मोहन लामा
दार्जीलिङ, 29 जुलाई|
गोर्खा जनमुक्ति मोर्चा(गोजमुमो)-ले दार्जीलिङ पहाडका जनतालाई आगामी १ अगस्तदेखिको मात्रै बिजुलीको बील, जमीनको ट्याक्स, गाडीको ट्याक्स आदि तिर्ने घोषणा गर्यो| यसरीनै गोर्खा जनमुक्ति मोर्चाले दार्जीलिङ शहरलाई गाडीमुक्त बनाउने योजना तयार पारेको पनि आज जानकारी गराएको छ| गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष विमल गुरुङले अहिलेसम्मको बिजुली, गाडी अनि जमीनको ट्याक्स तिर्नु नपर्ने जानकारी गराउँदै यसबारे पार्टीलेनै सबै कुरो मिलाउने भएको बताए|
उनले भने, तर १ अगस्तदेखि उताको बील अनि ट्याक्सहरू नतिरे पार्टी जिम्मेवार रहनेछैन| यसरीनै उनले दार्जीलिङ, खरसाङ अनि कालेबुङमा सर्वप्रथम मोटर स्ट्याण्डहरूको व्यवस्था गरिने योजना बनाइएको जनाउँदै यसको निम्ति वर्तमान दार्जीलिङ गोर्खा पार्वत्य परिषदको कोषबाटनै तीनवटा महकुमालाई ३-३ करोड रुपियॉं दिनुपर्ने माग गरे| उनले भने, गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन (जीटीए)-को औपचारिक गठन नभएसम्म दागोपापको कोषबाटनै दार्जीलिङ पहाडको विकास गरिनेछ|
आगामी ६ महिनापछि जीटीए गठन भएपछि स्वत: जीटीएकै माध्यमबाट विकासका कार्यहरू हुनेछन्| दार्जीलिङ पहाडलाई स्वीट्जरल्याण्ड बनाउनुछ अनि यसको निम्ति सरकारले कुनै कञ्जुसीबिनानै आर्थिक सहयोग उपलब्ध गराउनुपर्छ| उनले दार्जीलिङ शहरलाई लगभग गाडीमुक्त बनाउनको निम्ति पार्टीले आवश्यक योजनाहरू तयार पारिरहेको बताउँदै गाडी पार्किङको निम्ति शहर बाहिरका कतिपय स्थानहरूलाई चिन्हित गरिसकिएको पनि जनाए|
स्मरण रहोस्, गत २ दिनअघि गोजमुमो, दार्जीलिङ जिल्ला प्रशासन अनि दिल्लीबाट आएका वास्तुकारद्वारा दार्जीलिङका विभिन्न स्थानहरूको परिभ्रमण गरी गाडी पार्किङको व्यवस्था गरिनेबारे निरीक्षण गरिएको थियो| जसमा बतासे नजिक कोइरी, डीआरसी गोदाम, दार्जीलिङ जू परिसर, ङ्गूड एण्ड सप्लाई कार्यालय परिसर अनि रेडक्रस भवनअघिका स्थानहरूमा गाडी पार्किङको व्यवस्था गरिने योजना बनाइएको छ|
यसैक्रममा उनले आगामी ६ महिनासम्म गोर्खा जनमुक्ति मोर्चा पूर्णरूपले सतर्क भएर बस्नुपर्ने आवश्यक्ता रहेको जनाउँदै यस अवधिभित्र पहाडमा रक्तपात पनि हुनसक्ने अनि असल भए धेरै राम्रो भएर जाने पनि जनाए| उनले भने, बंगाल सरकारले कतिपय कुराहरू गर्दा रिस पनि उठ्छ, तर जनताको निम्ति धैर्य गरेर बसिरहेको छु| किनभने, जनतालाई जुन वचन दिएको छु, त्यो पूरा गरेर छोड्नेछु| यसरीनै उनले सन् १९८६-को २८ महिने आन्दोलनको समय शहीद बनेका गोर्खाल्याण्डका योद्धाहरूका परिवारहरूका निम्ति पनि जीटीएमार्ङ्गत उचित कामको