प्रायोगिक पाठशालाको यो उदाहरमीय काम हो-निरिक्षक
कालेबुङ,14 अगस्त।
कालेबुङको सरकारी निम्न वुनियादी प्रायोगिक पाठशालाका विद्यार्थीहरूलाई स्वाधिनता दिवसको पूर्व सन्ध्यामा एक कार्यक्रमबीच निःशुल्क युनिफर्म वितरण गरियो। पाठशाला भारतको पञ्च वर्षीय योजना अन्तर्गत 1950 मा स्थापित सरकारी प्राथमिक शिक्षक प्रशिक्षण संस्थान(पीटीटीआई)सित संलग्न रहेको छ। दागोपापको सर्व शिक्षा अभियान अधिनस्त एसएसएम सेलले प्रायोजना गरेको रकमबाट सबै वर्गका विद्यार्थीहरूलाई युनिफर्म प्रदान गरिएको थियो किन भने एसएसएम सेलको नीति अनुसार पहिलो श्रेणीदेखि पॉंचौं श्रेणीसम्मका अनुसूचित जाति र अनुसूचित जनजातिका छात्रहरू अनि सबै जातिका छात्राहरूलाई मात्र यूनिफर्म प्रदान गर्ने राशि आवण्टित गरिएको थियो भने जेनेरल र ओबीसी छात्रहरूको निम्ति राशि आवण्टित गरिएको थिएन तर एउटै पाठशाला पढ्ने विद्यार्थीहरूलाई छुट्टाएर सम्बन्धित विद्यार्थीहरूलाई मात्र यूनिफर्म प्रदान गर्न असुविधा देखिएकोले पाठशालाले सबैवर्गका विद्यार्थी अनि प्राक प्राथमिक (नर्सरी) सेक्सनका विद्यार्थीहरू समेतलाई यूनिफर्म प्रदान गरेको थियो। पाठशालाको यस प्रकारको प्रबन्धप्रति कालेबुङ शहरी क्षेत्रका प्रकल्प कार्यालय अनि सह-निरीक्षक एरिक एण्ड्रु राई अनि पेम्पा शेर्पाले सराहना गरे। उनीहरूले सर्व शिक्षा अभियान अन्तर्गत क्षेत्र प्रकल्प अधिकारी (सीपीओ) कालेबुङ शहरी क्षेत्र अनि प्राथमिक पाठशाला निरीक्षक यस कार्यक्रममा कालेबुङ शहरी क्षेत्रका प्रतिनिधिको रूपमा उपस्थित थिए। सरकारी प्राथमिक शिक्षक प्रशिक्षण संस्थान अथवा बीटी कलेजको प्रेक्षा गृहमा 23 न. वार्ड शिक्षा समितिका अध्यक्ष दीपारानी ठकुरीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो। अभिभावकहरूको उपस्थितिमा नै विद्यार्थीहरूलाई यूनिफर्म प्रदान गरिएको थियो। मुख्य अतिथिका रूपमा एरिक एण्ड्रु राई अनि पेम्पा शेर्पा उपस्थित थिए भने बीटी कलेजका प्राचार्य मणिन्द्र भूजेल, प्राध्यापिका सूचोलना थापा लगायत एमटीए अध्यक्षा रेनुका शाह विशिष्ट अतिथिको रूपमा उपस्थित थिइन्। शिक्षक रूद्र छेत्रीले कार्यक्रमलाई सम्बोधन गर्दै जनाए अनुसार यसै वर्षको 14 जुलाईको दिन पाठशालामा डब्ल्यूईसी, एमटीए, अभिभावक अनि पीटीटीआईका प्राचार्यहरूको उपस्थितिमा भएको सभामा एउटा प्रस्ताव पारित गरिएको थियो। यसै सभामा आवण्टित रकम अनुसार नर्सरीदेखि पॉंचौं श्रेणीसम्मका सम्पूर्ण विद्यार्थीहरूलाई नै यूनिफर्म वितरण गरिने निर्णय गरिएको थियो। यसै सम्बन्धमा बोल्दै सह-निरीक्षक कार्यालय प्रतिनिधि पेम्पा शेर्पाले आफ्नो सम्बोधनमा भने, स्कूल यूनिफर्म सबै विद्यार्थीहरूलाई आवण्टित नभएकोबारे शिक्षक शिक्षिकाहरूले सबै विद्यार्थीहरूबीच सम्बन्धित विद्यार्थीहरूलाई मात्र कसरी यूनिफर्म प्रदान गर्नु पर्ने सम्बन्धमा सधैं प्रश्न उठाउँछन्। शिक्षकहरूको निम्ति कुनै पनि विद्यार्थी एकै हुन्। उनीहरूलाई छुट्याएर यूनिफर्म वितरण गर्नु असुविधा उत्पन्न हुन्छ। आज जसरी समस्याको समाधान गर्न राम्रो विकल्प यहॉं देखियो यो स्तुत्य रहेको छ। सरकारी नियमको उल्लङ्घन गरेर कार्यालयले केही गर्न नसक्ने असमर्थता पनि उनले जनाए। प्रायोगिक पाठशालाले व्यवहारिक रूपमा एक्सपेरिमेन्टल स्कूलको नाम सत्य प्रमाणित गरेको तिनले दाबी पनि गरे। प्राचार्य मणिन्द्र भूजेलले सम्बोधन गर्दै व्यवस्थापनबारे जानकारी दिए। प्रधानाध्यापिका नमिता सरकारले पनि सम्बोधन राखेकी थिइन्। यसै अवसरमा 65औं स्वाधीनता दिवसकोे पूर्व सन्ध्यामा विद्यार्थीहरूले देशभक्ति गीत अनि कविता आवृति पनि प्रस्तुत गरेका थिए।
0 comments: on "सबै विद्यार्थीलाई युनिफर्म वितरण"
Post a Comment