राम्रो काम गर्न जनताको प्रतिनिधि हुनुपर्दैन
कालेबुङ, 15 अक्टोबर।
कालेबुङका विधायक अनि कालेबुङका विपक्षका नेताहरूबीच वाक युद्ध शुरू भएको छ। भुइँचालोले मोर्चा अनि विपक्षलाई अहिले भिडाइरहेको छ। कालेबुङका गोर्खालीग नेता अनि माकपाका नेताले बङ्गालका मुख्यमन्त्री ममता व्यानर्जीले 18 वटा विकास प्याकेज घोषणा गर्दा कालेबुङ त्यसभित्र नपर्नुमा कालेबुङका विधायकको दोष बताएका थिए। उनीहरूले विधायक डा.हर्कबहादुर छेत्रीले ठीक रिपोर्ट मुख्यमन्त्रीसमक्ष राख्न नसकेकोले राज्यले गर्ने विकासको योजनाबाट कालेबुङ नपरेको बताएका थिए। तर उल्टै कालेबुङका विधायक डा.हर्कबहादुर छेत्रीले मुख्यमन्त्रीले घोषणा गरेका विकास योजना दार्जीलिङ र खरसाङको निम्ति मात्र नरहेर कालेबुङको निम्ति पनि रहेको जनाएका थिए। तिनले यति मात्र होइन आफू जनप्रतिनिधि रहेकोले कसैले पनि विकास किन भएन भनेर प्रतिनिधिलाई नै सोध्न पर्ने अनि विपक्षका नेताहरूलाई सोध्न नहुने पनि बताएका थिए। त्यसैको खण्डन गर्दै आज लीग नेता प्रताप खातीले भने, कालेबुङका विधायक डा.हर्कबहादुर छेत्रीले विमल गुरूङको हात मोल्दै चौकी बचाउँने काम गरिरहेका छन्। जनता लाटो छैन। तिनले विधायकप्रति प्रश्न उठाए, बालासान प्रोजेक्ट कालेबुङको रेलीको निम्ति हो? लेबोङको 5 करोडको स्टेडियम प्रोजेक्ट सुरुक समथारको निम्ति हो? 10 करोडको माल रोडको सुन्दरीकरणको योजना कालेबुङको जनमुक्ति पार्कको निम्ति हो? खरसाङको डिजल फिल्टर म्यानुफेक्चर प्लानिङ तोदेताङ्ताको निम्ति हो? दार्जीलिङको मल्टिकम्प्लेक्स गोरुबथानको निम्ति होइन। पीआरएस रिनोभेशन डेलोको निम्ति होइन। जिमखाना, प्लान्टर्स क्लब कालेबुङको निम्ति होइन फेरि कुन आधारमा ती योजनाहरू कालेबुङको निम्ति हो भनेर जनतलाई उल्लु बनाइरहेको छ? तिनले डा.छेत्रीले जनप्रतिनिधि नरहेकोले विपक्षका नेताहरूलाई कसैले कुनै पनि कुरा सोध्नु नहुने भनेर दिएको कुराको पनि खण्डन गर्दै भने, राम्रो काम गर्नको निम्ति जनप्रतिनिधि हुनुपर्दैन। मैले उठाएको कुरा लीगको कुरा होइन जनताको कुरा हो। डा. छेत्रीले जनतामा भ्रमात्मक कुरा गर्दै आफ्नो चौकी बँचाउने काम गरिरहेको भन्दै खातीले मोर्चाले गोर्खाल्याण्डको नाममा अर्को दागोपाप थापेको अनि डा. छेत्रीले गोर्खाल्याण्डको नाम गरेर विधायक बनेर मुद्दा बेचेको आरोप पनि लगाएका छन्।

जनताको मर्म नबुझ्ने प्रतिनिधिलाई के सोध्नु?
