मनोज वोगटी
अब दार्जीलिङबाट नै तेस्रो चरणको छुट्टैराज्य मुद्दा भएको आन्दोलन शुरू हुने सम्भावना व्यापक देखिएको छ। सुबास घिसिङले छुट्टैराज्यको निम्ति आन्दोलन गरे तर एक्लो दल गोरामुमोकोबाट, त्यसको परिणति दागोपाप भयो। विमल गुरूङले गोजमुमो एक्लो दलबाट छुट्टैराज्यको आन्दोलन गरे अनि त्यसको पनि परिणति जीटीए भयो। छुट्टै राज्यको सवालमा दागोपाप र जीटीए दुइवटै धोका मानियो। दागोपाप थापेर पनि सुवास घिसिङले छुट्टैराज्य भन्न छोडेनन् अनि विमल गुरूङले पनि गोर्खाल्याण्ड भन्न छोडेका छैनन्।
घिसिङ र विमल गुरूङको दुइवटै आन्दोलनले गोर्खाल्याण्ड पुग्ने सिँडी खोज्यो। अहिले दुइवटै सिँडीको मियाद लामो देखियो। दागोपापको आधिकारिकरूपले 15 वर्ष देखियो, जीटीए गठन भएको छैन तर यसको चुनाउलाई मात्र हेर्दा गठन भएदेखि पॉंचवर्ष यो चल्नेछ। यस हिसाबले पनि अब छुट्टैराज्यको आन्दोलनको निम्ति मोर्चालाई नै विश्वास गर्यो भने पनि पॉंचवर्षदेखि उता मात्र हुनेछ। त्यो पनि जीटीएमा आउने पैसा र चौकीले नेताहरूको मानसिकतामाथि अतिक्रमण गर्यो भने उनीहरूबाट आन्दोलन सम्भव नै छैन। मोर्चाले जीटीएपछि कसरी गोर्खाल्याण्ड पुग्ने भन्ने कुराको कार्य संरचना देखाएको छैन। झट्ट हेर्दा सुवास घिसिङले केन्द्रको परिस्थिति छैन भन्दै दागोपाप, छैटौं अनुसूची अनि त्यसपछि गोर्खाल्याण्ड भने जस्तो मोर्चाले पनि जीटीए त्यसपछि कुन्नी के र मात्र गोर्खाल्याण्ड भन्ने लक्षण उनीहरूको कार्यक्रम र नेतृत्व शैलीले स्पष्ट पार्छ। यस हिसाबले दार्जीलिङको तीनवटा महकुमामा फैलिएको एक क्षेत्रीय राजनैतिक दलले सिँडी हुँदै छुट्टैराज्यसम्म पुग्नु भन्ने कुरा कति बाहियात हो भन्ने कुरा तेलङ्गनाको आन्दोलनले स्पष्ट पार्छ। तेलङ्गनाको निम्ति सबै सङ्गठन एक छन्, पक्ष र विपक्ष राजनैतिक दलहरू पनि एक छन्। यहॉंसम्म कि छुट्टैराज्यको पक्षमा नै नरहेको त्यहॉंको कंग्रेस पनि एक छ। मुद्दाको निम्ति त्यहॉंका कंग्रेस सांसद, विधायक र पार्टी कार्यकर्ताहरू जेल जान तयार छन्। पार्टी र पद्बाट राजीनामा दिन तार छन् तरै पनि उनीहरूको कुरालाई केन्द्रले सुन्न मानेको छैन भने दार्जीलिङ जिल्लाको एउटा क्षेत्रीय राजनैतिक दलको सीमित बुद्धिजीवीहरूले छुट्टैराज्य ल्याउने कुरामा विश्वास गर्नु संसारको आठौं आश्चर्यबाहेक अरू केही पनि हुने छैन।
क्रान्तिकारी मार्क्सवादी कम्युनिष्ट पार्टी माकपाबाट चुँडियो छुट्टैराज्यको निम्ति इमान्दार भावनाको कारण। छुट्टैराज्यको निम्ति इमान्दार हुनु पनि वास्तवमा ठूलो कुरा होइन भन्ने कुरा अहिले समीक्षकहरूको छ। इमान्दार चॉंही छ तर थाप्छ जीटीए। इमान्दार छ तर क्षेत्रीय बन्दै छ।
