प्रज्ज्वल वोगटी कालेबुङ, 30 जुलाई।
कालेबुङ बस विस्फोटको घटना दिनोदिन जटील बन्दै गइरहेको छ। यूएलओ नामक भूमिगत भनिने सङ्गठनले सार्वभौम राष्ट्रको माग अनि जीटीए सम्झौताले गोर्खाहरूलाई धोका भएको बताउँदै सङ्गठनको प्रमुख एम. थेगिम नामक एक अज्ञात व्यक्तिले बम
गत मंगलबार राती यहॉंको मोटर स्ट्याण्डमा रहेको उत्तर वङ्गाल परिवहन निगमको बस बिस्फोटको जॉंच कार्य हाल द्रुत गतिमा अघि बढ्दै गइरहेको छ। सीआईडी, जिल्ला पुलिस अधिक्षक, उत्तर बङ्गाल आईजी अनि कलकत्ता फोरेन्सिक जॉंच दलले घटनाको रिपोर्ट लिएपछि आज जलपाइगढ़ी डिभिजनल कमिश्नर ए.के. सिंहले पनि घटनास्थलको निरीक्षण गरी जानकारी लिए।
आज डिभिजनल कमिश्नरसँग कालेबुङ महकुमा शासक एल.एन. शेर्पा, थाना प्रभारी प्रसाद प्रधान लगायत व्यापक पुलिस कर्मीहरूको उपस्थिति रहेको थियो। कालेबुङ पुलिस अहिले शङ्काको आधारमा विभिन्न व्यक्तिहरूलाई सोधपुछ कार्यमा जुटिरहेको छ।
0 comments: on "बस बिस्फोटले लिँदैछ गम्भीर मोड"
Post a Comment