कालेबुङ, 15 अक्टोबर।
कालेबुङ क्षेत्रको सबैभन्दा धेर भुइँचालो प्रभावित क्षेत्र बुधबारेका पीडितहरूलाई राहत प्रदान गर्न विभिन्न क्षेत्रका सङ्घसंस्थाहरू सहयोगको हात बॉंड्न आउन थालेका छन्। यसै क्रममा आज सिलगढी वेलफेयर अर्गनाइजेशन अनि नर्थ बेङ्गाल इम्प्लोयर्सको 17 जनाको टोली आज बुधबारे पुगे। टोली बुधबारे शिविरमा नोक डॉंडा, पोचोक, पाब्रिङ, अप्पर-लोवर वियोङ आदिवाट आएका भुइँचालो पीडितहरूको स्वास्थ्य जॉंच गर्यो। टोलीमा सिलगढीबाट नै डाक्टर अतनु रोय अनि डाक्टर अनिता मजुमदार सामेल थिए। टोलीलाई प्रतिनिधित्व गर्ने सिलगढी वेलफेयर अर्गनाइजेशनका कार्यकारी अध्यक्ष अभिजित मजुम्दारले जनाए अनुसार बुधबारेका पीडितहरूले सरकारी सहुलियतहरू पाउन सकिरहेका छैनन्। उनीहरूको घर भत्किएको छ, यसकारण उनीहरूलाई पुनर्वास गराइनुपर्छ। खेतीबारी नष्ट भएकोले उनीहरूलाई खेती पुःन फर्काइ ल्याउनुपर्ने पनि तिनले जनाएका छन्। तिनले बताए अनुसार यसक्षेत्रको हानिहरूको रिपोर्ट आफूहरूले पनि सरकारमा राख्नेछन्। आज निःशुल्क स्वास्थ्य जॉंचसित नै राहत सामाग्री पनि वितरण गरिएको तिनले जनाएका छन्। पीडितहरूलाई ब्ल्याङ्केट अनि तारपोलिन वितरण गरिएको बताउँदै तिनले स्थानीय सुदन प्रधान अनि एन्ड्रु लेप्चाको सहयोगमा पीडित क्षेत्रमा पुग्न सकेको पनि बताएका छन्। तिनले यसबाहेक पनि अन्य प्रभावित क्षेत्रको निरीक्षण गरेर स्वास्थ्य शिविर अनि राहत प्रदान गर्ने पनि जनाएका छन्।

0 comments: on "सिलगढी वेलफेयर अर्गनाइजेशन अनि नर्थ बेङ्गाल इम्प्लोयर्सको 17 जनाको टोली आज बुधबारेमा"
Post a Comment