मुख्य समाचार :


अन्ना हजारेको समर्थनमा विद्यार्थीहरू सड्कमा

प्रज्ज्वल छेत्री
कालेबुङ, 19 अगस्त।
भ्रष्टचारविरूद्ध देशव्यापी आन्दोलन गरिरहेका अन्ना हजारेले अहिले देशको कुना कुनाबाट पनि समर्थन पाइरहेका छन्‌। समाजसेवी अन्ना हजारे अहिले सिङ्गो व्यक्ति नभएर सम्पूर्ण भ्रष्टचारले पिरोलिएका भारतीयहरूको आवाज भएका छन्‌। तिनै अन्ना हजारेको समर्थनमा कालेबुङका विद्यार्थीहरूले पनि आज शहरमा जुलूस निलाल्यो।
गोखार्र् जनमुक्ति विद्यार्थी मोर्चाको पहलमा निकालिएको जुलूसमा कालेबुङका विभिन्न विद्यालयका लगभग दुइहजार भन्दा धेर विद्यार्थीहरूको सहभागिता थियो भने विभिन्न सङ्घ-सङ्गठनका प्रतिनिधिहरू, वरिष्ट नागरिकहरूको पनि सहभागिता थियो।

उनीहरूले नगर परिक्रममा गर्दै भ्रष्टचारीहरूविरूद्ध व्यापक नारावाजी गरे। विद्यार्थीहरूले हात-हातमा तिरङ्गा झण्डा अनि प्लाकार्डहरू बोकेका थिए भने सरकारले जनलोकपाल बील ल्याउनुपर्ने विषयमा व्यापक नाराबाजी गरे। पानी झरीलाई पनि कुनै पर्वाह नगरी विद्यार्थीहरू हजारेले शुरू गरेको भ्रष्टचारविरूद्धको आन्दोलनमा सरिक बनेका थिए। विद्यार्थी मोर्चा सहसचिव दीप थापाले जुलूसका अंशग्रहणकारीहरूलाई आभार प्रकट गर्दै आफ्नो समाजमा भइरहेको भ्रष्टचारको निम्ति पनि सबैले सङ्गठित बनेर आवाज उठाउनुपर्ने बताए।

तिनले भने, हामी पहाड़लाई गुट्‌खामुक्त बनाउने अभियानमा लागिपरेका छौं अब पहाडलाई भ्र्रष्टचारमुक्त बनाउने अभियानमा पनि आजदेखि लागेका छौं। अर्कोतिर यसै जुलूसमा सहभागी गोर्खा जनमुक्ति भूतपूर्व सैनिक मोर्चाका अध्यक्ष कर्णल रमेश आलेले पनि भने, जीटीए पनि भ्रष्टचारमुक्त हुनुपर्छ। यसको निम्ति अहिलेदेखि नै सबै सचेत हुनुपर्छ। जीटीएलाई भ्रष्टचारमुक्त बनाउनको निम्ति अन्ना हजारेको यो अभियानलाई सबै मिलेर सफल बनाउनु अनिवार्य छ।
विद्यार्थी मोर्चाका प्रतिनिधिहरूले महकुमा अधिकारीको कार्यालय पुगेर जनलोकपाल विधेयक ल्याइनुपर्ने मागमा म्याजिस्ट्रेटलाई ज्ञापन पनि चढायो। महकुमा अधिकारीको कार्यालयमा धर्नामा परिणत भएको जुलूसलाई सम्बोधन गर्दै मोर्चा नेता सामुएल गुरूङले अन्ना हजारेको अभियानलाई सफल बनाउनुको अर्थ नै पहाड़लाई पनि भ्रष्टचारमुक्त पार्नु रहेको बताउँदै मोर्चाले यो अभियानलाई सफल बनाउनमा सहयोग गर्ने बताए।


0 comments: on "अन्ना हजारेको समर्थनमा विद्यार्थीहरू सड्कमा"