इमान्दार चॉंही छ तर थाप्छ दागोपाप। जो गोर्खाल्याण्ड राज्य पुग्ने सिँडी हुँदै होइन। इमानदारको परिभाषा पनि तेलङ्गनाका आन्दोलनकारीहरूले देशलाई दिइसकेको छ। श्रीकृष्ण आयोगले दिएको विकल्प होस्, कि दार्जीलिङले दिएको जीटीएको मोडल होस्, उनीहरूलाई कुनै सरोकार नै छैन। राज्य मागेकोले केवल राज्यको निम्ति मात्र उनीहरूको समर्पणले नराम्रो परिणति ल्याउला भन्न सकिन्न। अन्ना हजारेलाई विभिन्न आश्वासन देखाएर पनि अनशन तोड्न लगाइयो। बाबा रामदेवलाई पिटेरै ठीक पारियो। एउटा आन्दोलन दबाउनको निम्ति सरकारले सम्पूर्ण सामरिक खर्च गर्ने कुरा त छर्लङ्ग छ। तर इमान्दारहरूले मुद्दा छोड्दैन। अहिले अन्ना हजारेले जनलोकपाल बील पास गर्यो भने म कंग्रेसलाई भोट दिन पर्छ भनेर प्रचार गर्न सक्छु भनिरहेका छन् तर तिनले मुद्दाप्रति सम्झौता नगर्ने स्पष्ट पारिसकेका छन्। गोर्खाल्याण्डको आन्दोलनमा पनि सम्झौता हाबी भएकोले ईमान्दारिताको श्रृङ्खला भत्किसकेको छ। केन्द्रमा परिस्थिति निर्माण गर्नको निम्ति ढटिरहनु नै उसको ईमान्दारिता रहेको कुरा तेलङ्गनाले अब गोर्खाहरूलाई पनि सिकाइसकेको बेला, यता मोर्चाले जीटीए थैपेर गोर्खाल्याण्डको आन्दोलन सेलाइसकेको बेला पनि अरू बुद्धिजीवी र सङ्गठनहरू छुट्टैराज्यको निम्ति एक हुने कुरा अघि आइरहेको छ। अहिले बहस जीटीएको होइन फेरि छुट्टैराज्यको शुरू भएको छ।
केन्द्रले आन्दोलन दबाउन खर्च गर्ने शक्ति, राज्यले देखाउने लालच र दलीय इमान्दारिताले नै डल्लै मुद्दाको भविष्य निर्धारण हुने परम्परालाई तोड्न सक्ने कार्यक्रमहरूको अनिवार्यता सबैले अनुभव गहिरहेको बेला दलहरुको एकताले ठूलो राहत त दिइरहेको छ तर ती दलहरूले गर्ने कार्यक्रमको रुपरेखा कस्तो हुने हो सबैभन्दा बलियो तर्कको कुरा रहेको छ।
मोर्चाका विधायक डा.हर्कबहादुर छेत्रीले सबैलाई खिल्ली उडाउँदै आन्दोलन गर्नेलाई शुभ कामना दिएपछि ती दलहरूको रणकौशलमाथि ठूलो जिम्मेवार आइपरेको देखिएको छ। छुट्टैराज्यको मुद्दा देखाएर नै विधायक बनेका एक मानिएका डा. छेत्रीले खिल्ली उडाउँदै शुभकामना दिनुले कुनै पनि दलमा त्यस्तो ताकत छैन जसले छुट्टैराज्यको मुद्दा उठाउन सकोस् भन्ने वाक्य बनाइरहेको छ। तिनले गरेको दलहरुप्रतिको यो अविश्वास, तिनले बङ्गाल र केन्द्रसित भएको उठबसकै फलस्वरूप निर्माण गरेको स्पष्ट छ। मोर्चाबाट शुभकामना थापेर गर्ने आन्दोलन फेरि अर्को दागोपाप र जीटीए निर्माण गर्ने नै हो भने अब ती दलहरूले भविष्यका आफ्ना दिनहरूको हिसाब किताब गरेर अघि आउनुपर्ने पनि देखिएको छ। उनीहरू भोलिका जवाबदेही हुने छन्। गोर्खा जनमुक्ति मोर्चाले गोरामुमो र घिसिङलाई देखाएर क्षेत्रीय आन्दोलन गर्दै घिसिङको दागोपाप जस्तै जीटीए थापिसकेपछि फेरि हुने आन्दोलन विमल गुरूङ र मोर्चालाई देखाएर हुने हो भने जनताले उनीहरूबाट पनि ठूलो आशा नगर्दा हुने राजनैतिक समीक्षकहरूको धारणा देखिएको छ।

0 comments: on "तेस्रो गोर्खाल्याण्ड आन्दोलनःघुम्दै फिर्दै रुम्झाटार नै त हुँदैन?"
Post a Comment