कालेबुङ, 15 अक्टोबर।
जिल्लाकै सर्व वृहत कृषकहरूको संगठन कालेबुङ कृषक कल्याण सङ्गठनले 2 करोड 24 लाखको जनजाति विकास योजना शुरू गरेको छ। पहाडका कृषकहरूलाई देशको मूलधारामा ल्याउन कालेबुङ कृषक कल्याण सङ्गठनले केन्द्र सरकार अनि नावार्डको सहयोगमा धेरै नै कार्यपहल शुरू गरिरहेको छ। यसै क्रममा भारत सरकार अनि जर्मन सरकारको संयुक्त सञ्चालनमा पहाडका 5 सय किनारीकृत कृषकहरूलाई लिएर जनजाति विकास योजना शुरू गरेको छ।
यो योजनाको निम्ति पहाडका 5 सय परिवारलाई छनौट गरिएको थियो जसको प्रथम चरणमा एक सय परिवारलाई लिएर योजना शुरू गरिएको छ। कालेबुङ कृषक कल्याण सङ्गठनका मूल सचिव विष्णु छेत्रीले जनाए अनुसार पहिलो चरणको योजना तक्लिङ, मङ्माया अनि सोरेङलाई लिएर शुरू गरिएको छ। योजना शुरू गर्दै यी क्षेत्रका सय जनजाति परिवारलाई पहिलो चरणमा त्यहॉंको सब्जी खेती उन्नयनको निम्ति प्रति व्यक्ति 2 सय गरेर ब्रोकौली अनि पाक्सयको बिजन निःशुल्क वितरण गरियो। खेतीमा लाग्ने रोगलाई ध्यानमा राख्दै उनीहरूलाई जैविक कीटनाशक पनि वितरण गरिएको छ। यसैक्रममा आज कालेबुङ कृषक कल्याण सङ्गठनको कार्यालयमा राङ्गेरुङ कृषक सङ्घका प्रतिनिधिहरूलाई लिएर कृषि कार्ययोजनामाथि कार्यशाला पनि सम्पन्न गरियो भने सङ्घलाई मटरको बीऊ पनि वितरण गरिएको छेत्रीले जनाएका छन्।

0 comments: on "2 करोड 24 लाखको जनजाति विकास योजना शुरू"
Post a Comment