विमल गुरूङको आधिकारिक भ्रमण
मनोज वोगटी
कालेबुङ, 28 जुलाई।
गोर्खा जनमुक्ति मोर्चा अहिले दार्जीलिङ जिल्लाको तीनवटा महकुमा कालेबुङ, दार्जीलिङ अनि खरसाङको विकास कार्यमा जुटिसकेको छ। जीटीएमा हस्ताक्षर गरेर मोर्चाले आन्दोलनकारी जनतालाई स्पष्ट पारिसकेको छ कि मोर्चा केही समय बिसाउन चहान्छ अनि यो अवधी पहाड़भरि विकास गर्न चहान्छ। 6 महिनापछि जीटीए सञ्चालित हुनेछ तर मोर्चाले अहिलेेदेखि नै विकासको निम्ति शिलान्यास गर्ने अनि कहॉं कहॉं के के बनाइनुपर्ने हो त्यो बुझ्न परिभ्र्रमण गर्ने कार्य जारी राखेको छ। जीटीएको कुनै पनि आसनमा आफू नरहने घोषणा गरिसकेका मोर्चा अध्यक्ष विमल गुरूङले विकासको पहिलो लक्ष्यकेन्द्र गोरूबथानलाई बनाएका छन्। मोर्चाको 48 महिने आन्दोलनमा आन्दोलनको केन्द्रस्थल नै गोरूबथान रहेको थियो।
विमल गुरूङ अनुसार गोजमुमोको आन्दोलनलाई जीटीएसम्म ल्याउनमा गोरूबथानको महत्वपूर्ण भूमिका छ। यसकारण जीटीएले विकास कार्य नै गोरूबथानबाट शुरू गर्ने छ। केही दिन अघि तीनले गोरूबथानमा इन्द्रबहादुर राई डिग्री कलेजको शिलान्यास गरेका थिए। आज विमल गुरूङ कलेज निर्माण सम्बन्धमा कुराकानी गर्न अनि गोरूबथानको सर्वाङ्गिन विकास गर्न दिल्लीबाट एकजना आर्किटेक्ट झिकाएर गोरूबथान पुगेका थिए। तिनले आज गोरूबथानमा विकासका आधा दर्जन भन्दा धेर योजनाहरूको घोषणा गरे।
तिनी अनुसार गोरूबथानमा दुइवटा उच्च तक्निकीय मोटर स्ट्याण्ड बनाइने छ। यसको निम्ति तिनले आर्किटेक्टलाई जमीन पनि देखाए। सोमबारे बजारको पूर्व र पश्चिममा मोटर स्ट्याण्ड निर्माण गरेर गोरूबथानको ट्राफिकलाई सुदृड गरिने छ। यसै गरी तिनले दुइवटा मार्केटिङ कम्प्लेक्स बनाउने घोषणा गर्दै जमीनको निरीक्षण गरे। सोमबारेमा निर्माणाधिन मार्केटिङ कम्प्लेक्स सानो भएकोले त्यसलाई पनि बनाउने अनि फरक र ठूलो कम्प्लेक्स भने चेलखोलाको पश्चिममा रहेको खाली ठाउँमा बनाइने भएको छ।
निरीक्षण कै क्रममा तिनले कम्युनिटी हलको पनि निरीक्षण गरे। हल सानो रहेकोले बहुमुखी हल बनाउने पनि तिनले आज नै घोषणा गरे। गुरूङले आज कम्युनिटी हलको निम्ति बाबरी प्राथमिक पाठशाला संलग्न खाली ठाउँको निरीक्षण गरे। यसैगरी गोरूबथान खण्ड अस्पतालको पनि तिनले निरीक्षण गरे। 27 अनि 28 नम्बर समष्टी मात्र होइन डुवर्सको निम्ति पनि केन्द्र रहेकोले गोरूबथानमा खण्ड अस्पतालले जनाकांक्षा पुरा नगर्ने भएपछि गुरूङले यहॉं जिल्ला स्तरीय उच्च तक्निकीय अस्पताल बनाइने बताएका छन्।
तिनी अनुसार कम्तीमा पनि 70,80 वटा बेड भएको अस्पताल बनाइने छ। गुरूङले आज कलेज कमिटीसित पनि बैठक गरे। तिनले कमिटीलाई केही दिनपछि केही समयको निम्ति आफू गोरूबथान नै बस्ने अनि आफ्नै देखरेखमा कलेज निर्माण शुरू गर्ने जनाएका छन्। गुरूङ अनुसार कलेजको निम्ति अहिले 50 देखि 60 लाख रुपियॉंको योजना बनाइएको छ। आन्दोलनको क्रममा गुरूङले गोरूबथानलाई हेडक्वार्टरकोरूपमा प्रयोग गरेका थिए भने तिनी यही बसेर धेरै महिना डुवर्सका कार्यकर्ताहरूसित विभिन्न कार्यक्रममा संलग्न बनेका थिए।
जीएलपीको मुख्य हेडक्वार्टर पनि यही राखिएको थियो। गोर्खाल्याण्डको निम्ति लङमार्च गर्दै गोरूबथान पुगेका गुरुङले गोरूबथानलाई राजनैतिकरूपले कसरी शोषण गरिएको थियो भन्ने कुरा बुझेका थिए भने गोर्खाल्याण्ड नै नभए पनि जीटीए थापेपछि व्यवस्था वहाली हुन अघि नै गोरूबथानमा विभिन्न योजनाहरू तयार पारेर विकास गर्ने घोषणा गरेपछि क्षेत्रका समर्थकहरू गुरूङसित खुसी बनेका छन्।
पग्ला कुकुर
12 years ago
0 comments: on "गोरुबथानमा विकासको मूल फुटाउन"
Post a Comment