प्रज्ज्वल छेत्री
कालेबुङ,19 अगस्त।
दार्जीलिङ जिल्लाको ग्रामीण अनि कृषि उन्नयनको निम्ति राष्ट्रिय ग्रामीण कृषि व्याङ्क अथवा नावार्डसित मिलेर कार्य गरिरहेको कालेबुङ कृषक कल्याण सङ्गठनले अहिले जिल्लाभरि सङ्गठन विस्तार गर्दै क्षेत्रीय कृषक सङ्घहरूको स्थापना गर्ने कार्य जारी राखेको छ। जिल्लाका विभिन्न ठाउँहरूमा अहिले अडाईसय सङ्घहरूको स्थापना भइसकेको छ। सङ्गठनका महासचिव विष्णु छेत्रीले कालेबुङको मूल साक्योङ अनि माथ्लो साक्योङमा पनि यसैक्रममा सङ्घ स्थापना भएको जनाएका छन्। आज सङ्घको उद्घाटन गरिएको थियो। यसको निम्ति नावार्डका डीडीएम वाल्टर कुजुरले विशेष उपस्थिति दिएका थिए भने उनैको बाहुलीबाट दीयो बालेर सङ्घको उद्घाटन गरिएको थियो।
यस अवसरमा खण्ड कृषि अधिकारी विनोद शर्मा, साक्योङ ग्रामीण व्याङ्कका प्रबन्धक रिन्जु भोटिया, पञ्चायत सचिव एस भोटिया अनि क्षेत्र व्याङ्क प्रबन्धक तपन घोषको पनि उपस्थिति थियो। विष्णु छेत्रीले सङ्घ मार्फत स्थानीय आवश्यकता अनुसारको कृषि योजनामा कृषकहरू सलग्न हुने जनाए। अर्कोतिर तिनले तकदाहमा पनि हिजो सङ्घको उद्घाटन गरिएको अनि यसै अवसरमा ग्रामीण व्याङ्कका एलडीएम बी के चौधरीलाई स्मृति चिन्ह प्रदान गरेर विदाई जनाएको पनि जनाएका छन्।
0 comments: on "कृषक सङ्गठनहरूको उद्घाटन जारी"
Post a Comment