मुख्य समाचार :


अध्यक्षको निर्णयमा आपत्ति

कालेबुङ, 11 नोभेम्बर।
कालेबुङ नगरपालिका चुनाउको निम्ति मोर्चाले उम्मेद्वारहरूको घोषणा गरेको केही घण्टा पनि बित्न नपाइ असन्तुष्टिका आवाजहरू बाहिर आउन थालेका छन्‌। कालेबुङको रामकृष्ण रङ्गमञ्चमा भएको मोर्चाको उम्मेद्वार चयन प्रक्रियामा आफूहरूले प्रस्ताव गरेको उम्मेद्वारले टिकट नपाएपछि वार्ड नम्बर 8 का केही स्थानीयवासी र सेवा सदन रोड नारी मोर्चाले आपत्ती जनाउँदै लिखित विज्ञप्ति जारी गरेको छ। यस वार्डबाट उनीहरूले बिनु छेत्रीलाई उम्मेद्वारको रूपमा अघि सारेपनि मोर्चा अध्यक्ष विमल गुरुङद्वारा रिञ्जी भोटियालाई टिकट दिएको नारी मोर्चा अध्यक्ष लाक्पा डोमाले असन्तुष्टि जाहेर गरेकी छन्‌। नारी मोर्चाकै अर्का सदस्य देविका राईले बताए अनुसार आफूहरूले योग्य उम्मेद्वार दिँदादिँदै पनि जेनरल वार्डमा एकजना अनुसूचित जनजातिका महिला उम्मेद्वार चयनित भएकोमा सबैलाई बिस्मात लागेको बताइन्‌। आफूहरू मोर्चाको स्थापना कालदेखि नै ख़ट्‌दै आएको र मदन तामाङ हत्याकाण्ड जस्तो बिकट परिस्थितिमा पनि पार्टीको साथ नछोडेको तिनले बताइन्‌। आफूहरूसित डेढ सयभन्दा धेर नारीमोर्चा सदस्यहरूको समर्थन रहेको बताउँदै उनले यदि मोर्चा केन्द्र कमिटीबाट आज टिकट दिएको उम्मेद्वारको टिकट खारेज गर्दै बद्लामा अर्को जेनरल उम्मेद्वारलाई टिकट दिएपनि आफूहरूलाई मान्य हुने विक्षप्तिमा उल्लेख गरिएको छ।

0 comments: on "अध्यक्षको निर्णयमा आपत्ति"