मुख्य समाचार :


गोजमुमो, केन्द्र अनि राज्यमाझको सम्झौतापछि जेलेपला मार्ग खोलिने सम्भावना प्रबल

मोहन लामा
दार्जीलिङ, 27 जुलाई
गोर्खा जनमुक्ति मोर्चा, केन्द्र सरकार अनि राज्य सरकारमाझ भएको त्रिपक्षीय सम्झौतापछि सन् १९६२-को भारत-चीन युद्धपछि बन्द भएको जेलेपला व्यवसायिक मार्ग पुन: लगभग ५० वर्षपछि खोलिने सम्भावना बढेर गएको छ| गत १८ जुलाईको दिन पिन्टेल भिलेजमा भएको त्रिपक्षीय वार्तामा यसबारे तीनैपक्ष केन्द्र, राज्य अनि गोजमुमोमाझ सहमति बनिसकेको छ|
यसैले सन् १९६२-को भारत-चीनमाझ भएको युद्धपछि बन्द भएको यो मार्ग पुन: खोलिने भएकोले विशेष कालेबुङ क्षेत्रका मानिसहरुमा धेरै उत्साह देखा परिरहेको छ|

कालेबुङबाट शुरु भएर पेदोङ, अलगढा, लाभा हुँदै टिस्टाबाट सिक्किमका क्रमश: रिनाक, आरिटार, जुलूक अनि कुपुप आदि स्थान पार गर्दै चीन अधीनस्थ ल्हासा पुग्ने यस जेलेपला व्यवसायिक मार्गलाई विशेष, गोजमुमोले पुन: खोल्ने माग गर्दै आइरहेको थियो, जसलाई गत १८ जुलाईको दिन गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन (जीटीए)-माथि त्रिपक्षीय सम्झौता हुँदा पनि केन्द्र अनि राज्य सरकारले यसमाथि सहमति जनाइसकेका छन्|यसको ङ्गलस्वरुप लगभग ५० वर्षपछि अब पुन: कालेबुङ इलाकाका व्यवसायको मुख्य केन्द्र बन्ने भएको छ| समुद्र सतहदेखि लगभग १४३०० फिट माथि पूर्व सिक्किममा अवस्थित यो पासजाने दुइवटा मार्ग रहेका छन्| पहिलो मार्ग कालेबुङबाट रहेको छ भने दोस्रो मार्ग सिक्किमको राजधानी गान्तोकबाट रहेको छ| कालेबुङ मार्ग ल्हासासितको पुरानो व्यापार मार्ग हो|

अर्कोतिर जेलेपला नजिकैको नथुला पास भने ६ जुलाई, २००६ देखि शुरु भएर भारत-चीन सीमा व्यापार सञ्चालन भइरहेको छ| अब यो मार्ग खोलिए सिक्किम र दार्जीलिङ दुवै क्षेत्रलाई लाभ पुग्नेछ|
यद्यपि यो अन्तरराष्ट्रिय मुद्दा रहेकोले भारत र चीन सरकार सहमत बन्नुपर्ने हुन्छ र यसघरि दुवै देशको सम्बन्धमा व्यापक सुधार आएको कारण अनि नथुला सीमा व्यापारको विगत २००६ देखि सफलतापूर्वक सञ्चालन भएको हुँदा दुवै देशले यो मार्ग पुनः शुरु गर्ने विषयमा सहमति गर्ने सम्भावना प्रबल रहेको देखिन्छ|

दार्जीलिङ पहाडी इलाकाका जनताका आर्थिक, सामाजिक, सांस्कृतिक, भाषिकलगायत विभिन्न समस्याहरु शीघ्र समाधान गराउने उद्देश्यले गरिएको यस सम्झौतामा जेलेपला व्यवसायिक मार्गलाई पुन: खोल्ने विषयलाई पनि प्रमुखरूपले सामेल गरिएको छ|

