मुख्य समाचार :


गाडी चोर्ने प्रयास गर्दा पुलिसको पञ्जामा


कालेबुङ, 14 अक्टोबर।
कालेबुङमा गाडी चोरीको घटनाले तीब्रता लिइरहेको छ। हिजो गुम्बाहट्टा निवासी जसना छेत्रीको गाडी पुलिस थाना अघि नै चोर्ने प्रयास गर्दा चासिले तिरुवा गाउँ निवासी बताउने 23 वर्षीय युगेेन पञ्चकोटी पुलिसको पञ्जामा परे। जसना छेत्रीको वेगनर डब्ल्युबी 74 भी 4679 चालकले मालिकलाई सिलगडी पुर्‍याएर थाना परिसरमा  राती 9 बजी राखेका थिए।
 केही क्षणको निम्ति चाबी गाडीमा नै छोडेर चालक नजिकैको पसलमा पसेका मात्र थिए, त्यसै बेला अज्ञात युवक आएर तिनको गाडी गुडाए। चालकले देख्ने वित्तिकै त्यसलाई पछ्‌याउँदा युवकले केही पर पुगेपछि गाडी भित्तामा ठोक्काए। गाडीको अगिल्लो भाग यसैबेला क्षतिग्रस्त बनेको थियो। युवकलाई त्यसैबेला चालकले पक्राउ गरेर थानामा सुम्पिए। थानापक्षले बताए अनुसार आरोपीलाई कोर्टमा पेश गरेर पुलिस रिमाण्डमा नै राखिने छ।
10 अक्टोबरको दिन पनि लाभाबाट पर्यटकलाई मालदाबाट लिएर आएको बोलेरोको पनि चोरी भएको थियो। राती चोरी भएको गाडी अनि चोरको अझसम्म पनि पत्तो लाग्न सकेको छैन। यस घटनाको दुइदिन पनि नपुग्दै कालेबुङमा अर्को गाडी चोर्ने प्रयास भएकोले गाडी चोरहरूको गिरोह ठूलो रहेको हुन सक्ने अनुमान कालेबुङ पुलिसले गरेेको छ। पक्राउ परेका युवक कै माध्यमबाट गिरोह अनि यसको टाउकेसम्म पुग्ने सम्भावना रहेकोले युवकलाई केरकार गरिरहेको थाना सूत्रले बताएको छ।

0 comments: on "गाडी चोर्ने प्रयास गर्दा पुलिसको पञ्जामा"