मुख्य समाचार :


तारामायाको पीडालाई आत्मसात गर्दै सोधे तारा सुन्दासले


गरीबका घर बनाउने सरकारी सूची खै?

कालेबुङ,12 अगस्त।
सरकारले गरीबहरूको निम्ति योजना त बनायो तर त्यसलाई कार्यान्वयन गर्ने प्रतिनिधि र निकायका अधिकारीहरू नून न स्वादको बनेपछि गरीबहरू समस्याले थिचिने नै भयो। तोपखानाकी तारामाया छेत्री जस्ता गरीबहरू दिनोदिन जोखिममा परिरहेका छन्‌ भने उनीहरूको निम्ति सरकारले बनाएको योजनाहरूको भने अत्तोपत्तो छैन।

14 जुलाई 2010 को दिन पश्चिम बङ्गाल सरकारको हाउजिङ विभागले पहाड़का दुइ सासंद जसवन्त सिंह अनि समन पाठकलाई मात्र होइन गोरामुमोकालीन तीन विधायकहरूलाई पनि अधिसूचनाको प्रतिलिपि जारी गर्दै प्रत्येकले तीनसय गरीबहरूको नाम मोठ 1 लाख 75 हजारको लागतमा घर बनाउन मागेको थियो। ती नामहरू सरकारमा पुग्यो पुगेन कुनै जानकारी नपाइएको अनि जनताका ती प्रतिनिधिहरूले ती गरीबहरूको नामावलीबारे अहिलेसम्म के कस्तो दायित्व निर्वाह गरे त्यसको कुनै अत्तोपत्तो नरहेको आज माकपा नेता तारा सुन्दासले जनाएका छन्‌।

तिनी अनुसार अहिलेसम्म त्यस योजनाबाट कुनै पनि गरीबहरूको घर बनिएको पत्तो पाइएको छैन। सुन्दास अनुसार कसैले पनि विभागको यो योजनालाई पत्तो दिने काम भएन। एकवर्ष भयो अहिलेसम्म यो योजना अनुसार कसैको घर बनिएन। यस सम्बन्धमा बुझ्न दुइजना सासंद अनि तीन पूर्व विधायकहरूसित सम्पर्क गर्न खोजे पनि सम्पर्क हुन सकेन। तारा सुन्दास अनुसार हाउजिङ विभागले पहाड़मा 15 सय गरीबहरूको घर बनाइदिनको निम्ति यो योजनामा दार्जीलिङ जिल्लालाई पनि हालेको थियो। कुनै पनि प्रतिनिधिहरूले यसलाई गम्भीररूपले नलिएको कारण नै अहिलेसम्म यो योजना कार्यान्वयनमा आउन नै सकेन।

जनताको प्रतिनिधि भनिएका दुइ सासंद अनि तीन विधायकलाई तारा सुन्दासले सोधे, ती गरीबहरूको सूची कहॉं छ? के सूची बनाइएको छ? गरीबहरूको घर बनाउन विभागहरूमा कुनै राशि छैन न त योजना नै छ। यसकारण तोपखानाकी तारामाया छेत्री जस्ता सैकड़ौं गरीबहरू दिनोदिन जोखिममा पर्दै गइरहेका छन्‌। सुन्दासले अब गरीबहरूले एकस्वरमा अधिकारीहरूलाई आनो हकबारे प्रश्न उठाउनुपर्ने बताउँदै जनताको प्रतिनिधि भएर त्यही जनतालाई समस्यामा पार्ने हो भने अब गरीबहरूले छान्ने प्रतिनिधिमाथि पनि प्रश्न उठाउनुपर्ने बताउँदै तिनले भने, यदि 15 सय घर बनिएको भए तारामाया छेत्रीहरू जोखिममा पर्ने थिएन। यस्ता बेघरहरू धेरै छन्‌। गरीबहरू धेरै छन्‌, उनीहरूको आवाज र चित्कार कसले सुनिदिने? तिनले यस सम्बन्धमा सम्बन्धित अनि अझ पनि रहेका जनप्रतिनिधिहरूलाई जवाब माग्दै पत्र पठाउने अनि गरीबहरूको निम्ति डटेर अघि बड्‌ने जनाएका छन्‌।

0 comments: on "तारामायाको पीडालाई आत्मसात गर्दै सोधे तारा सुन्दासले"