बम स्न्यार्ड अनि नर्थ बङ्गाल आईजीद्वारा निरीक्षण
कालेबुङ, 29 जुलाई।Sandip kulung
कालेबुङको मोटर स्ट्याण्डमा गत 26 जुलाईको बिहान लगभग तीन बजीतिर घटेको शङ्काजनक बम बिस्फोटको निरीक्षण गर्न आज कलकत्ताबाट सेन्टर फोरेन्सिस साइन्स ल्याबका तीनजना बम स्न्यार्डहरू आइपुगेका थिए। बम बिस्फोट बाहिरबाट हेर्दा साधारण देखिएको भए तापनि उक्त बम बिस्फोटलाई प्रशासनले भने निकै गम्भीर रूपले हेरेको छ। आज दिउँसो लगभग एक बजीतिर कालेबुङ आइपुगेका फोरेन्सिस विभागका प्रतिनिधिहरूले बम बिस्फोट भएको घटनास्थल निरीक्षण गरे।
स्मरण रहोस्, 26 जुलाईको दिन उत्तर बङ्गाल परिवहन निगमको एउटा बसमुनि घरेलु कार्यमा प्रयोग गरिने एउटा स्टोभलाई नौलो प्रकारले बिस्फोटक सामग्री बनाएर बसलाई क्षतिग्रस्त बनाउने प्रयास गरिएको थियो। उक्त दिन बमले ठूलो क्षति नगरेको भए पनि साधारण क्षतिलाई फोरेन्सिस विभागका प्रतिनिधिहरूले निरीक्षण गर्दै घटनासँग सम्बन्धित केही टुक्राहरू फेला पारेका छन्। उक्त टुक्राहरूलाई ल्याबमा लगेर जॉंच गरिने पनि थाहा लागेको छ। बम काण्डमा प्रयोग भएको बिस्फोटक सामाग्रीहरूको वैज्ञानिक जॉंचपछि मात्र यस काण्डमा कुन प्रकारको बिस्फोटक धातुहरू प्रयोग गरिएको थियो भन्ने कुरा खुलासा हुनसक्ने पनि उनीहरूले जनाएका छन्। पुलिस सूत्रबाट थाहा लागे अनुसार बिस्फोटक सामाग्री जॉंचको परिणाम आउन अझ एक हप्ता जति समय लाग्ने भएको छ। मोटर स्ट्याण्डमा घटेको बिस्फोट भएको दुइ दिनपछि यूएलए-ले यस घटना घटाउनको पछि आफूहरूको हात रहेको हिजो दैनिक पत्रिकालाई बताएको थियो। आफ्नो एसोसिएशन अण्डर ग्राउण्ड रहेर नै आन्दोलन गर्ने बताउने यूएलए-ले गोर्खाहरूको निम्ति छुट्टै राज्य मात्र नभएर सिङ्गो प्रान्तको नै माग गर्दै केही महीनाअघि पत्र पत्रिकामा देखा परेको थियो। यूएलएको प्रमुख एम. थेगिम रहेको विज्ञप्ती तथा फोन मार्फत पत्रकारहरूलाई विविध कुरा जनाउने भएको भए पनि आजसम्म यूएलए खुल्ला रूपमा न त पत्रकारहरूको अघि नै आएको छ न त जनताको नै। यूएलए-ले केवल बिस्फोटक घटनालाई मात्र नस्वीकारेर मोर्चाको जीटीए व्यवस्थाको विरोध जनाउँदै शीर्षस्थ नेताहरूलाई समेत चुनौती दिएको छ। हिजोसम्म कालेबुङको मोटर स्ट्याण्डमा घटेको बिस्फोटक घटना सामान्य थियो। तथा घटनामाथि प्रशासनले छानवीन गरिरहेको थियो तर आज यूएलए प्रमुख थेगिमले यस घटना घटाउनुको सम्पूर्ण योजना आफ्नो रहेको कुरा प्रकाश पारेपछि पुलिस प्रशासनको उच्च अधिकारीहरूको निम्ति समेत यस घटना चुनौती बनेर अघि आएको छ। विश्वको गोर्खाहरूको निम्ति छुट्टै मुलूक हुनुपर्छ भन्ने यूएलए-को मूल मुद्दा रहेको छ। जुन मुद्दा प्रशासनले देशद्रोही मुद्दाको रूपमा हेरेको छ।
आज फोरेन्सिस टोलीको निरीक्षण अवधि उत्तर बङ्गालका आईजी रणबीर कुमार अनि एसपी डी.पी. सिंहले पनि घटनास्थलको भ्रमण गरे। घटनाबारे बोल्दै आईजी रणबीर कुमारले बिस्फोटक सामाग्री जॉंचको परिणाम प्रतीक्षा गर्ने बताए। यूएलए-ले दैनिक पत्रिकालाई दिएको वक्तव्य सम्बन्धी पत्रकारहरूले प्रश्न गर्दा उनले उक्त वक्तव्य कुनै आधिकारीक वक्तव्य नरहेको कारण यस सम्बन्धमा आफ्नो कुनै टिप्पणी नदिने बताए।
पग्ला कुकुर
12 years ago
0 comments: on "चर्कियो कालेबुङको बम बिस्फोट घटना"
Post a Comment