कालेबुङ, 22 अगस्त।
दार्जीलिङ अनि सिक्किमतिर बनिने नेपाली टेली चलचित्रलाई सेन्सरबोर्डमा हाल्न अनि सॉंघुरिएको नेपाली चलचित्रको बजारलाई विस्तार गर्न गोखार्र् फिल्म
एण्ड टेलिभिजन एसोसिएसन गठन गरिएको छ। नवगठित एसोसिएसनमा संयोजक विक्रम पराजुली लगायत अन्य छ जना पन्नु लक्सम, अमर रसाइली, ललित गोले, शेखर वागदास, मणि भुजेल अनि देवाशिष मोथे रहेका छन्। उक्त कुराको जानकारी गराउँदै आज नवगठित एसोसिएसनका संयोजक विक्रम पराजुलीले नेपाली टेली चलचित्रलाई पनि अन्य टेली चलचित्रहरू झैं हाराहारीमा ल्याउन एसोसिएसनले पहल गर्ने जनाए। तिनले भने, अहिले दार्जीलिङ भेगबाट जति पनि टेली चलचित्रहरू बनिन्छ, त्यसको पञ्जिकरण भएको हुँदैन अनि कोलकातामा पञ्जिकरण गर्न धेरै असुविधा भएकोले दार्जीलिङमा नै पञ्जिकरण वोर्डको गठन हुनपर्ने जनाए। नव गठित समितिले विधायक समेतलाई यसबारे ज्ञापन बुझाउने जनाए। तिनले बताए अएनुसार हात उत्तरबङ्गालमा दसवटा सिनेमा घर रहेको अनि ती घरहरूमा मात्र पनि नेपाली चलचित्र देखाउन सकिए चारदेखि पॉंच लाखसम्म मुनाफा गर्न सक्ने बताए।
0 comments: on "गोर्खा फिल्म एण्ड टेलिभिजन एसोसिएसनको गठन"
Post a Comment