मुख्य समाचार :


खेलाडी खोज्न स्कूल



कालेबुङ,16 अगस्त।
पहाडबाट असल फुटबल खेलाडी खोज्नको निम्ति आजदेखि औपचारिकरूपले फुटबल स्कूलको उद्घाटन गरिएको छ। उत्तरबङ्गाल विकास मन्त्री गौतम देवको साक्षित्वमा मोहन बगान एथलेटिक क्लबका सचिव अञ्जन मित्र अनि दर्पणका निदेशक सन्दिप चौधरीले स्कूल स्थापनाको निम्ति तयार पारिएको सम्झौतापत्रमा हस्ताक्षर गरे।

मोहन बगान पहाड़बाट यस्ता खेलाडी खोज्न चहान्छ, जसले देशको नाम फुटबलबाट उच्च गर्न सकोस्‌, किन भने पहाड़मा यस्ता खेलाडीहरू लुकेर बसेका छन्‌, जो सही मञ्च र प्रशिक्षण नपाएर बस्तीमा नै सडिरहेका छन्‌, सम्झौतापछि अञ्जन मित्रले आफ्नो सम्बोधनमा यसो भने। तिनले भने अनुसार दर्पण पब्लिकेशनले स्थापित स्कूलको सञ्चालनको निम्ति सबै आर्थिक पक्ष बेहोर्नेछ।

सन्दिप चौधरीले पनि दर्पणले गोर्खाहरूको निम्ति धेरै काम गरिसकेको बताउँदै पहाड़मा लुकेका देशका असल कर्णधारलाई देशको निम्ति स्थापित गर्न आफूहरूले यो योजनालाई कार्यान्वयनमा ल्याएका बताए। मेलाग्राउण्डमा आयोजित कार्यक्रममा मुख्य अतिथि थिए उत्तरबङ्गाल विकास मन्त्री गौतम देव। तिनले भने, पहाड़को निम्ति यो सबैभन्दा ठूलो हर्षको कुरा हो किन भने स्वाधिनता दिवसको दिन देशको निम्ति पहाड़बाट असल कर्णधार खोजी निकाल्न यो सम्झौता भइरहेको छ।

फुटबल स्कूलले निश्चय नै उपलब्धीपूर्ण परिणाम ल्याउने छ। विशेष आतिथ्य दिन आइपुगेका गोजमुमो महासचिव रोशन गिरी पनि यो सम्झौतामा हर्षित रहेको जनाए। पहाड़मा असल खेलाडीहरू रहेको बताउँदै तिनले उनीहरूलाई बाहिर निकालेर देशको निम्ति यतार गर्ने सोंच देशप्रेमको नमुना रहेको जनाए। यस अवसरमा दार्जीलिङका विधायक त्रिलोक देवान, नगर विकास उपाध्यक्ष नन्टु पाल, दार्जीलिङ हिल्स स्पोट्‌र्स एसोसिएसनका अध्यक्ष अनि सचिव दावा लामा र महेन्द्र सुब्बा, चर्चित फुटबल खेलाडी श्याम थापा,न ारी मोर्चाकी आशा गुरूङ अनि प्रदीप प्रधान समेतको उपस्थिति थियो।

0 comments: on "खेलाडी खोज्न स्कूल"