझसम्म कुनै क्लु नै नपाइएको बताइरहेको छ। हत्या घरदेखि 40 फीट पर भएको थियो। हत्या बलात्कारको कारण नभएको स्पष्ट भइसकेकको छ। जीनाको नियुक्तिको चार दिन अघि हत्या भएको पनि थाहा भइसकेको छ। पारिवारिक अनि सामाजिक सबैपक्षमा छानबिन पनि भइसकेको छ। तरै पनि कालेबुङ पुलिसले कुनै पनि क्लु नपाउनु गजब कै अचम्म भएको छ। अहिले जीनालाई न्याय हुनुपर्छ भन्ने झरी च्याउ झैं रहेका संस्थाहरू पनि चुपचाप छ। पार्टी कार्यकर्ता मौन छन्‌। गाउँ केही बोलिरहेको छैन अनि सबै भन्दा अचम्मको कुरा के छ भने परिवार पक्ष पनि जीना हत्याकाण्डलाई लिएर अहिले घडी मौन छ। आखिर यस्तो सन्नाटा किन छाएको छ जीना हत्याकाण्ड मामिलामा? न त पुलिसले केही बताइरहेको छ न त परिवार न त सामाजिक संस्था न त गाउँलेहरूले नै।
 बलात्कारको कारण जीनाको हत्या गरिएको होइन भन्ने कुरा थाहा पाइएपछि जीनाको प्रेम प्रसङ्गलाई कालेबुङ पुलिसले निक्कै गम्भीररुपले कोट्याइरहेको विश्वस्त सूत्रले बताएको छ। तर प्रेस प्रसङ्गमा पुलिसले खास कुनै क्लु पाइरहेको छैन। पुलिसले जीनाको फेसबुक, बोयफ्रेण्ड लगायत तिनका निकटहरूबाट कुरा कोट्याइसकेको पनि सूत्रले बताएको छ। अर्कोतिर जीनाको नोकरीको निम्ति नियुक्ति हुने कुरा चलिरहेको बेला तिनको हत्या भएकले जीनाको परिवारपक्षतिर पनि सोधखोज जारी राखेको छ। तरै पनि पुलिसले अहिलेसम्म कुनै खास क्लु पाइरहको छैन, जसलाई आधार बनाएर हत्यारा पक्राउ गर्नु सकियोस्‌। यता जीना हत्याकाण्डकको मुद्दा राज्य गृह विभागमा कालेबुङका विधायक डा. हर्कबहादुर छेत्रीले राखिसकेका छन्‌। आज त्यसको के उन्नति भइरहेको छ त? भनेर प्रश्न गर्दा विधायक डा. हर्कबहादुर छेत्रीले भने, थानालाई  राज्यको गृह सचिवलाई मामिलाबारे रिपोर्ट बुझाउने निर्देश गरेको छ। कालेबुङको पुलिसले कसरी काम गरिरेको छ, त्यसको रिपोर्ट बुझाइनुपर्ने छ। तिनले पुलिसलाई स्वतन्त्ररुपले काम गर्न दिनुपर्ने बताउँदै भने, नियुक्ति हुने चार दिन अघि जीनाको हत्या गरिएको थाहा लागेको छ। यस मामिलामा पुलिसलाई नै धेर कुरा थाहा छ। प्रमाणहरू धेरै जुटाइसकिएको होला। जसरी होस्‌ संदिग्ध अपराधीलाई पक्राउ गर्नुपर्छ। जसको निम्ति जोसित पनि पुलिसले सोधखोज गर्नसक्नुपर्छ। 
 


0 comments: on "जीना हत्या मामिला सुल्झिएको छैन थानाले गृह सचिवालयलाई रिपोर्ट बुझाउनुपर्ने"