मुख्य समाचार :


कालेबुङलाई बिजुली बाल्न 34 करोड




कालेबुङ,16 अगस्त।
यसपल्ट पनि धुमधामसित कालेबुङमा स्वाधिनता दिवस पालन गरियो। कालेबुङका विभिन्न विद्यालयका विद्यार्थीहरूले उत्कृष्ट परेड देखाए। यसै अवसरमा सलामी थाप्न उपस्थित थिए कालेबुङका विधायक डा.हर्कबहादुर छेत्री।

तिनले स्वाधिनता दिवस हर्षोल्लासपूर्ण पालन गर्नुले गोर्खाहरू भारतीय रहेको सन्देश जाने बताउँदै गोर्खालिग नेता डम्बरसिंह गुरूङले सन्‌ 1949मा यस्तै स्वाधिनता दिवसमा भनेको कुरा सम्झना गरे। गुरूङले भनेका थिए, देश स्वाधिन भयो म खुशी छु तर गोर्खाहरूको भविष्य जुन अन्धकारमय छ, त्यो सम्झर दःुखी छु। डा. छेत्रीले भारतदेशमा अहिलेसम्म नै गोर्खाहरू पनि भारतीय नागरिक हुन्‌ भन्न आन्दोलन भएको बताउँदै देशकै नागरिक रहेकोले देशमा बस्ने ठाउँ माग्दै 86 को आन्दोलन चर्किएको बताए। तिनले भने, पुर्खाले जे जति गरे गरे अब पालो हाम्रो। अघि देश हामीसित बोल्थ्यो तर हामी बोल्न पाउँथेनौं। आज आमुसामु भएर देशसित मोर्चाका नेताहरू बात मार्छन्‌।

आज हामी बोल्छौं, देश सुन्छ। पुर्खाको सपना साकार पार्न नै मोर्चाले जीटीए ग्रहण गरेको भन्दै तिनले थपे, सुबास घिसिङलाई दागोपापमा गोर्खा शब्द थप्न दॉंतबाट पसीना आएको थियो। हामीले सजिलै ल्याण्ड थप्यौं। पछि कसैले पनि यति लामो गोर्खा टेरिटोरियल एड्‌मिनिष्ट्रेशन भन्दैनन्‌। छोट्याएर गोर्खाल्याण्ड नै भन्नेछन्‌। यस हिसाबले हामीले गोर्खाल्याण्ड पाइसक्यौं। तिनले गोर्खाल्याण्ड शब्दले 50 प्रतिशत चिह्नारीको संकट समाधान भएको ठोकुवा यसदिन पनि गरे। विपक्षलाई जीटीएको विरोध गर्ने हक नभएको बताउँदै तिनले मोर्चा विकासमा नै लागिपर्ने बताउँदै तिनले भने, कालेबुङको मात्र कुरा गर्नु हो भने विजुलीको निम्ति मात्र 34 करोड़को योजना बुझाइसकेका छौं। अब सबैतिर बिजुली बल्ने छन्‌।

तिनले यसदिन पनि विकासको निम्ति मोर्चाले गर्ने विकासको कामहरूको व्याख्यान लामै दिए। यसबीच तिनले एउटा सबैको सरोकारको कुरा पनि गरे, त्यो थियो विजुली, फोन, जमीन र वाहनको ट्याक्स र बीलको कुरा। तिनले स्पष्ट भने, पैसा बेसी छ भन्दैमा बील नतिर्नु। ममता व्यानर्जीले पुरानो बील माफ गरिसकेका छन्‌। अगस्तदेखि उता मात्र सबैको बील तिरिनेछ। यस अघि बील सम्बन्धमा कुनै कार्यालीय सूचना आए वा तिर्ने सम्बन्धमा दवाब आए पार्टीले त्यसको जिम्मा लिनेछ।

0 comments: on "कालेबुङलाई बिजुली बाल्न 34 करोड"