मुख्य समाचार :


किरॉंती खम्बू राई सांस्कृतिक संस्थानको सातौं द्वयवार्षिक अधिवेशन सम्पन्न



कालेबुङ, 21 अगस्त।
किरॉंती खम्बू राई सांस्कृतिक संस्थान महकुमा समितिले आज एक कार्यक्रमबीच संस्थानको सातौं द्वयवार्षिक अधिवेशन यहॉंको रामकृष्ण रङ्गमञ्चमा पालन गर्‍यो। उक्त अधिवेशनमा महकुमाभरिका 100 वटा प्रशाखाहरूबाट संस्थानका प्रतिनिधिहरू उपस्थित बनेका थिए। गत वर्ष निधन भएका किरॉंती खम्बू राई सांस्कृतिक संस्थान महकुमा समितिका प्रथम सभापति अमृत वहादुर खालिङको स्मृतिमा आजको अधिवेशन राखिएको थियो। कार्यक्रममा स्व.अमृत बहादुरलाई स्मरण गर्दै उपस्थित माङ्‌पा अनि संस्थानका प्रतिनिधिहरूले श्रद्धाञ्जली चड़ाए। कार्यक्रममा महिला किरॉंतीहरूले सिलि नृत्य प्रस्तुुत गरेका थिए भने माङपाहरूले सांकृतिक परम्परा अन्तर्गत पूजा प्रार्थना गरे। संस्थानकै महकुमा समितिका सभापती अरूण कुमार राईको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्व. अमृत बहादुरकी श्रीमती शान्ता खालिङ मुख्य अतिथिको रूपमा उपस्थित रहेकी थिइन्‌। अन्य विशिष्ट अतिथिहरूमा, जेबी राई, कुमार चामलिङ, त्रिभूवन राई, केपी राई,, रोशनी राई अनि प्रकाश राई उपस्थित थिए।

अन्य विविध कार्यक्रमहरूसहित सम्पन्न अधिवेशनमा जोग चाम्लिङ अनि रमेश तेन्जिपाले कार्यक्रमलाई सम्बोधन पनि गरे। कार्यक्रममा महकुमाभरिका कुना कुनाबाट पनि प्रतिनिधिहरू उपस्थित बनेको अनि केवल प्रत्येक शाखाबाट पॉंच-पॉंचजना मात्र कार्यक्रममा निम्त्याइएकोले यो केवल लघु स्तरको अधिवेशन मात्र रहेको संस्थानका सचिव अरूण प्रकाश राईले जानकारी गराए।

0 comments: on "किरॉंती खम्बू राई सांस्कृतिक संस्थानको सातौं द्वयवार्षिक अधिवेशन सम्पन्न"