मुख्य समाचार :


आफैले तोकेको कार्यक्रममा डा. छेत्री अनुपस्थित

प्रज्ज्वल वोगटी
कालेबुङ, 30 जुलाई।
कालेबुङले मात्र होइन जिल्ला कै गन्यमान्यले बुद्धिजीवीकोरूपमा मानेका अनि अहिले कालेबुङका विधायक बनेका डा.हर्कबहादुर छेत्रीले आफैले समय तोकेर तय गरिएको कार्यक्रममा उपस्थिति नदिएपछि मोठ 32 वटा सङ्घसंस्ताका प्तिनिधीहरू हेरेको हेरेकै भए। 11 वजीदेखि कार्यक्रम शुरू हुने तय थियो अनि कार्यक्रमको उद्देश्य नै विधायक डा. छेत्रीलाई सम्वर्धना जनाइने थियो। डा. छेत्रीले अनेकौं व्यवस्तता देखाउँदै पनि आयोजक सङ्गठनलाई आजको दिन तोकेका थिए। कार्यक्रम शुरू भयो तर डा. छेत्री आइपुगेनन्‌।
32 वटा संघसंस्थाका प्रतिनिधिहरूले आयोजक सङ्घठनलाई चेपारोमा पार्दै थियो। 1 बज्यो तर पनि डा. छेत्री सम्मान थाप्न आएनन्‌। विधायक बनेपछि पहिलोपल्ट डा. छेत्रीले कालेबुङका वरिष्ट नागरिकहरूलाई कार्यक्रम तय गर्न लगाएर पनि उपस्थिति नदिएर आहत बनाएपछि उपस्थित समूह छेत्रीसित रुष्ट बनेको देखियो।

आज यहॉंको एक अराजनैतिक संस्था गोर्खा दुःख निवारक सम्मेलन कालेबुङले विधायक डा. हर्कबहादुर छेत्रीलाई सम्मानित गर्ने कार्यक्रमको आयोजना गरेको थियो, जहॉं सम्मानित व्यक्तिको अत्तोपत्तो थिएन। शिक्षाविद पी.आर. प्रधान, डा. जीएस योञ्जन अनि 32 वटा सङ्घ-संस्थाका प्रतिनिधिहरू लगायत अन्य गन्यमान्य व्यक्तिहरूले लगभग चार घम्टा पर्खिएपछि अन्तमा सम्मान कार्यक्रम नै हुन सकेन।

यस्तो खाले घटना कालेबुङमा पहिलोपल्ट भएको सबैले बताएका छन्‌। सबैले डा. छेत्रीले उपस्थिति दिन सक्तैन थिए भने किन उनैले आजको दिन तोके? भन्ने प्रश्न उठाइरहेका थिए। सुन्नमा के आएको छ भने डा. छेत्री आज नै कुनै महत्त्वपूर्ण बैठकको निम्ति दार्जीलिङ गए।

गए पनि तर तिनले आप्नो अनुपस्थितिको सूचना आयोजक संस्थालाई नदिएकोले डा. छेत्री सबैको आलोचनाको शिकार बनेका थिए। यस सन्दर्भमा आफ्नो अनुपस्थितिको सूचना नदिएको अनि यसको निम्ति माफी समेत नमागेको सङ्गठनका सभापति उदय कुमाईले बताएका छन्‌।
तिनले भने, उनी आजको कार्यक्रममा आएनन्‌, ठीकै छ तर हाम्रो शुभकानमना सधैँ उनीसित छ। डा. छेत्रीको अनुपस्थितिलाई लिएर उपस्थित विभिन्न सङ्घ-संस्थाका प्रतिनिधिहरू अनि सङ्गठनले पनि दुःख व्यक्त गरेका छन्‌।
यसै सम्बन्धमा पी.आर. प्रधानले भने, विधायक कतै जानपर्ने थियो भने उनले पहिले नै सूचना दिनपर्ने थियो। तिनी केही राम्रो र गहण विषयको निम्ति कतै गएको हो भने उचित छ तर कार्यक्रमलाई नै महत्व नदिएको हो भने उचित कार्य गरेनन्‌।

0 comments: on "आफैले तोकेको कार्यक्रममा डा. छेत्री अनुपस्थित"