मुख्य समाचार :


प्रदर्शनीमा 45 हजारको फोटो बिक्रि



कालेबुङ, 21 अगस्त।
आज फोटो प्रदर्शनीको अन्तिम दिन फोटोग्राफर चिन्लोप फुदोङले बताए, यसपल्टको प्रदर्शनीले हामीलाई छुट्टै अनुभव प्रदान गर्‍यो। कालेबुङमा फोटो पारखीहरूको जनसंख्या यति विघ्न होला भनेर सोंचेका थिएनौं। मोठ 45 हजारको फोटो प्रदर्शनीबाट बिक्रि भएको फोटोग्राफरहरूले जनाए।

यस्तो उत्साहवर्धक प्रदर्शनीको अनुभव यही पहिलो भयोे, नवोदित फोटोेग्राफर लोवाङ लेप्चाले भने। तिनको मात्र सातवटा फोटो विक्रि भएको थियो। विश्व फोटोग्राफी दिवसको अवसरमा कालेबुङका युवा फोटोग्राफरहरूले रामकृष्ण रङ्गमञ्चको अम्वेदकार सबागृहमा राखेको तीनदिने फोटो प्रदर्षनीलाई आज समापन गरियो। फोटोग्राफर सामतेन काबोले भने, महकुमा अधिकारीसमेतले प्रदर्शनीमा आएर हामीलाई हौसला दिए। कालेबुङका वरिष्ट नागरिक अनि कलाप्रेमीहरूले पनि हाम्रा फोटोहरू उत्तिकै रुचाइदिए। फोटोबारे हामीले अझ धेर धारमाहरू बुझ्न पाएका छौं। नवोदित फोटोग्राफर प्रवीण छेत्रीले फोटोग्राफरहरू मिलेर उप्रान्त धेरैवटा रचनात्मक काम गर्ने योजना बनिएको सुजाएका छन्‌।

कालेबुङे युवा फोटाग्राफरहरूको सामुहिक कलालाई क्षेत्रका मानिसहरूले हेर्ने मौका पाएका थिए। अहिलेसम्म केवल एकल प्रदर्शनी हुने गरेको थियो। आजपनि फोटोग्राफीप्रति रूचि राख्ने मानिसहरू अनि विद्यार्थीहरूले प्रदर्शनीमा राखेका पोटोहरूको कलात्मक स्वाद लिए। चिन्लप लेप्चाले भने, फोटो हर्न जति मानिसहरू आजसम्म आए उनीहरूको प्रतिक्रिया सकरात्मक रहेको थियो। मानिसहरूले हाम्रो कलाकरितालाई रूचाएकोमा अझ धेरै उत्कृष्ट फोटोहरू उतार्न सकिने रहेछ भन्ने हामीले थप प्रेरणा पाएका छौं। अर्का फोटोग्राफर बिमल के. दियालीले पनि मानिसहरूले फोटो धेरै नै मनपराएको अनि किनिदिएर अझ आफूहरूलाई हौसला प्रदान गरेको जनाए।

0 comments: on "प्रदर्शनीमा 45 हजारको फोटो बिक्रि"