मुख्य समाचार :


ऋणको चक्करमा विद्यार्थी

व्याङ्‌कले देखायो आशा मात्र

कालेबुङ,22 जून।
तीनवर्षसम्म ऋणको निम्ति कालेबुङ स्टेट व्याङ्‌कको चक्कर काट्‌दा पनि सरकारले विद्यार्थीहरूको निम्ति दिएको सुविधा अनुसार कुनै सहयोग हुन नसकेपछि अन्तमा तिनले सुनाखरीसित दुःख पोख्दै आफूले न्याय नपाएको पेदोङका रबीकान्त श्रीवास्तवले गुनासो गरेका छन्‌। सरकारले पढ्‌न चहाने राम्रा विद्यार्थीहरूलाई विद्यार्थी ऋणको सुविधा दिएको छ। जसको निम्ति विद्यार्थीहरूले आफ्नो सम्पूर्ण कागजपत्र देखाएपछि चार लाखसम्म विना ग्यारेन्टर ऋण पाउने बताइएको छ। तर श्रीवास्तवको निम्ति सरकारले दिएको त्यो सहुलियत नबनिएको तिनले जनाएका छन्‌। तिनी बीटेक गर्न चहान्छन्‌। तिनलाई मोठ 15 लाख रुपियॉंको खॉंचो छ। यसैकाकरण तीनवर्षदेखि स्टेट व्याङ्‌कमा विद्यार्थी ऋणको निम्ति आवेदन गरेका हुन्‌। तर व्याङ्‌कले घरि के र घरि के को बाहना गर्दै टार्दै आएपछि तिनी समस्यामा परेका हुन्‌। तिनका पिता रामाशंकर लालले भने, छोरोले पहिलो सेमिस्टरमा 78 भन्दा धेर प्रतिशत अङ्‌क ल्याएका छन्‌। छोरो बीटेक गर्न चहान्छन्‌ तर मसित तिनलाई पढाउने धन छैन। सानोतिनो व्यापार गर्छु र केही राचि जोगाड़ पनि गरेको छु, तर मलाई सरकारी सहयोग चाहिन्छ। यसैकारण विद्यार्थी ऋणको निम्ति आवेदन गरेको हुँ तर व्याङ्‌कले बाहानाबाजी गरिदिएपछि म समस्यामा परेको छु। 25 न. समष्टी गोजमुमो संयोजक विनोद प्रधानले भने, व्याङ्‌कले पहिले त धेरै कागजपत्र माग्यो। अन्तमा आएर आइटी फाइल पनि माग्यो। त्यो पनि बुझाइयो तरै पनि ऋण दिएन। अन्तमा कुनै सरकारी नोकरी गर्ने एकजना ग्यारेन्टर माग्यो, यसको निम्ति पनि ग्यारेन्टर लगियो तरै पनि व्याङ्‌कले वहानाबाजी गरेपछि विद्यार्थीको मन मरेको छ। तिनले भने, आखिर गरीब विद्यार्थीहरूले सरकारी सहुलियतको प्रयोग गर्न पाउँदैन भने, त्यो सहलियत बनाइयो नै किन? यस समन्बन्धमा आफूहरू निक्कै गम्भीररूपले लागिपर्ने बताउँदै तिनले भने, यसकारको सम्बन्धित पक्षसित हामी प्रश्न मात्र खड़ा गर्ने छैनौं, व्याङ्‌कको हेल्चेक्राईंप्रति पनि प्रभावकारी पहल गर्नेछौं। किन भने यिनी मात्र होइन्‌ धेरैले व्याङ्‌कबाट यस्तै सेवा पाउने गरेको छ, जसको कारण विद्यार्थीहरूले पढ्‌ने इच्छाको हत्या गर्न परिरहेका छन्‌। व्याङ्‌कले अपराधी निर्माण गर्ने काम गरिरहेको छ- तिनले भने।

0 comments: on "ऋणको चक्करमा विद्यार्थी"