कालेबुङका रेफरीले कुटे झारखण्डका खेलाडीहरूलाई
मनोज-प्रज्ज्वल वोगटी
कालेबुङ,12 अगस्त।
संसारभरि नै फुटबल खेल आयोजना हुन्छ तर आजको कालेबुङमा जस्तो घटना विश्वको कुनै ठाउँमा घटेको छैन। खेलाडीहरूबीच धक्काधक्कीभ

घटना यसरी घ ट्यो
स्वतन्त्रता फुटबल टुर्नामेन्टको आज पहिलो सेमि फाइनल थियो। खेल थियो झारखण्ड साउथ-इष्ट फुटबल रेलवे अनि गोर्खा बिग्रेट लखनउबीच। खेललाई निर्णय गरिरहेका थिए प्रमुख रेफरी प्रमोद गुरूङ, थर्ड अम्पायर महेश छेत्री अनि लाइन्य म्यान इष्टमन लेप्चा अनि अर्जुन भुजेलले। खेल भइरहेको थियो। पहिलो गोल गोर्खा बिग्रेटले लगायो। दोस्रोपल्ट झारखण्डले गोल गर्दा लाइनम्यानले त्यसलाई अप्साइड देखाए। झारखण्डका उत्तेजित एक खेलाडी दगुरेर आउँदा अचानक एक लाइनम्यानसित ठोक्किए। लाइन्स म्यान लडे। तिनी लडेपछि तत्कालै खेलाडीलाई रेफरीले रेड कार्ड देखाएर खेलबाट बाहिर गरिदिए। घटना यति मात्र हो। खेल भइरह्यो अनि झारखण्ड 2 गोलको विरुद्ध गोर्खा बिग्रेटबाट 6 गोल पाएर पराजित बन्यो।
खेलाडीहरू अस्पतालमा
खेल सकिएको सिटी त रेफरीले फुक्यो तर त्यसपछि भने कालेबुङका ती चार रेफरीहरूले आफ्नो खेल शुरू गरे। झारखण्डका एक खेलाडी मूल

खेल सक्ने वित्तिकै रेफरीहरूले झारखण्डका खेलाडीहरू पिट्न थालेपछि माहौल नै अशान्त बन्यो। दर्शकहरू मैदान झरे र झारखण्डका खेलाडीहरूको बचाउमा उभिए। खेलाडीहरू भागरेभाग भए। भाग्ने भागे, नभाग्नेहरूले खानुसम्म रेफरीहरूको पिटाइ खाए। भागेका खेलाडीहरू सोझै थाना पुगेपछि एकैक्षणमा आइसी प्रसाद प्रधान दलबलसहित ग्राउण्ड पुगेपछि स्थिति सामान्य गरियो। आइसी प्रसाद प्रधानले मैदानमा उत्तेजित दर्शकहरूलाई आरोपीहरूलाई कार्वाही गरिने आश्वासन दिँदै स्थिति सामान्य भयो।
भोलि बाहिरका खेलाडीहरू नखेल्ने सम्भावना
रेफरीहरू घटनापछि कता सुइँकुच्चा ठोके पत्तो पाइएन। यता केएसएका सचिव प्रण्य शिलालले रेफरीहरूको आफ्नै एसोसिएसन रहेको अनि केएसएले उनीहरूलाई कन्ट्राक्टमा ल्याएको बताउँदै भने, जुन घटना भयो, त्यो नहुनु पर्थ्यो। झगडा

यता गोर्खा जनमुक्ति मोर्चाका कालेबुङ सचिव शुभ प्रधानले घटनालाई दुर्भाग्यपूर्ण बताउँदै स्वाधिनता दिवस आउन दुइदिन मात्र रहेको अनि दिवसको मुल आकर्षण नै फुटबल रहेकोले सबैलाई संयम कामय गरिदिने आह्वान गरे। तिनले भने, ग्राउण्डमा खेल भइरहँदासम्म रेफरीसित नै प्रसाशन रहन्छ तर खेल बाहिर कसैलाई पनि यसप्रकारको कुटपिट हुन्छ भने निश्चय नै उनीहरूलाई पुलिसले कार्वाही गर्नेछ। तिनले स्वाधिनता दिवसलाई मध्यनजर गर्दै कसैलाई पनि उत्तेजित नभइदिने अनि शान्ति कायम राखिदिने आह्वान पनि गरेका छन्।
0 comments: on "कालेबुङमा भयो अचम्मको फुटबल टुर्नामेन्ट"
Post a Comment