क्रामाकपाले गर्यो कार्यक्रमहरूको घोषणा
मनोज वोगटी
कालेबुङ, 27 जुलाई।
गोर्खाल्याण्ड राज्य प्राप्तिको आन्दोलन अघि बढाउँदै गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले 1950 को नेपाल भारत सन्धी जलाउन जनतालाई कालेबुङको मेलाग्राउण्डमा भेला गरेको थियो। तर गोरामुमोको कार्यक्रम र आन्दोलन विथोल्न बङ्गाल सरकारले राखेका सीआरपीले अन्धधुन्ध गोली चलायो।
धेरै आन्दोलनारीहरू गोर्खाल्याण्डको निम्ति त्यहीँ ढले। त्यो दिन थियो 27 जुलाई 1986। गोरामुमो प्रमुख सुवास घिसिङले सोही दिनलाई शहीद दिवस घोषणा गरेपछि अहिले सबै दल, सङ्घ सङ्गठनहरूले यही दिन शहीद दिवस पालन गर्दै आइरहेको छ। आज यसपल्टको शहीद दिवस गोर्खाल्याण्ड पाएको खुशीमा होइन, गोर्खाल्याण्ड माग्नेलाई जीटीए थमाएर गोर्खाल्याण्डको आवाजलाई फेरि राज्य र केन्द्र सरकारले गोर्खा जनमुक्ति मोर्चा लगाएर दबाएको विरोधमा क्रामाकपाले भिन्नै तरिकाले पालन गर्यो। दोस्रोपल्ट पनि शहीदहरूसमेतले धोका पाएको भन्दै रामकृष्ण रङ्गमञ्च अघि स्थापित गरिएको साङ्केतिक शहीदबेदी अघि दीयो बाल्दै क्रामाकपाले उप्रान्त गोर्खाल्याण्डको आन्दोलन कटिबद्धरूपले अघि बढाउने संकल्प गर्यो।
गोर्खाल्याण्डको निम्ति रगत दिने शहीदहरूको स्मरण गर्दै क्रामाकपाले रक्तदान शिविर आयोजना गर्दै क्रामाकपा क्याडरहरूले विरामीहरूको निम्ति दिएको रगत गोर्खाल्याण्ड आन्दोलनको निम्ति रहेको कटिबद्धताको संकेत बताउँदै क्रामाकपा महासचिव तारामणि राईले भने, सुवास घिसिङले गोर्खाल्याण्डको मुद्दालाई दोगापापसित साट्यो अनि विमल गुरूङले जीटीएसित। दुवै पल्ट जनताले गोर्खाल्याण्डको निम्ति दुवै दललाई साथ दियो तर जनताले दुवैपल्ट यी दलहरूबाट धोका पायो। जनतालाई बटुलेपछि राज्य र केन्द्रमा आत्म समर्पण गर्दै साथमा रहेकै जनताको छुट्टैराज्यको आकांक्षामाथि कुठराघात गर्ने काम गर्यो।आज ाएर मोर्चाले जीटीएसित गोर्खाल्याण्ड साटेपछि अनि आन्दोलन गर्न नसक्ने स्थितिमा पुगेपको छ।
मोर्चाको हात बॉंधिएको छ। अब जनताको सोही आकांक्षा पुरा गर्न क्रामाकपा कटिबद्धरूपले अघि बढ्ने छ। तिनले अझ भने, जब गोजमुमोले आन्दोलन गरेको थियो तब क्रामाकपाले समर्थन गरेको थियो। तर मोर्चाको राजनैतिक उद्देश्य अरूथोक नै रहेको थाहा पाएपछि क्रामाकपाले मोर्चाबाट साथ छुटायो। क्रामाकपाले मोर्चालाई जसरी साथ दिएको थियो त्यसरी नै अब मोर्चाले क्रामाकपालाई साथ देओस्। साथ दिँदैन भने बाधा पनि नदेओस्। तिनलेकार्यक्रम तीनचरणले हुने बताउँदै भने,सीपीआईएम लिबरेशनसित मिलेर दिल्लीको जन्तरमन्तरमा 10 देखि 12 अगस्तसम्म क्रामाकपाले गोर्खाल्याण्डको निम्ति जन्तरमन्तरमा धर्ना दिनेछ। यसको निम्ति आन्दोलनकारीहरू तयार छन्।
यसपछि 20 अगस्त भाषा दिवसको दिनदेखि बलिदान दिवस 25 अगस्तसम्म पहाड़का विभिन्न क्षेत्रबाट गोर्खाल्याण्डको निम्ति सिलगढ़ीसम्मको पद्यात्रा हुनेछ। त्यसपछि लगत्तै कोलकाता र दिल्लीमा राष्ट्रिय संगोष्टी, अन्तरक्रिया हुनेछ। यो पहिलो चरणको आन्दोलन हुनेछ।
