मुख्य समाचार :


सहकारी कर्मचारी सङ्गठनको सभा सम्पन्न


कालेबुङ, 22 अगस्त।
आज स्थानीय जगन्नाथ धर्मशालामा सहकारी समिति कर्मचारी सङ्गठनको एक सभा सम्पन्न भयो। समितिकै सभापति प्रेमचन्द प्रसादको सभापतित्वमा सम्पन्न सभामा छ वटा प्रस्ताव पारित गरिएको छ। सभामा 28 तारिखको दिन दार्जीलिङमा भएको सभाबारे जानकारी गराइयो। व्याङ्‌कमा रहेको रिक्त पदहरूमा सहकारी समितिका प्रवन्धकहरूलाई नियुक्त गरिनुपर्ने विषयमा व्याङ्‌कलाई ज्ञापन पनि बुझाइने सम्बन्धमा पनि निर्णय लिइएको छ। जीटीएमा सहकारी विभाग अन्तर्भुक्त गरिएकोले कर्मचारीहरूले विधायक र मोर्चा अध्यक्षलाई भेट्‌ने भएको छ। सभामा छ महिनामा दिइने एडहक ग्राण्डलाई मासिक गरिनु पर्ने र यो व्यवस्था उचित हुनुपर्ने, सङ्गठनको भावी कार्यक्रम अनि कार्यकारी समितिको चयनबारे 6 सेप्टेम्बरको दिन सभा बस्ने सम्बन्धमा पनि प्रस्ताव लिएको छ। सभामा सहकारी कर्मचारीहरू लगायत अन्य पदाधिकारीहरूकोे उपस्थिति थियो।

0 comments: on "सहकारी कर्मचारी सङ्गठनको सभा सम्पन्न"