मुख्य समाचार :


सिब्सु गोलीकाण्ड सीआईडीद्वारा फेरि साक्षी लिने कार्य आज सिब्सुमा पनि शहीद दिवस पालन गरिने


समय संवाददाता

दार्जीलिङ, २६ जुलाई| आज ङ्गेरि सीआईडीले गोजमुमोका नेता विनय तामाङसहित मोठ १२ जना समर्थकहरुलाई सिब्सु गोलीकाण्डबारे लगभग ४ घण्टा सोधपुछ गर्‍यो| यसैबीच, उनले भोलि सिब्सु इलाकामा गोजमुमोले शहीद दिवस पालन गर्ने भएको पनि जानकारी गराएका छन्| उनले बताएअनुसार, ८ ङ्गरवरी २०११-को दिन सिब्सुको जुन स्थानमा गोजमुमो समर्थक क्रमश: विमला राई अनि विक्की लामाको विभत्स निधन भएको थियो भने नीता खवासको केही दिनपछि निधन भएको थियो| त्यसै स्थानमा भोलि पार्टीले शहीद दिवस पालन गर्ने योजना बनाएको पनि उनले बताए| आज गोरूबथानमा सीआईडीका अधिकारी ए. नन्दीको अगुवाईमा आएको तीन सदस्यीय टोलीले बिहान १० बजेदेखि लगभग ४ घण्टासम्म सिब्सु गोलीकाण्डमाथि साक्षी लिने कार्य गरेको थियो भने यस अवसरमा सिब्सु गोलीकाण्डमा घाइते बनेका ६४ वर्षीया करूणा तामाङ र रोशनी राईलाई पनि सोधपुछ गरिएको थियो| स्मरण गराइन्छ, गत ६ र ७ जूनका दिन गोजमुमो (गोर्खा जनमुक्ति मोर्चा)-ले राज्य सरकारसित गरेको द्विपक्षीय प्रशासनिकस्तरीय वार्तापछि राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले सिब्सु गोलीकाण्डमाथि सीआईडी जॉंच गराउने साथै मृतकका पीडित परिवारहरुलाई आवश्यक सहयोग प्रदान गर्ने घोषणा गरेकी थिइन्| यसै जॉंचको क्रमानुसार, सीआईडीले गत ६ जुलाईको दिन पनि सिब्सु इलाकाको भ्रमण गर्दै गोरूबथानमानै गोजमुमोका नेताहरुको गवाही लिने काम गरेको थियो| यसको २० दिनपछि पुन: आज सीआईडी दललाई गोजमुमो सहसचिव विनय तामाङलगायत १२ जना गोजमुमो समर्थकहरुले सिब्सु घट्नाबारे विस्तृत जानकारी दिएको गोजमुमो सहसचिव विनय तामाङले जनाए| जसमा रोशनी राई, करूणा तामाङ, गुञ्जन गुरुङ, अनु गुरुङ, प्रमिला गुरुङ, सुनिता तामाङ, लता तामाङ, संयुक्ती थापा, सीमा परियार, कनुका राई, कविता गुरुङ आदि सामेल थिए| गत ६ जुलाईको दिन पनि गोजमुमोका शीर्ष नेताहरूसँगै सिब्सु गोलीकाण्डका प्रत्यक्षदर्शीहरूले सीआईडीका अतिरिक्त डाइरेक्टर जेनरल सीभी मुरलीधरअघि पनि आ-आफ्नो गवाही दिएका थिए| उक्त दिन मुरलीधर सिब्सु गोलीकाण्ड जॉंच कार्यको निरीक्षण गर्न अनि सिब्सुको स्थलगत भ्रमण गर्न गोरुबथान आइपुगेका थिए र यसै अवधि गोजमुमोका शीर्ष नेताहरूले उनीसित लगभग २ घण्टा कुराकानी गरेका थिए| यसैबीच, विनय तामाङले सिब्सु गोलीकाण्डसित सम्बन्धित पार्टीसित भएका प्रमाणहरू जस्तै भीडिओ क्लपिङ्स, ङ्गोटो अनि अन्य प्रमाणहरू एक सप्ताहअघिनै सीआईडीसमक्ष सुम्पिसकेको पनि जानकारी गराए| गोजमुमो सहसचिव विनय तामाङले सिब्सु घट्नाका पीडित परिवारहरुलाई न्याय दिनुपर्ने माग गर्दै सीआईडीको जॉंचबाट सत्यता अवश्यै प्रकाशमा आउने पनि आशा प्रकट गरेका छन्| स्मरण गराइन्छ, गत जनवारी महिनाको अन्त वा ङ्गरवरी महिनाको प्रथममानै गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरूङले गोरूबथानबाट डुवर्स पदयात्राको शुरूआत गरेका थिए| तर जलपाइगढीको जिल्ला प्रशासनले गोजमुमो अध्यक्ष विमल गुरूङद्वारा शुरू गरिएको उक्त पदयात्रालाई डुवर्सको कुमानी वन्य इलाकाबाट अघि बढ्नै दिएको थिएन| जसको ङ्गलस्वरूप गोजमुमो अध्यक्ष विमल गुरूङलगायत पार्टीका कैयौं कार्यकर्ताहरूले कुमानीमानै शिविर हालेर बसेका थिए| यसैले गोजमुमो समर्थकहरूले गोजमुमो अध्यक्ष विमल गुरूङलाई डुवर्स इलाकामा शान्ति पदयात्रा गर्न दिनुपर्छ भन्ने माग गर्दै ८ ङ्गरवरी २०११-को दिन सिब्सु इलाकामा विक्षोभ प्रदर्शन गरिरहेका थिए| यसैबीच, जलपाइगढी पुलिस अनि सीआरपीएङ्गका जवानहरूले गोजमुमो समर्थकहरूमाथि गोली चलाएका थिए| जसबाट गोजमुमो समर्थक क्रमश: विक्की लामा अनि विमला राईको विभत्स मृत्यु भएको थियो भने नीता खवास गम्भीर घाइते बनेकी थिइन्| यसको लगभग ५ दिनपछि नीता खवासको पनि सिलगढीको एक निजी नर्सिङ होममा निधन भएको थियो| जसको विरोधमा गोजमुमोले दार्जीलिङ पहाडलाईनै अचल बनाएको थियो भने उक्त गोलीकाण्डमाथि गोजमुमोले सीबीआई जॉंचको माग गर्दै आइरहेको थियो| गोजमुमोलेे ८ ङ्गरवरी २०११-को दिन गोली चलाउने स्थितिनै सृजना नभएको बताउँदै विगतको बाममोर्चा सरकारले गोजमुमोमाथि अन्याय गरेको पनि आरोप लगाउँदै आइरहेको छ| यसका साथै पार्टीले ८ ङ्गरवरी २०११-को दिन भएको उक्त गोलीकाण्डको समय उपस्थित रहेका सम्पूर्ण पुलिस अधिकारीगण अनि म्याजिस्ट्रेट आदिका नामहरू पनि सीआईडीका अतिरिक्त डाइरेक्टर जेनरल सीभी मुरलीधरलाई दिइसकेको छ|


0 comments: on "सिब्सु गोलीकाण्ड सीआईडीद्वारा फेरि साक्षी लिने कार्य आज सिब्सुमा पनि शहीद दिवस पालन गरिने"