यसैले यस मार्गको सञ्चालन पुन: शुरु भए यसले कालेबुङबासी व्यवसायीवर्गको आर्थिक स्थितिलाई बलियो बनाउने निश्‍चित छ| स्मरण गराइन्छ, जेलेपला व्यवसायिक मार्ग१८७१-देखि शुरु भए पनि सन् १९०४-मा कर्नल यङ्ग हस्बेन्डले यसै मार्ग भएर कालेबुङदेखि तिब्बतसम्मको यात्रा गरेपछि मात्रै विशेष कालेबुङ इलाका व्यवसायले वृहत रुप लिन थालेको थियो| तर सन् १९६२-को भारत-चीन युद्ध यस मार्गको निम्ति पनि अभिशापनै बन्यो|

यसपछि यस मार्गलाई पुन: सञ्चालन गर्न कालेबुङ च्याम्बर अङ्ग् कमर्स आदिले धेरै माग उठाए पनि अनि सरकारसमक्ष ज्ञापन चढाउने कार्यहरु गरे पनि यसले आजसम्म साकाररुप लिन सकेको छैन| तर गत १८ जुलाईको दिन केन्द्र, राज्य अनि गोजमुमोमाझ भएको त्रिपक्षीय सम्झौताले यसको पुन: खोलिने बाटो पनि प्रशस्त बनेको छ| यसबारे प्राप्त जानकारीअनुसार, यस व्यवसायिक मार्ग भएर भारत र चीनका व्यापारीवर्गले सन् १९६२-सम्म ङ्गिङ, बौद्ध धर्मावलम्बीहरुद्वारा प्रयोग गरिने चीजबीज, भेंडाको ऊन साथै धूप आदिको आयात-निर्यात गर्ने गर्थे| यसैकारण त्यस समय यी सम्पूर्ण चीजबीजको लागि कालेबुङ इलाका महत्वपूर्ण बनेको थियो| कालेबुङ भएर भारत-चीनमाझ गरिने यस व्यवसायिक मार्गलाई पुन: खोल्ने सम्बन्धमा सन् २००४-मा कालेबुङ च्याम्बर अङ्ग् कमर्सले तत्कालीन प्रधानमन्त्री अटलबिहारी बाजपेयीलाई सिक्किम भ्रमणको अवधि एक ज्ञापन दिएको थियो भने दार्जीलिङका पूर्व सांसद दावा नर्बुलाले पनि यसबारे संसदमा आवाज उठाएका थिए| यसरीनै वर्तमान दार्जीलिङका सांसद जसवन्त सिंहले पनि यसबारे सरकारमाथि चाप दिंदै आइरहेका छन्|

यस मार्गका विशेषज्ञहरुले बताएअनुसार, विशेष भारत-चीनमाझ गरिने व्यापार अहिले सिक्किमको नथुलाबाट हुने गरेको छ, तर विशेष ठण्डा महिनाको समय यो मार्ग अधिक समयनै बन्द हुने गरेको छ, तर यदि जेलेपला व्यवसायिक मार्ग पुन: चालु भए ठण्डा महिनामा पनि कुनै बिघ्न-बाधाबिनानै यो मार्ग भएर सहजैसित व्यापार गर्न सकिन्छअनि यो मार्ग व्यवसायीवर्गको लागि अति सहज र ङ्गाइदाजनक प्रमाणित हुनेछ| यसरीनै उनीहरूको भनाइ छ, राष्ट्रियस्तरको व्यवसायको तुलनामा यस्ता स-साना स्थानबाट हुने व्यापारलाई अवहेलना गर्ने गरिएको छ, तर यसलाई अधिक महत्व दिएर पुन: जेलेपला व्यवसायिक मार्ग खोलिए कालेबुङ इलाकाले व्यवसायमा एक महत्वपूर्ण स्थान ओगट्ने निश्‍चित छ|

0 comments: on "गोजमुमो, केन्द्र अनि राज्यमाझको सम्झौतापछि जेलेपला मार्ग खोलिने सम्भावना प्रबल"