व्यवस्था गरिने वचन दिए| उनले भने, गोर्खाल्याण्डप्रेमी जनतालाई अलग राज्य गोर्खाल्याण्डको निम्ति अझै योगदान दिन आवश्यक छ| सन् १९८६-को आन्दोलनमा गोर्खाल्याण्डको निम्ति नै १२ सय योद्धाहरूले आफ्नो प्राणको आहुति दिएका थिए, तर उनीहरूलाई कहिले उचित सम्मान दिने कार्य भएन, तर गोजमुमोले आफ्नो गठनकालदेखिनै शहीदहरूलाई वर्षेनी २७ जुलाईको दिन सम्झिने गरेको छअनि जीटीएको गठनपछि ती शहीद परिवारका सदस्यहरूलाई उचित कामको व्यवस्था पनि गरिनेछ|
उनले स्थानीय दार्जीलिङ मोटर स्ट्याण्डअघि रहेको नयॉं सुपर मार्केटमा रहेको मासु दोकानहरूलाई माथिल्लो तलामा सारेर तल्लो तलालाई मोटर स्ट्याण्डमा परिणत गर्ने पार्टीले योजना तयार पारेको पनि जनाउँदै शहरलाई गाडीमुक्त बनाउने भएको जनाए| उनले भने, ८६-को आन्दोलनपछि दार्जीलिङ पहाड लथालिङ्गै भयो, तर अब यसलाई गोजमुमोले बनाउनेछ| यसैले दार्जीलिङ पहाडलाई बनाउन सरकारले पनि कञ्जुसीबिनानै आर्थिक सहयोग पुर्याउन आवश्यक छ|
उनले आगामी अक्टोबर महिनामा दार्जीलिङको पर्यटन क्षेत्रलाई अझ ङ्गस्टिन दिनको निम्ति यहॉंको स्थितिलाई राम्रो बनाउने जनतासमक्ष अपील गर्दै सर्वप्रथम पार्टीले दार्जीलिङ पहाडका तीनैवटा महकुमाको ट्राङ्गिक प्रणालीलाई समाधान गर्ने तय गरेको जनाए| उनले भने, दार्जीलिङ पहाडका शहरहरूलाई व्यवस्थित बनाउँदा कतिपय दोकान-घरहरू भत्किन पनि सक्छन्, ती भत्किन सक्ने घर वा दोकानहरूलाई क्षतिपूर्ति प्रदान गरिनेछ, तर जनताले गोजमुमोलाई काम गर्न दिनुपर्छ-बाधा-अडचन सृजना गर्नु हुँदैन|
उनले दार्जीलिङ गोर्खा पार्वत्य परिषदमा ६ हजारभन्दा अधिक अस्थायी कर्मचारीहरू रहेको अनि ती अस्थायी कर्मचारीहरूमा कतिपय एउटै घरका २-३ जनाले पनि काम गरिरहेको जनाउँदै अब यी अस्थायी कर्मचारीहरूको पनि आवश्यक छानबीन गरिने जनाए| उनले भने, कतिपय एउटै परिवारका ३-४ जनाले दागोपापमा काम गरिरहेका छन् भने धेरैजना शहीद परिवारहरूले काम पाउननै सकेका छैनन, यसैले अब अस्थायी कर्मचारीहरूको छानबीन गरिनेछ अनि जीटीए गठनपछि उनीहरूलाई आवश्यक प्रशिक्षण पनि दिइने व्यवस्था गरिनेछ| नत्र, जीटीए पनि दागोपाप जस्तै हुनेछ|
यसरीनै उनले विकासका कार्यहरूको निम्ति निरीक्षण कमिटीहरूको गठन गरिने अनि उक्त कमिटीले ठाउँ-ठाउँमा गएर विकासका कार्यहरूको निरीक्षण गरी पार्टीलाई साप्ताहिक रूपमा रिपोर्ट दिने योजना तयार पारिएको पनि जनाए| उनले भने, जसले ठीक काम गर्दैन, उनीहरू ब्ल्याक लिस्टेड हुनेछन्|
पग्ला कुकुर
12 years ago
0 comments: on "बिजुलीको बील, जमीनको ट्याक्स, गाडीको ट्याक्स १ अगस्तदेखिको मात्रै तिर्ने"
Post a Comment