मुख्य समाचार :


अन्तराष्ट्रिय इसाई लिम्बु पवित्र सम्मेलन सम्पन्न


कालेबुङ, 13 अक्टोबर।
स्थानीय एसयूएमआई कम्पाउण्डस्थित पीएफसी चर्चमा तीन दिवसीय सातौं अन्तराष्ट्रिय इसाई लिम्बु पवित्र सम्मेलन सम्पन्न भइरहेको छ। बुधबारदेखि शुरू भएको यस सम्मेलनको मुख्य उदेश्य लिम्बुहरूको भाषा, साहित्य अनि संस्कृतिको संरक्षण गरेर लुप्तप्राय लिम्बु परम्परालाई जोगाईराख्नु रहेको छ। ईला नेपालले आयोजना गरेको यस अन्तराष्ट्रिय सम्मेलनलाई ईला दार्जीलिङले क्षेत्रीय सहयोग पुर्‍याइरहेको छ। सम्मेलनमा अंशग्रहण गर्न नेपालबाट 190 जना, सिक्किमबाट 124 लगायत दार्जीलिङ जिल्ला, आसाम, नागाल्याण्ड मिजोराम आदिबाट ईसाइ सम्प्रदायका लिम्बु प्रतिनिधिहरू उपस्थित बनेका छन्‌। विविध कार्यक्रमसहित बुधबार सम्मेलनको औपचारिक उद्घाटनपछि आज दोस्रो दिन विभिन्न क्षेत्रबाट उपस्थित बनेका प्रतिनिधिहरूले लिम्बु साहित्य अनि संस्कृतिमाथि आ-आफ्नो विचार पेश गरे। सम्मेनलमा उपस्थित  ख्रिष्टिय लिम्बुहरूलाई नेपाल ईलाका चेयरमेन रेभ. दानियल सुब्बा,  कालेबुङका रेभ. आमोश निरवान सुब्बा आदिले सम्बोधन गरे। यो ख्रिष्ट्रिय लिम्बुहरूको जमघट हुने मौका रहेको बताउँदै लिम्बुहरूको हराउँदै गएको परम्परालाई जोगाइराख्न उक्त सम्मेलनको आयोजना गरिएको पीएफसी चर्चका फादर मिकाहाङ लिम्बुले बताए। सम्मेलनको अन्तिम दिन शुक्रबार स्थानीय रामकृष्ण रङ्गमञ्चमा च्याब्राङ नृत्य प्रतियोगिता हुने भएको छ।

0 comments: on "अन्तराष्ट्रिय इसाई लिम्बु पवित्र सम्मेलन सम्पन्न"