कालेबुङ, 14 अक्टोबर।
चार दिवसीय भ्र्रमणमा कालेबुङ आएका कृषि एवं व्यवसाय मन्त्री अरुप रोयले पनि आज कालेबुङमा कृषि सम्बन्धि विभिन्न नयॉं योजनाहरूको घोषणा गरे। 2005 मा नै निर्माण कार्य शुरू भए पनि विभागीय अनदेखाको कारण जीर्ण बनिसकेको कालेबुङको रेगुलेटेड मार्केटलाई पुनर्थापना गर्दै वेरोजगारहरुको निन्ति रोजगारको अवसर निर्माण गर्ने मन्त्री रोयले घोषणा गरेका छन्। मन्त्री तीनदिनदेखि नै विभिन्न क्षेत्रको निरीक्षणमा जुटेका थिए भने आज मात्र पत्रकारहरूसित बोल्दै सुन्तला, अर्किड र सिन्कोनाको प्रदर्शनी दिल्लीमा गर्ने बताए। यो प्रदर्शनी दिल्लीमा नोभेम्बरमा (2012) हुने जानकारी तिनले दिए। तिनले कालेबुङमा पनि बोटानिकल गार्डनको निर्माण गर्ने घोषणा पनि गरे। तिनले बोटानिकल गार्डन कसरी निर्माण गर्ने अनि कहॉं निर्माण गर्ने मात्र होइन यसको सञ्चालन कसरी गर्ने भन्ने कुरा कालेबुङका विधायक डा. हर्कबहादुर छेत्रीसित भइरहेको बताउँदै यसको निम्ति 49.9 ऐकर जमीन चाहिने पनि बताएका छन्। जमीनको निम्ति पनि विधायकसित कुराकानी भइरहेको तिनले जनाएका छन्। तिनले आज रेगुलेटेड र सिडफार्मको निरीक्षणपछि स्थानीय एक होटलमा महकुमा अधिकारी, विधायक, कालेबुङ कृषि विज्ञान केन्द्र, उत्तरबङ्ग कृषि विश्व विद्यालयका प्रतिनिधिहरूसित पनि बैठक गरे। भेटअवधि प्रतिनिधिहरूले आ-आफ्नो समस्या पनि मन्त्रीसित राखे। कालेबुङमा अलैंची, अर्किड, अदुवा, विभिन्न प्रकारका फूल आदि व्यापकरूपमा उत्पादन हुने तर यसको बजार व्यवस्थित नरहेकोले व्यवसाय अघि बढ्न नसकिरहेको समस्या पनि मन्त्रीसित उनीहरूले राखे। मन्त्री रोयले प्रतिनिधिहरूलाई उनीहरूको समस्या भारत सरकारको कृषि मन्त्रालयमा राख्ने आश्वासन दिएका छन्। खासमहलवासीहरूलाई कुनै पनि ऋणमा सब्सीडी दिने प्रावधान रहे पनि सिन्कोना र चिया बगानका श्रमिकहरूलाई त्योे सब्सीडी किन उपलब्ध हुँदैन भन्ने प्रश्न गर्दा तिनले भने, यो समस्या देखिएको छ। म यो कुरा नेश्नल हर्टिकल्चर बोर्डसित राख्नेछु। तिनले सुन्तलाको खेती उन्नयन गर्न मात्र होइन यसको रोग उन्मुलन अनि बजारीकरणको निम्ति पनि पहल गर्ने जनाए। तिनले भने, कालेबुङको विकास नै बङ्गालको विकास हो। म बङ्गालको विकास गर्न चहान्छु। जति पनि गरिने छ त्यसमा कालेबुङवासीको हीत रहनेछ। यता विधायक डा. हर्कबहादुर छेत्रीले पनि नयॉं सरकार परिवर्तनपछि दार्जीलिङको विकासको निम्ति यस्ताखाले पहल गरेकोमा खुशी व्यक्त गरे। तिनले भने, अब पहाडका व्यवसायले पनि राष्ट्रिय स्तर प्राप्त गर्नेछ। यस अघि कुनै पनि मन्त्रीले यहॉंको विकासको निम्ति उति चासो लिएको थाहा छैन। गुनासो अधिकारीसम्म मात्र पुग्ने गरेको थियो तर यसको सामाधान हुँदैन थियो। कुनै पनि समस्याको समाधान वास्तवमा राजनैतिकरूपले मात्र हुन्छ। मन्त्रीले जुन जुन आश्वासन दिएका थिए त्यसमा विधायकले अझ थप्दै भने, कालेबुङमा अर्किड रिसर्च केन्द्र हुनेछ। मोर्गेन हाउसलाई अर्किड सेन्चुरी बनाइने छ। सिडफार्ममा सॉंडे चौध ऐकर जमीनमा फ्लोरिकल्चर पार्क बनाइने छ।
0 comments: on "कृषि एवं व्यवसाय मन्त्री कालेबुङमा थमाए कालेबुङलाई आश्वासनको पोका"
Post a Comment