कालेबुङ,16 अगस्त।
एक शिक्षकको घर भत्काइए पछि मात्र ठडियो जङ्गवीर सापकोटाको सालिग। धेरै वर्षदेखि स्वाधिनता सेनानी जङ्गबीर सापकोटाको सालिग स्थापित गर्ने
कोशिश गरिएको भए पनि निर्माण समितिले यसवर्षको स्वाधिनता दिवसमा मात्र सफलता पायो। यसै त यस अघिको दुइवटा स्वाधिनता दिवसको दिन नै उद्घाटन गर्ने घोषणा भइसकेको सेनानी जङ्गबीर सापकोटाको सालिग यसवर्षमात्र ठडियो।
9 माइल छेउको नयॉं मोटर स्ट्याण्डको प्रवेशद्वारामा नै जङ्गबीर सापकोटाको सालिग स्थापित गरिएको छ, जसको अनावरण स्वाधिनता दिवसको अवसरमा गरे कालेबुङका विधायक डा.हर्कबहादुर छेत्रीले। निर्माण समितिको गतिलो विजय रहेको यो सालिग स्थापना निक्कै विवादमा आएको थियो।
विवाद थियो स्थापित गरिने ठाउँको। समितिले जहॉं सालिग ठड्याउने सपना सजाएको थियो, त्यहीँ थियो एक पूर्व शिक्षकको घर। त्यो नहटाएसम्म स्थापित नै गर्न नसकिने। यसको निम्ति शिक्षकसित समितिले अन्यत्र पुनर्वास गराइने सम्झौता गराइएको भए पनि समिति र प्रशासनको भरपर्दो आश्वासनको कमीले शिक्षकले घर भत्काउन मानेनन्। यसको कारण विवाद निक्कै चुलिएको थियो। विवाद त्यो क्षेत्रको थियो जहा नगरपालिकाको ऐन विरूद्ध वर्षौंदेखि घर बनाएर मानिसहरू बस्दै आएका छन्। वर्षौंदेखि उनीहरु बस्दै आएको पनि नगर प्रशासन कै कमजोरीको कारण थियो। तर यसपल्ट भने अवैद्धरूपले बल्दै आएका ती शिक्षकको घर भत्काइदिएर नगर प्रशासनले पनि आफ्नो क्षमता देखाइदिए। ती शिक्षकको घर भत्काए पनि अन्य यस्ता धेरै घरहहरू छन् जसलाई हटाएर त्यो क्षमता देखाउन भने प्रशासन चुकिरहेको छ।
प्रश्न उठिरहेको छ कि ती शिक्षकको घर त उठाए अरूको पनि उठाउँछ त? विवाद सकिएको मानिए पनि विवाद अझ त्यहीँ रहेको पनि सबैले अनुभव गरेका छन्। शिक्षकको घर भत्काइएपछि मात्र सेनानी सापकोटाको सालिग त्यहॉं ठडाउन प्रशासन अनि निर्माण समिति सक्षम बनेको छ। उद्गाटन कार्यक्रममा सम्पूर्ण सामाजिक सङ्गठन, शैक्षिक सङ्गठन अनि वरिष्ट नागरिकहरूको उपस्थिति थियो।
0 comments: on "बल्ल ठडिए सापकोटा"
Post a Comment