कालेबुङ, 22 अगस्त।
कालेबुङको ट्राफिट व्यवस्था सुदृड गरिने आज पक्कापक्की निर्णय लिइएको छ। यस्ता धेरै फलहीन बैठक गरिसकेपछि बल्ल एउटा आज अन्तिमपल्ट चुडान्त बैठ
क गर्दै कालेबुङ महकुमा अधिकारीले अब भने पक्कापक्की ट्राफिक व्यवस्था सुदृड गर्ने घोषणा गरे। कालेबुङ चालक महासङ्ग, कालेबुङ संरक्षण समिति,पुलिस विभाग, ट्राफिकपक्ष अनि विधायकबबीच बसेको बैठकमा अहिलेसम्म गाडे घाउ रहेको ट्राफिक समस्याको स्थायी समाधान गर्न अब बैठक होइन काम गर्ने भएको छ।
यसै पनि जीटीएको सम्झौताको लगत्तै मोर्चा विधायक डा.हर्कबहादुर छेत्रीले दिल्लीबाट आर्किटेक्ट झिकाएर ट्राफिट व्यवस्थापनको निम्ति गरिनुपर्ने कामबारे बुझेका थिए। त्यहीबेला करोडौ रुपियॉंको स्ट्याण्ड बनाउने घोषणा पनि गरेका थिए। यता आज महकुमा अधिकारी एलएन शेर्पाले अब कालेबुङको अनुहार परिवर्तन हुने अनि पुरानो ढॉंचालाई परिवर्तन गरेर नयॉं ढॉंचामा ट्राफिट व्यवस्थापन गरिने बताए। विधायक हर्कबहादुर छेत्रीले भने कालेबुङमा ट्राफिक पुलिस कति छ, उनीहरू प्रशिक्षित छन् छैनन् भन्ने कुरा पहिले बुझ्ने बताउँदै भने, म होम डिपार्टमेन्टको स्ट्याण्डिङ कमिटीमा छु, त्यहॉं जनसंख्याको आधारमा पुलिस बढाउनेबारे कुरा भएको थियो। अब म पनि यहॉंको कुरा राख्छु। तिनले बेरोजगारहरू गाडी किन्दै खेप्ने गरेकोले ट्राफिक समस्या उत्पन्न भएको बताउँदै ट्राफिक होइन विकासको समस्या धेर रहेको बताए। तिनले भने, गाउँमा नै राम्रो बजार भयो भने गाउँलेहरू बजार आउँदैनन्, त्यसबेला ट्राफिकको समस्या आफै समाधान हुन्छ।
0 comments: on "ट्राफिक सुदृड गरिने"
Post a Comment