मनोज वोगटी
कालेबुङ, 15 अक्टोबर।
दुइचरण कै आन्दोलनको मुद्दाप्रतिको अवधारणा स्पष्ट थिएन, यसलाई दुइचरणमा नै भएका कार्यक्रमहरूले पुष्टि गर्छ। तर दुइवटा आन्दोलन हुनैपर्थ्यो, यसले गोर्खाहरूलाई मुद्दाप्रति सचेत मात्र बनाएन राजनैतिक सचेत पनि बनाएको छ। अब राष्ट्रियस्तरमा राष्ट्रिय सहमति जुटाउँदै आन्दोलन गर्ने समय रहेको छ, समयसचेत मात्र होइनन् राजनैतिक सचेत पनि रहेका वुद्धिजीवी सी.के.श्रेष्ठ यसो भन्छन्। दुइचरण कै आन्दोलनलाई भोगेका अनि क्षेत्रीय राजनैतिक चलखेल र यसका उपलब्धीहरुबारे आफू स्पष्ट रहेका श्रेष्ट दुइवटै आन्दोलनसित मुद्दामाथि अवधारणा स्पष्ट नरहेको मान्छन्। तिनी भन्छन्, क्षेत्रीयस्तरमा छुट्टैराज्यको कुरा त भयो तर मुद्दालाई राज्य केन्द्रित गरियो। यसो गर्नु मुद्दाप्रतिको अवधारणा स्पष्ट नहुनु हो। गोर्खाहरूले गरेको छुट्टैराज्यको कुरा देशमा नै बेग्लै छ। यसबारे देशलाई बुझाउन सकिए देशलाई नाई भन्ने परिस्थिति रहँदैन। तिनी अनुसार गोर्खाहरूको छुट्टैराज्यको कुरा गोर्खाहरूको राष्ट्रिय चिह्नारी र राजनैतिक सुरक्षासित जोडिएको सवाल हो। अहिलेसम्म सौभाग्य हो वा दुर्भाग्य हो दार्जीलिङको तीन महकुमाबाट आन्दोलन भयो। यहीँबाट नै आन्दोलन भए पनि यसको निम्ति राष्ट्रिय सहमति जुटाइनु पहिलो अनिवार्यता थियो। तर मुद्दालाई क्षेत्रीयकरण गरिएकोले जहॉं बुझाइनुपर्ने थियो त्यहॉं बुझाइएन। मुद्दा क्षेत्रीय बनेपछि सम्झौता पनि क्षेत्रीय भयो। तिनले भने, पहिले त गोर्खाहरूलाई राज्य चाहिन्छ कि चाहिँदैन, त्यसबारे निर्णय गराइनुपर्यो। छिमेकमा नेपाल राष्ट्र छ, आन्दोलनलाई परिस्थितिले कञ्जयाइरहेको छ। देशका ठूलाहरूले गोर्खाहरूलाई राज्य चाहिन्छ कि चॉंहिँदैन भन्ने कुराको ठोष निर्णय गर्नपर्ने परिस्थिति बनाइनुपर्यो। यसो दार्जीलिङको तीनवटा महकुमामा आन्दोलन गरेर हुँदैन। देशले सैद्धान्तिकरुपले गोर्खाहरुलाई राज्य चाहिने कुरामा निर्णय लिएपछि राज्य कहॉं हुने त्यसको निर्णय गर्न सकिन्छ। तिनी अनुसार गोर्खाल्याण्डको मुद्दा पार्लियामेन्टमा पुर्याइनुपर्छ। देशले तीनवटा महकुमाको आवाजलाई सुन्दैन। मुद्दा राष्ट्रिय हो। यसलाई राष्ट्रियस्तरबाट नै उठान गरिनुपर्छ। मुद्दालाई लिएर शक्ति ध्रुविकरण गरिनु हुँदैन। फेरि पनि दार्जीलिङबाट क्षेत्रीय आन्दोलन हुने हो भने त्योे दलीय बँचाईको खेल मात्र हुन्छ। अब पनि गोर्खाल्याण्डको आन्दोलन गर्छौं भनेर दार्जीलिङमा मात्र आन्दोलन भयो भने त्यो मुद्दालाई लिएर बोलिएको महाझुट हुनेछ। तिनी अनुसार मुद्दालाई राष्ट्रियकरण गरिए, देशभरिका गोर्खाहरूले सङ्गठित भएर आवाज उठाइए अनि गोर्खाहरूलाई