कालेबुङ, 14 अक्टोबर।
ममताको ममता कालेबुङले नपाउनुमा कालेबुङका विधायकको दोष रहेको भन्दै विभिन्न दलका प्रतिनिधिहरूले लगाएको आरोपलाई कालेबुङका विधायक डा.हर्कबहादुर छेत्रीले खण्डन गरेका छन्। दलका प्रतिनिधिहरुले विधायकले कालेबुङका क्षयक्षतिबारे स्पष्टसित मुख्यमन्त्रीलाई कुरा नराखेकोले नै भुँइचालो पीडितहरूले मात्र होइन कालेबुङका जनताले नै ममताबाट कुनै पनि विकासको निम्ति प्याकेज पाउन नसकेको आरोप लगाएका थिए। आज डा. छेत्रीले यसबारेमा भने, जसले जेसुकै भनुन् म कसैको पर्वाह गर्दिन। किन भने उनीहरूले कुरा बुझ्दैनन्। कुरा नबुझ्नेहरूले के भन्छन् मलाई मतलब पनि छैन। दार्जीलिङमा गरेको प्याकेजको घोषणा कालेबुङको निम्ति पनि रहेको बताउँदै तिनले भने, 20 करोडको क्षति भएकाहरूको घर निर्माण गर्ने अनि अझ 20 करोड कृषि उत्थानको निम्ति दिने भनेको दार्जीलिङको निम्ति मात्र होइन जिल्लालाई नै दिएको हो। ममताले जनसभाबाट नै भन्दैथिइन्, 497 करोडको योजना केन्द्रलाई बुझाएँ। 500 करोडको योजना अझ बुझाउने छु। यो कसको निम्ति हो? तिनले प्रश्न तेर्साए। तिनले अझ भने, दार्जीलिङमा मोटर स्ट्याण्ड बनियो कालेबुङमा बनिएन भन्नु हुँदैन। बालासनको निम्ति योजना भयो कालेबुङमा पानीको हाहाकार छ किन भएन भन्नु हुँदैन। किन भएन भनेर जनताले मलाई सोध्नुपर्छ किन भने जनताको प्रतिनिधि म हुँ। तारा सुन्दास र प्रताप खातीलाई सोधेर हुँदैन। कालेबुङमा प्रशस्त जमीन रहेको कुरा मोर्चा अध्यक्ष विमल गुरूङले मुख्यमन्त्रीलाई बताइसकेको जनाउँदै तिनले कालेबुङमा रहेको जमीनहरूलाई उपयोगमा ल्याउन विभिन्न योजनाहरू तयार भइरहेको जनाउँदै भने, विकास हुन्छ भने सबैभन्दा धेर विकास कालेबुङमा नै हुन्छ। किन भने कालेबुङमा जति खाली जमीन कतै छैन। यो खाली जमीनलाई सही कुरामा प्रयोगमा ल्याउनुपर्छ। तिनले कालेबुङको मोटर स्ट्याण्डमा धेरैले अवैद्धरूपले जमीन ओगटेकोले असुविधा भइरहेको बताउँदै नेउरा जलपरियोजनाको दस करोडको प्रोजेक्टको कार्य अहिले भइरहेको पनि तिनले बताए। तिनले कालेबुङका मेनरोड र अन्य ठाउँको विकास योजना पनि तयार भइरहेको पनि जनाएका छन्।

0 comments: on "आरोप लगाउने विपक्षसित रॉंकिए विधायक जनप्रतिनिधि म हुँ, मलाई सोध, तारा र प्रतापलाई होइन-डा.हर्क"
Post a Comment