कालेबुङ, 15 अक्टोबर।
गोर्खा जनमुक्ति मोर्चाका सिक्किम शाखाका प्रतिनिधिहरू कालेबुङको बुधबारेमा भुइँचालो पीडितहरुलाई राहत बॉंड्न आज आइपुगे। टोलीलाई प्रतिनिधित्व गर्ने सिक्किम मोर्चाका अध्यक्ष भवानी प्रधानले राहत सामाग्री बॉंड्न जान भन्दा अघि कालेबुङका पत्रकारहरूसित भेटघाट गर्दै आफूहरू दार्जीलिङ जिल्लामा भुइँचालो पीडितहरूलाई सहयोग गर्न हर समय तयार रहेको जनाए। तिनले भने, यदि सिक्किममा यताका कोही पनि फँसेका छन्, काम गर्न गएका र अहिलेसम्म नफर्किएकाहरू छन्, उनीहरूलाई खोज्नको निम्ति हाम्रो सहयोग लिन सक्ने छन्। तिनले सिक्किमका मुख्यमन्त्री पवन चामलिङले राज्यका पीडितहरूलाई मात्र सहयोग गरेको अनि बाहिरका पीडितहरूलाई सहयोग नगरेको भनेर चलिरहेको कुरा अफवाह मात्र रहेको बताउँदै भने, सिक्किमका मुख्यमन्त्रीले कसैलाई पक्षपात गरेका छैनन्। तिनले बाहिर र भित्र भनेर छुट्याएका छैनन्। यदि कसैले पनि छुट्याएको कुरा गर्छन् भने त्यो सही कुरा होइन। यता पत्रकारहरूले जीटीएमाथि प्रश्न गर्दा तिनले भने, जीटीएलाई गोर्खाल्याण्ड पुग्ने माइल खुट्टीकोरूपमा लिएका छौं। हामीलाई विश्वास छ कि मोर्चाले यसैबाट गोर्खाल्याण्डसम्म पुर्याउने छ। किन भने जीटीएले सम्पूर्ण गोर्खाहरूको अस्तित्व बोक्दैन। यसकारण नै जीटीए गोर्खाल्याण्ड पुग्ने माइल खुट्टी हो। यता तिनलाई सोधिएको एक प्रशनको उत्तर दिँदै तिनले भने, जीटीएमा संवैधानिक सुरक्षा छैन वास्तवमा यही हाम्रो निम्ति फाइदाको कुरा हो। संवैधानिक सुरक्षा भएको व्यवस्था स्थायी हो। जीटीए नितान्त अस्थायी व्यवस्था हो, यो अस्थायी हुनु भनेको गोर्खाल्याण्डको मागर्र् खुल्ला राखिनु हो।

0 comments: on "जीटीएले सम्पूर्ण गोर्खाहरूको अस्तित्व बोक्दैन-सिक्किम मोर्चा"
Post a Comment