भारतमा छुट्टैराज्य चाहिनुका कारणहरू बुझाउन सकिए मात्र राज्य निर्माणको निम्ति देशले सोंच्नसक्छ। परिस्थिति निर्माणको निम्ति देशभरिबाट गोर्खाहरूको आवाज उठ्नुपर्छ। यसकारण अहिलेलाई मुद्दालाई राष्ट्रियकरण गर्ने उच्चतम सोंच भएकाहरूको कॉंधमा दायित्व छ। तिनले भने, गोर्खाहरूको राज्य निर्माणको निम्ति राष्ट्रिय शक्तिको निर्माण गरिनुपर्छ, यसको निम्ति गोर्खाहरूको राष्ट्रिय सङ्गठन चाहिन्छ। यसले राष्ट्रियस्तरमा मुद्दालाई सम्बोधन गर्दा दार्जीलिङ तराई र डुवर्सका राजनैतिक दलहरूले सहयोग गर्नुपर्छ। तिनी अनुसार गोर्खाल्याण्डको निम्ति अब तेस्रो च्याप्टर राष्ट्रियस्तरबाट शुरू हुनेछ। राष्ट्रियस्तरमा राजनैतिक विचारको निर्माण गरेर विचार मञ्चले देशभरिका गोर्खाहरूलाई मुद्दाको निम्ति सङ्गठित गरिनुपर्छ। तिनले भने, यस्तो हुन्छ नै, किन भने अब क्षेत्रीय चलखेल समाप्त भयो। यसलाई समाप्त गरेको छ जनताको राजनैतिक सचेतताले। सबैको आकांक्षा राष्ट्रिय सहमतितिर पुगेको छ। श्रेष्ठ अनुसार अहिले नै सीमाङ्कनको कुरा अनिवार्य नरहेको जनाउँदै भने, देशले सैद्धान्तिकरुपले गोर्खाहरूलाई राज्य चाहिन्छ भन्ने विचार निर्माण गर्ने परिस्थिति जबसम्म बनाइँदैन तबसम्म सीमाङ्कनको कुरा राजनैतिक दलहरूको क्षेत्रीय बँचाईको उपस्थिति दिने खेल मात्र हुनेछ। देशले गोर्खाहरूलाई राज्य दिनु अनिवार्य छ भन्ने कुरालाई सैद्धान्तिकृत गरिएपछि राज्य कहॉं हुने त्यसबारे बुझाइनु देशभरिका आन्दोलनकारीहरूको कार्यक्रम रहनेछ। तिनले जीटीएले विकास गर्छ भने त्यो नराम्रो नरहेको बताउँदै विकास गर्नको निम्ति देशभरिका गोर्खाहरूको मुद्दालाई क्षेत्रीयकरण गर्दै सम्झौता गरिनु मुद्दा विरोधी कार्यशैली रहेको बताउँदै भने, छोराले बाबुलाई माया गर्नुपर्छ, अधिकार दिनुपर्छ भन्नु सही हो, तर बीचमा पकेट मनी कम्ति भयो, त्यो पनि दिनुपर्छ भन्यो भने बाबुले छोराको खास आकांक्षा बुझ्छ। यसलाई पकेट मनी चाहिएको रहेछ भन्ने कुरा बाबुले बुझ्यो भने उसलाई पकेट मनी नै दिइबस्छ। तर बाबुले छोरालाई दिनुपर्ने अधिकार नै दियो भने पकेट मनी त्यहीँबाट आउँछ। दागोपाप र जीटीए यस्तै पकेट मनी हो। जनाकांक्षालाई व्यक्तिगत आकांक्षामा रुपान्तरण गरिएमा जनतालाई धोका हुन्छ। अहिले राष्ट्रियस्तरको मञ्च र विचार अनिवार्य छ। यसको निम्ति अब सबै सङ्गठित हुनैपर्छ। तिनले यदि कसैले पनि फेरि दार्जीलिङ जिल्लामा नै आदोलन गर्छु भन्छ भने यसको उद्देश्य फेरि अर्को दागोपाप नै हो भनेर बुझ्नुपर्ने पनि स्पष्ट पारेका छन्।

0 comments: on "स्पष्ट अवधारणासित नै अबको आन्दोलन राष्ट्रीयस्तरमा-श्रेष्ठ"
Post a Comment