कालेबुङ, 15 अक्टोबर।
माकपा नेता तारा सुन्दासले पनि कालेबुङका विधायकले जनताको हीतको कुनै पनि काम नगरेको मात्र होइन कृषि व्यवसाय मन्त्रीलाई समेत जनताको आवश्यकताको कुरा नगरेको बताए। मन्त्रीलाई सिन्कोना जस्तो विश्व प्रशिद्ध एवं 150 वर्ष भन्दा लामो इतिहास बोकेको उद्योगको दिल्लीमा प्रदर्शन गर्ने सुझाव दिएर विधायकले जुन मुर्खताको परिचय दिए त्यसले नै को कति पानीमा छ भन्ने कुरा स्पष्ट भएको सुन्दासले जनाए। यसको सट्टा विधायकले विश्व बजारमा सिन्कोनाको घट्दो माग र सोह्रवर्षदेखि बन्द रहेको कुलैन कारखाना खोल्ने कुरै नगरेको भन्दै सुन्दासले भने, पहाडको सिन्कोनामा कुनाइनको मात्रा 3.2 प्रतिशत मात्र रहेको छ। विश्व बजारमा 7 देखि 8 प्रतिशत कुनाइनको मात्रा भएको सिन्कोना उत्पादन भइरहेकोले यहॉंको सिन्कोनाको यो अवस्था भएको हो।
यस्ता विषयमा विधायकको ध्यान पुगेन। यसको सट्टा आफ्नो गल्ती र अज्ञानतालाई ढाक्न नाच्न नजान्नेले आँगन टेडो छ भने जस्तो गरी विपक्षलाई दोष लगाइरहेका छन्।
यता रेगुलेटेड मार्केट सम्बन्धमा पनि तिनले प्रतिक्रिया गर्दै विधायक र मन्त्रीले 2006 मा नै शुरू हुने भनिएको मार्केट अहिलेसम्म पनि उद्घाटन नभएको विषयमा बोल्दा पनि नबोलेको बताउँदै भने, रेगुलेटेड मार्केटमा कार्यरत 10 जना कर्मचारीहरू बिनाकारण कामबाट निकालिँदा पनि जनप्रतिनिधि भनेर गर्व गर्ने विधायकले किन कुरा उठाएनन्? यसको सञ्चालनको निम्ति कमिटी बसाइनुपर्ने हुन्छ, कमिटीमा स्थानीय कृषक प्रतिनिधि, व्यापारी, समाजिक कार्यकर्ता, व्याङ्क प्रवन्धक, विधायक अनि महकुमा अधिकारी हुनुपर्ने हुन्छ तर मन्त्रीलाई यसबारे अवगत नै नगराएको पनि तिनले बताए। 21 लाखको लागतमा निर्माण गरिएको रेगुलेटिङ मार्केटको प्रशासनिक भवन खण्डहर बन्न लाग्दा पनि विधायकको आँखा परेकै छैन भन्दै तिनले कृषकको आयबाट 1 प्रतिशत ट्याक्स उठाएर कृषकको खून र पसीनाले बनिएको भवनको दुर्गति हुँदा पनि जनप्रतिनिधिले कुनै चासो नदेखाएको आरोप पनि तिनले लगाए। तिनले भने, मन्त्रीले त यहॉंका कृषकहरूको बजारको निम्ति ग्रामीण क्षेत्रमा लिङ्क रोडहरूको निर्माण गर्ने घोषणा गर्नुपर्ने हो तर यसबारे कुरै गरेनन्। रेगुलेटिङ मार्केडको टेण्डर कोलकातामा भइरहेको छ, विधायकले यो टेण्डर यहीँ हुनुपर्छ भनेर मन्त्रीलाई बताएनन्। दुर्गम क्षेत्रका कृषकहरूले बाटो नभएकोले बोकेर फसल बजारमा ल्याइरहेका छन्, यो दुःख देखाएनन्।
विधायकले आफै धामी आफै झॉंक्रीको भूमिका निभाइरहेका छन्। तिनले अझ भने, मन्त्रीले कृषकहरूको निम्ति बजार बनाइदिनु पर्दैन यहॉं लिङ्करोड निर्माण गरिदिए सबैभन्दा ठूलो काम हुन्छ। विधायकलाई थाहा छ के त यस्ता कुरा? डा. छेत्रीले भन्छन्, ममता पनि उनकै, कोलकाता पनि उनकै, दिल्ली पनि उनकै तर तिनकै जनताको सुन्तलाको फसलमा लाग्ने रोग दादने किन तिनको भएनन्? तिनले मन्त्रीलाई पहाडका कृषकहरूको चिन्ता छ भने खै त उनीहरूको खेती व्यवस्थित गर्ने योजना बनाएको भन्दै अझ थपे, ग्रामीण क्षेत्रमा मन्त्रीले हाट बनाउने कुरा गरेको खै? उनीहरूको निम्ति कूलो बनाइदिएको खै? खै सिँचाईको व्यवस्था?
तिनले सोझै के पनि आरोप लगाए भने तिनको अध्यक्ष पानीमा भिजेर क्षेत्रको निरीक्षण गर्दा विधायक दिल्लीमा थिए। तिनले भने, विमल गुरूङलाई मेरो लाल सलाम छ। कमसेकम तिनले जनताको विजोग हेरे। गाउँ गाउँ घुमे। तर खै त जनताको प्रतिनिधि भन्ने विधायक घुमेको? तिनले स्पष्टरुपमा विधायक कालेबुङको विकासको निम्ति गम्भीर नरहेको अनि आधारभुत आवश्यकताको कुरा छोडेर आफ्नो बढ्प्पन देखाउने चलखेल मात्र गरिरहेको आरोप पनि लगाए।

0 comments: on "विपक्षीले दिए विधायकलाई ओंठे जवाब"
Post a Comment