मुख्य समाचार :


जीटीए पोलिटिकल ब्लण्डर तर अहिले विरोधको औचित्य छैन-अजय दाहाल


मनोज वोगटी
कालेबुङ, 25 अगस्त।
डुवर्सका आदिवासीहरूले जीटीएमा डुवर्सको अन्तरभुक्तिको बिरोध गरेपछि अब जीटीएमा डुवर्सको अन्तरभुक्तिको सवालले बहसकोरूप लिइरहेको छ। के देखिँदैछ भने डुवर्समा विरोध भयो भने जीटीएमा अन्तरभुक्ति सम्भव छैन। चलिरहेको यो विवादलाई समस्या नमानेर यूजीआरएफ चीफ अजय दाहालले संयुक्त षडयन्त्रको प्रकटिकरण मानेका छन्‌। आज धेरै दिनपछि मुख खोल्दै दाहालले डुवर्स नै जीटीएमा पस्ने कुरा शंकास्पद रहेको बताएका छन्‌। तिनले भने, डुवर्स जीटीएमा पस्दैन, यो अघिबाट नै तय छ। अब जीटीएमा डुवर्स र तराईलाई अन्तभुक्त नगर्न खेलिएको षडयन्त्रहरू प्रकट हुन थाल्दैछ। तिनले मोर्चा बाध्यतामा रहेकोले जीटीए थाप्न परेको अनि मोर्चाका नेताहरूलाई डुवर्स र तराई पस्दैन र पसे कुनकुन क्षेत्र पस्छ भन्ने कुरा अघिबाट नै थाहा रहेको अनि कमिटी नाटक रहेको बताउँदै भने, तृणमूल सरकार चहॉंदैन कि डुवर्स जीटीएमा पसोस्‌। यसकारण डुवर्स अन्तरभुक्तिको विरोधमा यस्ता शक्तिहरूलाई सक्रिय गरिसकेको छ, जो अब प्रकटमा आउनेछ। यसमा राज्य सरकार मात्र होइन, राष्ट्र मात्र होइन अन्तरराष्ट्रिय हस्तक्षेप छ। भुटान पनि पनि विरोधमा लागेको हुनसक्छ। अर्कोतिर कोही पनि सोफामा बस्दा बस्दै पिरामा बस्न चहॉंदैनन्‌। किन भने उत्तरबङ्गालमा जुन प्रशासन छ त्यो भन्दा हजार गुणा घटिया व्यवस्था हो जीटीए। त्यो जीटीए जसलाई लिएर पहाड नै खुशी छैन त्यहॉं उनीहरूलाई अन्तरभुक्त गरिनु कतै पनि उचित त होइन नै। कोही पनि देख्दादेख्दै समस्यामा हाम फाल्न चहॉंदैनन्‌।

आदिवासीहरू सय वर्षदेखि बङ्गालीहरूबाट शोषित रहेको बताउँदै तिनले बङ्गालीपछि अब गोर्खाहरूबाट शोेषित हुने कुरा थाहा पाएकोले नै आदिवासीहरूले विरोध गरेको हुनसक्ने बताए। तिनले जीटीएलाई पोलिटिकल ब्लण्डरको संज्ञा दिँदै अझ भने, मोर्चाले जानीजानी यो भूल गर्‍यो। जानीजानी गर्नेलाई इतिहासले माफ गर्ने छैन, अञ्जानमा गर्नेलाई पनि इतिहासले छोड्‌दैन। तिनले मोर्चाका नेताहरूलाई ब्लण्डरबारे थाहा रहेको तर उनीहरूले पार्टीमा कुरा नै राख्न नसक्ने गणतन्त्र रहेको पनि किटान गरे। तिनले भने, जतिलाई थाहा छ उनीहरू बोल्न सक्दैनन्‌, जो बोल्छन्‌ उनीहरूले खुलेर विरोध गर्न सकेका छैनन्‌। जनताको ठूलो जमातलाई भने भ्रममा राखिएको छ र भनिएको छ कि गोर्खाल्याण्ड मात्र होइन टेरिटोरियल पनि पाइएको छ अनि एड्‌मिनिष्ट्रेशन पनि पाइएको छ। यसलाई गोर्खाल्याण्ड भन्दा ठूलो भनेर बुझाइएको छ। जसलाई बुझाइएको छ उनीहरूलाई वास्तविकता थाहा नै छैन। तिनले मोर्चाको जीटीएको विरोध गर्न आफूले मोर्चा खडा नगरेको अनि खुलेर अघि नआइरहेको सम्बन्धमा पनि स्पष्ट पार्दै भने, जबसम्म जनताबाट यो भ्रम हट्‌दैन तबसम्म सबै विरोध बेकार हो। भ्रम हट्‌न जीटीए मोर्चाले चलाउनुपर्छ। चलाउन थालेपछि नै जनताले धोका थाहा पाउने छन्‌। तिनले त्यसबेला मोर्चाका नेताहरू जो अझ पनि अन्धो छन्‌ उनीहरूको आँखाबाट पनि पट्टी खोेलिने बताउँदै भने, तबसम्म अरूले भनेको जुनै पनि सत्य मोर्चाका नेताहरूलाई असत्य लाग्नेछ। यस्तोमा विरोधको महत्व हुँदैन। यसकारण यूजीआरएफले समय लगाएर काम गर्दैछ। लेख्ने काम भइरहेको छ। मानिसहरूलाई भेेट्‌ने काम भइरहेको छ। मोर्चा आफ्नै ब्लण्डरले नष्ट हुनेछ। मोर्चाका नेताहरूको पाखुरा जब गल्छ अनि जनताले पनि लगाइदिएको पट्टी आँखाबाट खोल्छ तब गरिएको काम महत्वपूर्ण हुन्छ। हामी अहिले यसैमा जुटेका छौं।


0 comments: on "जीटीए पोलिटिकल ब्लण्डर तर अहिले विरोधको औचित्य छैन-अजय दाहाल"