पहाडको राजनैतिक केन्द्र अहिले भुइँचालो भइसकेको छ। यता तेलङ्गना अर्कोतिर जीटीए। दुइटैले झक्झकाउँदैछ गोर्खाल्याण्डलाई। पहाडको ठूलो दल भनेको नै गोर्खा जनमुक्ति मोर्चा हो। तर यो दलले बङ्गालमा नै बस्ने स्पष्ट पारेको छ। बङ्गालमा बस्ने मात्र होइन गोर्खाल्याण्डको आन्दोलन नै नगर्ने पक्षमा पनि छ। भनाइ र गराईमा फरक देखियो भने त्यसलाई राजनीति होइन कुटनीति मानिन्छ। कुटनीति पनि मुद्दापक्षमा हो भने जनस्वीकार्य हुन्छ तर कुटनीति गोजीपक्षको हो भने त्यसले अर्को विरोधी शक्तिलाई उपार्जन गर्छ। राजनीति गर्नेहरूले नै आफूले के को निम्ति राजनीति गरिरहेको छु भन्ने कुराको परिभाषा हरायो भने त्यस्ता राजनीति गर्नेहरूलाई राजनीतिजीवी भनिने गरेको छ अथवा राजनीति गरेर जीविकोपार्जन गर्ने। जीविकोपार्जनको निम्ति राजनीति गर्नेहरूको संख्या दार्जीलिङमा कम्ति छैन त्यही माथि अब गोर्खा जनमुक्ति मोर्चाले पनि त्यसै लहरमा आफूलाई उभ्याएपछि देशमा गोर्खाहरूको राजनैतिक सुरक्षाको सवालमा उठिरहेको मुद्दा क्षेत्रीय कठघरामा थुनिने सम्भावना नब्बे प्रतिशत नै बढ्यो। उता नथाकी, इमान्दाररूपले केवल राज्य भन्ने तेलङ्गना आन्दोलनकारीहरूको त्यागको हरहिसाबको परिणति निस्कने स्थितिमा छ। कंग्रेस चारैतिरबाट समस्याहरूको जालोमा परेकोले तेलङ्गानाको मुद्दाले निकास पाउने सम्भावनालाई नै बेशी संकेत गरेको छ। कुनै पनि परिस्थितिमा तेलङ्गाना भयो भने गोर्खाल्याण्डको निम्ति यतिञ्जेल आन्दोलन गर्नेहरूसित के रहन्छ? यसको सोझो जवाब हो जीटीए। राज्य नहुँदा हालत कसरी पत्ला हुँदोरहेछ भन्ने कुरा पहाडमा राजनीति गर्नेहरुलाई भुइँचालोले नै सिकायो। शिक्षा लिनेले यसैबाट शिक्षा लिएर जनताको आकांक्षालाई सम्बोधन गर्ने शक्ति निर्माण गर्छ। तर शिक्षा त्यसले मात्र लिन्छ जोसित इमान्दारिता छ। विकासको संस्था जीटीएले गोर्खाल्याण्ड पुग्ने कुरा जति सजिलोसित भनिने गरिएको छ उनीहरूको कार्यशैली अनि कार्य संरचनाले उति नै गाह्रो रहेको अध्ययनशील र इमान्दारहरूलाई छर्लङ्ग हुन्छ। किन भने छुट्टैराज्य हुनको निम्ति राष्ट्रिय सहमति र स्वीकृति चाहिन्छ तर यो नै भएन। जुन कुरा छुट्टैराज्यको निम्ति गर्नुपर्छ त्यो भएन भने उसको उद्देश्य के हो भन्ने कुरा बुझिन्छ। गोर्खा जनमुक्ति मोर्चाले मुद्दालाई क्षेत्रीयकरण गर्दै राज्य केन्द्रित आन्दोलन गरेपछिको फलस्वरूप पाउनुपर्ने कुरा पाइएको छ-जीटीए। यसलाई सकरात्मकरूपले लिएर पहाडको विकास कार्यमा मोर्चा जनमुक्ति मोर्चालाई समर्पित गराए अनुचित हुँदैन। यो क्षेत्रीय कुरा हो गोर्खाल्याण्डको मुद्दासित मोर्चा र जीटीएको वास्तवमा कुनै सम्बन्ध छैन। गोर्खाल्याण्ड देखाएर जीटीए थाप्नु मोर्चाका बुद्दिजीवीहरूको राजनैतिक कौशल हो। मोर्चाले के गर्यो के गरेन भन्ने कुरातिर नफर्कि वास्तवमा नै छुट्टैराज्यको निम्ति गरिनुपर्ने काम हजारौं छन्। किन भने जीटीएसित देशका अन्यप्रान्तमा बस्ने गोर्खाहरूलाई कुनै सरोकार छैन। दार्जीलिङको समस्या समाधान भएकोमा उनीहरूलाई खुशी नै छ किन भने दार्जीलिङलाई त्यही राज्यले सानीआमाको व्यवहार गरेको थियो जन सरकारसित मोर्चाले सहमति बनाएर पहाडको विकासको निम्ति जीटीएमा सम्झौता गयो। दार्जीलिङको तीनवटा महकुमाको निम्ति