त्यसपछि आन्दोलनले तीब्रता लिनेछ। आज क्रामाकपा क्याडरहरूले सय बोतल भन्दा धेर रगत कालेबुङ अस्पताललाई दिनेछन्। राईले भने, तोकिएको सय बोतल रहेकोभन्दा धेरै रक्त धिने कार्यकर्ताहरू उपस्थित छन्। उनीहरूको यो उत्साहले आन्दोलनको मार्ग तय गर्नमा शक्ति प्रदान गरेको छ। राई अनुसार गोरामुमो सरकार प्रायोजित दल र घिसिङ नेता थिए। यसकारण जनतालाई थकाएर दागोपाप थापे। तिनको बर्चस्व काम नलाग्ने भएपछि फेरि सरकारले विमल गुरूङ अनि गोजमुमोलाई तयार पार्यो अनि जनतालाई थकाएपछि जीटीए थाप्यो। क्रामाकपाको आन्दोलनकोरूपरेखा पारम्परिक हुने छैन।
क्रामाकपा विकासको विरोधमा नरहेको भएपनि आन्दोलनकारी नै आन्दोलन छोड़ेर पैसा र चौकीतिर जानु मुद्दाको निम्ति हानिकारक मात्र होइन बाधक पनि ठानिएको बताउँदै राईले अझ भने, गोर्खाल्याण्ड भएपचि विकास स्वत हुने अनि बिजुली मात्र बेचे मनग्गे पुग्ने बताउँदै आर्थिक सम्भाव्यताको पक्षमा प्रस्तावित क्षेत्र सबल रहेकोले सोझै राज्यप्राप्तिको लड़ाईमा नै दल सरोकृत हुने बताए।
शहीद दिवस पालन
कालेबुङ, 27 जुलाई।
गोर्खा जनमुक्ति मोर्चाले आन्दोलन गोर्खाल्याण्डको गरेर जीटीए थापेपछि पहिलोपल्ट जीटीएमा शहीद दिवस पालन गर्यो। गोरामुमोद्वारा स्थापित 11 माइलको शहीद बेदीमा गोजमुमोले शहीद दिवस पालन गर्यो जहॉं कालेबुङ महकुमा अनि केन्द्रिय समितिका नेतृत्वहरूको उपस्थिति थियो। उनीहरूले शहीदबेदीमा खदामाला गरेपछि विभिन्न सङ्घसंस्थाहरूले पनि खदामाला गर्यो।
यसै अवसरमा मोर्चाले सर्वधर्म पूजा पनि सोहीस्थलमा सम्पन्न गर्यो भने 103 जना शहीद परिवारलाई पनि खदा चडाएर सम्मान जनायो। अर्कोतिर 27 जुलाई 1986को दिन कालेबुङमा भएको गोलीकाण्डमा शहीद हुने सावित्री घिसिङको स्मरणमा तीनको परिवार अनि सावित्री घिसिङ संघले शहीद दिवस पालन गर्यो। यसै गरी शहीद रोशन राईको स्मरणमा रोशन राई शालिग निर्माण समितिले पनि शहीद दिवस पालन गरेको थाहा लागेको छ।
रोङ्गोमा पनि शहीद दिवस
कालेबुङ, 27 जुलाई।
28 न.समष्टीमा पर्ने सुदुर सिन्कोनाबारी रोङ्गोको धापगाउँमा पनि झॉंकी सामाजिक संस्था र गोजमुमो युनिट-3को संयुक्त आयोजनामा झॉंकी पार्कमा शहीद दिवस पालन गरिएको जानकारी अनिल तेलैजाले दिएका छन्। सुरज राई, संजोग राई, बिरन गुरूङ आदिको संयोजकत्वमा सम्पन्न शहीद दिवस कार्यक्रममा पदम बहादुर गुरूङ मुख्य अतिथि रहेका थिए भने मानबीर राईले कार्यक्रमलाई अध्यक्षता गरेका थिए।
दार्जीलिङ तराई डुवर्स प्लान्टेशन लेबर युनियनका उपाध्यक्ष सन्तोष खवास, विशिष्ट अतिथि थिए भने मणि शर्मा अनि सुरज राई लगायत सुजना राई, सरोज राई अनि एसपी राईको पनि विशेष उपस्थिति थियो। शहीदवेदीमा माल्यार्पण कार्यक्रम गरेर अतिथिहरूले कार्यक्रमलाई सम्बोधन गरेका थिए। कार्यक्रमलाई सहबीर घले अनि विनय गुरूङले सञ्चालन गरेका थिए।
पग्ला कुकुर
12 years ago
0 comments: on "गोर्खाल्याण्डको आन्दोलन शुरू"
Post a Comment