ममताले बङ्गभङ्ग होबेना भन्दा ताली मारेर स्वागत गर्ने
मोर्चालाई गोर्खाल्याण्ड भन्ने नैतिक अधिकार छैन-क्रामाकपा
दिल्ली,12 अगस्त।
गोर्खा जनमुक्ति मोर्चाले गोर्खाल्याण्डको आन्दोलन थन्काउँदै जीटीए थापेपछि तेस्रो आन्दोलनकोरूपमा क्रान्तिकारी मार्क्सवादी कम्युनिष्ट पार्टीले अहिले कार्यक्रमहरू शुरू गरिरहेको छ। यसैक्रममा अहिले क्रामाकपाले दिल्लीमा गोर्खाल्याण्डको नि
दिल्लीका गोर्खा समाजसेवी तथा गोर्खाल्याण्ड उत्तम छेत्रीले भारतीय
गोर्खा जातिको राजनैतिक पहिचानको मुद्दा बेचि
दार्जीलिङका जनताले बेचिने राजनैतिक दलको नभएर इमान्दार राजनैतिक दलको नेतृत्वमा एकबद्ध भएर फेरि अलग राज्यको माग र मुद्दा अघि बढाउन अनिवार्य रहेको जनाए। तीनले भने, एकतिर जी.टी.ए.-को व्यवस्था स्वीकार
गरेर गोजमुमोले अब गोर्खाल्याण्डको साटो ममताको दार्जीलिङ बङ्गालको
अभिन्न हिस्सा हो भन्ने तर्कलाई नै स्वीकार गरिसकेका छन्। यसलाई गोजमुमो
समर्थकहरूले ताली बजाएर एक हिसाबमा अलग राज्यको आन्दोलनको अन्तै
गरिसकेपछि अब गोर्खा जातिको आन्दोलन अघि बढाउने नैतिक हक गोजमुमोसित
रहेन। उनले क्रामाकपा समर्थकहरूलाई उत्साहित रहने तथा अलग राज्यको
निम्ति निर्भयसित डट्ने सुझाउ पनि दिए।
सभालाई सी.पी.आई.(एम.एल)-का केन्द्रिय समिति सदस्य कविता कृष्णन, कार्बी स्टुडेन्ट एसोसिएसनका अध्यक्ष लाइचान इन्ग्लेंग, ग्रकायुमो महासचिव अरुण घतानी, क्रामाकपाका युवा नेतृत्वहरू लगायतले पनि सम्बोधन गरे। कार्यक्रममा अल इन्डिया स्टुडेन्ट एसोसिएसन, रिबोल्युसनरी युथ फ्रन्ट,
केबीए, मजदुर क्रान्ति परिषद आदिका प्रतिनिधिहरूको पनि उपस्थिति
रहेको थियो। कार्यक्रममा नाराबाजीसितै गोर्खाल्याण्ड देउसी तथा जन-संगीत
प्रस्तुत गरेका थिए। कार्यक्रमको समापनको अवसरमा समापन मन्तव्य राख्दै
ग्रकायुमो महासचिव अरुण घतानीले भने, क्रामाकपाले अब दिल्लीको बाटो बिर्सिने छैन क्रामाकपाले दिल्लीमा अघि पनि धेरैचोटी अलग राज्य गोर्खाल्याण्डको धरना गरिसकेको हो र जबसम्म केन्द्र सरकारले गोर्खा जातिको राजनैतिक आकांक्षालाई सम्बोधन गर्ने चासो देखाउने छैनन् तबसम्म क्रामाकपाले दिल्लीको दैलो ढकढकाईरहने छ।
0 comments: on "दिल्लीमा गोर्खाल्याण्ड देउसी"
Post a Comment