मात्र हो भने जीटीए फाइदा जनक नै हुनसक्छन् यदि यसको कार्यप्रणाली एकपाखे भएन भने। यति बुझ्नुपर्यो कि जीटीए गोर्खाल्याण्ड पुग्ने सिँडी भने होइन। यो सिँडीको एक फड्कोको दुरत्व दसवर्ष हुने लक्षण त सबैले पाएका नै छन्। जसको अघिल्लो चौतारीको एक फड्को 15 वर्ष रह्यो। दागोपापको 15 वर्षे फड्को नै जीटीए हो। यस्ता हजारौं फड्को मारिए पनि गोर्खाल्याण्ड पुग्न सकिन्न किन भने यो गोर्खाल्याण्ड पुग्ने सैद्धान्तिक कार्यरूप नै होइन। मोर्चा र जीटीएले जनतालाई भुल्यायो भनेर कराई बस्ने पहाडका विपक्षी दलहरूलाई अहिले फेरि तेलङ्गानाले झस्काएको छ। यी दलहरूलाई आफ्नो दलीय अस्तित्वको आभास जनतामा दिलाउन यो झस्काई उपयुक्त नै छ। यसपाली यी दलहरूको झस्काई फेरि मोर्चा र जीटीएबाट नै शुरु हुने हो भने यसको उद्देश्य पनि फेरि दस वर्षे अर्को फड्को निर्माणसम्म कै रहने पनि स्पष्ट छ। यसकारण तेलङ्गानाको कारण एक हुने पहाडका अन्य दलहरूको अबको गोर्खाल्याण्ड आन्दोलनको कार्यसंरचना जनविश्वास योग्य, तक्निकीय र इमान्दार कार्यसोंचले निर्माण भएको हुनु अनिवार्य देखिएको छ।
अहिले दलहरू फेरि एक हुने हल्ला चलेपछि सबैले एउटै प्रश्न गरिरहेका छन्, दलहरू त एक हुनु राम्रो हो तर उनीहरूको आन्दोलन पनि क्षेत्रीय नै हुने कि राष्ट्रिय सहमतिपूर्ण हुने हो? यो सजिलो प्रश्नको उत्तर यी दलहरूको निम्ति टाउकोभरिको भारि देखिएको छ। किन भने राज्यकेन्द्रित आन्दोलनको परिणति दुइपल्ट नै पहाडका जनताले देखीसकेका छन्। अबको पुस्ताले पारम्परिक राजनीतिबाट माथि उठेको कार्य संरचना हेर्ने सबैलाई थाहा छ। फेरि जनतालाई सडकमा उतार्ने, बङ्गालको पुलिससित भिडाउने, फेरि जनतालाई आमरण अनशनमा राख्ने, उनीहरूको किडनी विगार्ने, फेरि कुनै ठूलो नेताको हत्या हुने, त्यसको हत्याराहरू पक्राउ नपर्ने, फेरि असहयोग आन्दोलन गर्ने अनि बीलको मार जनतालाई दिने, फेरि पहाडका संसाधनहरू नष्ट गर्ने अनि पुननिर्माणको बाटो हराउने, फेरि सरकारी भवनहरू जलाउने, फेरि जनतालाई आर्थिक नोक्सानीमा राख्ने, फेरि जनतालाई थकाउने किसिमको कार्यक्रमहरू हो भने तेस्रो चरणको आन्दोलन नभएको नै उत्तम हुने आजको पुस्ताले सोंच्ने विषय बनेको कुरा अब आन्दोलन गर्ने कुनै पनि दलले बुझ्न अनिवार्य देखिएको छ। यति जम्मै गरीसकेर त्यो आन्दोलनको निचोड अन्तमा जनताको असुविधासित ठोक्किने गरेको छ अनि जनताको असुविधालाई नै देखाएर कुनै न कुनै व्यवस्थामा सम्झौता र हस्ताक्षर गर्नुपर्ने परिणति ल्याउने दुइदुइपल्टको आन्दोलनदेखि सचेत र बुद्धिजीवी( दलीय बुद्धीजीवीहरू होइनन्)वाक्कै बनिसकेका छन्। फेरि पनि यस्तैखाले कार्यनीति अघि लगाएर कुनै पनि दल वा गठबन्धन दलहरू अघि आए ती दल पहिलेबाट नै सचेत र वुद्धिजीवीहरूको विचारबाट बाहिर पर्ने स्पष्ट छ। अबको आन्दोलन राष्ट्रिय सोंचबाट निर्माण गरिएका कार्यसंरचना र सिद्धान्तबाट निर्माण गरिएको हुनु अनिवार्य मानिएको छ। तेलङ्गनाको कारण एक हुने भनिएका दलहरू र यी दलहरूले गर्ने आन्दोलनको नीति कुनखाले विचारबाट जन्मिएको हुने हो त्यो हेर्न गोर्खाल्याण्डपन्थीहरू धेरै नै उत्सुक देखिएको छ।

0 comments: on "दलहरू एक त हुने तर आन्दोलन क्षेत्रीय हुने कि राष्ट्रिय ?"
Post a Comment