मुख्य समाचार :


152 जना शिक्षण कर्मचारी सम्वर्धित

कालेबुङ, 15 अक्टोबर।
आज स्थानीय रामकृष्ण रङ्गमञ्चमा एक कार्यक्रमबीच जेएसटीओले महकुमा भरिका अवकाशप्राप्त शिक्षक-शिक्षिका अनि विद्यालयका कर्मचारीहरू गरी मोठ 152 जनालाई सम्बर्धना जनायो।
शिक्षाको क्षेत्रमा उनीहरूले पुर्‍याएको योगदानको कदर गर्दै कार्यक्रममा मुख्य अतिथि रहेका कालेबुङका विधायक डा.हर्कबहादुर छेत्रीको बाहुलीबाट उनीहरूलाई सम्मान जनाइयो। सम्मानस्वरुप उनीहरूलाई प्रशस्ति पत्र अनि उपहार प्रदान गरियो। भुइँचालोमा ज्यान गुमाउनेहरूप्रति दुइ मिनटको मौन धारण गरी शुरू गरिएको कार्यक्रमलाई जेएसटीओ महकुमा समितिका अध्यक्ष विनयकुमार सिंहले अध्यक्षता गरेका थिए। सन्त फिलोमिनाका शिक्षिका ललिता ओझाले सरस्वती बन्दना पाठ गरेकी थिइन्‌। विभिन्न विद्यालयका शिक्षक-सिक्षिकाहरूले गीत, गजल, कविता वाचन अनि नृत्य पनि कार्यक्रममा प्रस्तुत गरेका थिए। मोर्चा महकुमा समितिका अध्यक्ष सरिता राई, सचिव शुभ प्रधान विशिष्ट अतिथि रहेको कार्यक्रममा महकुमा भरिका उच्च अनि उच्चतर माध्यमिक विद्यालयका शिक्षक-शिक्षिकाहरूको उपस्थिति रहेको थियो।

0 comments: on "152 जना शिक्षण कर्मचारी सम्वर्धित"