मनोज वोगटी
कालेबुङ, 22 जून।
नेपालका नागरिक तर भारतीय नागरिककोरूपमा जाली पासपोर्ट बनाएर विदेश जान चहाने नेपालका एक ‘फ्रड’ लाई कालेबुङ पुलिसले जेलको हावा खुवाइदिएको छ। तिनी नेपाली बोली कै कारण पक्रा परे। नेपाली बोली कै कारण नेपालबाट भारत झर्दै विदेश उड्ने तिनको सपना पनि कठघरामा पुग्यो। तिनी हुन् नेपाल तनहू जिल्लाका चन्द्रबहादुर बस्नेत। विदेश पञ्जीकरण कार्यालयमा कागज जॉंच पड्ताल गराउन आएका तिनै नेपाल

कालेबुङ थानाले जनाए अनुसार दिवस तामाङ जो एजेन्ट बताइएको छ, उसलाई केही दिन अघि मात्र नारी तस्करको रूपमा मतिगढ़ा पुलिसले पक्राउ गरेको छ। तिनी अहिले पनि पुलिसको हिरासतमा नै छन्। यता दिवसले चन्द्रलाई विदेश पठाउनको निम्ति पासपोर्ट बनाउन गोरूबथान निवासी नै शेखर तामाङका नागरिकता अनि कागजपत्र प्रयोग गरेका थिए। शेखरलाई चन्द्र बनाएर विदेश पठाइदिने योजना दिवसको थियो।
सोही कागजपत्र जॉंच गराउनको निम्ति चन्द्रलाई गोरूबथान कै मनोज तामङले कालेबुङको विदेशी पञ्जिकरण कार्यालयमा लिएर आएका थिए। पञ्जीकरण अधिकारी लोपसाङ तामाङले आधिकारिकरुपले जॉंच पड्तालको निम्ति सोधपुछ शुरू गरे। जतिपल्ट सोधपुछ गरेपनि चन्द्रले नेपालमा बोलिने बोलीको ढॉंचामा नै उत्तर दिने काम गरेकोले तिनी गोरूबथानको नभएर नेपालको हुन सक्ने शंका शुरू भयो। तिनलाई परिचयपत्र मागियो, तर तिनीसित परिचयपत्र नै थिएन। शंका पूर्ण भएपछि तिनलाई कालेबुङ पुलिसले पक्राउ गरेर सोधपुछ भएपछि तिनलाई ‘फ्रड’ मानेर कठघरामा हुलियो।
जानकारी अनुसार जसको कागजपत्र दिवस तामङले प्रयोग गरेका थिए तिनी दिवसका काकाका छोरा हुन्, जो राज्य बाहिर छन्। दिवसले घरमा भएको कागजपत्र अनुमतिबिना नै प्रयोग गरेका थिए। मनोज तामङ दिवस तामङको दाजु हुन् जो चन्द्रलाई आफ्नो वाहनमा कालेबुङ लिएर आएका थिए। कालेबुङ पुलिसले वास्तविकता अघि ल्याउनको निम्ति जॉंच प्रक्रियालाई द्रुत गरेको छ भने दोषी चन्द्र अनि मनोजलाई 14 दिनको पुलिस हिरासतमा राखिएको छ। चोर होस्, कि हत्यारा, ठगार होस् कि आतङ्की जसलाई पनि कालेबुङ यति सजिलो क्षेत्र छ, जहॉं आफ्नो स्वार्थको काम बनाउन धेरै सजिलो छ। कालेबुङभित्र यस्ता अपराधिक कार्यहरू यति बिध्न बढेर गइरहेको छ कि यसलाई पुलिस प्रशासनले गम्भीर लिएन भने कालेबुङले आफ्नो मर्यादा सधैँ भरिको निम्ति गुमाउन सक्ने छ। एउटा युनिपे नामक कम्पनीले कालेबुङका धनी नागरिकहरूको यति धेरै धन लुटेर एजेन्ट चम्पट कसेको छ, जसको पर्दाफास अझ पनि हुन सकेको छैन।
0 comments: on "नेपाली बोली कै कारण पक्राउ"
Post a Comment