मुख्य समाचार :


सहकार्य खोज्दै कवि



मनोज वोगटी
कालेबुङ,20अगस्त।
कलासचेतलाई कुनै पनि कलाले आकर्षित गर्छ, यस्तै भयो रामकृष्ण रङ्गमञ्चको अम्बेदकर भवनमा। कालेबुङका नामी फोटोग्राफरहरूले आफ्नो कलाको प्रदर्शन गरेको थाहा पाएर पुगेका कालेबुङका चर्चित युवा कवि सुधिर छेत्री फोटोमा लुकेको कलात्मक प्रस्तुतिले मक्ख परे। कालेबुङ हरेक कलाको क्षेत्रमा अघि छ, यो प्रदर्शनी हेरेर मेरो यो विश्वास अझ बलियो भयो-तिनी भनिरहेका थिए।

फोटो प्रदर्शनीलाई दुइदिने भनिएको थियो तर दर्शकहरूलाई यति समय नपुग्ने भएपछि फोटोग्राफरहरूले प्रदर्शनीको मियाद अझ एक दिन लम्याए। हरेक फोेटोले कुनै न कुनै कथा भनिरहेको लागेको बताउने कवि सुधीरले भने, अघि अघि दार्जीलिङलाई हरेक क्षेत्रमा अघि मानिन्थ्यो तर अहिले कालेबुङले सबैलाई पछिल्तिर पारेको त छ तर यी जम्मै कलासित जोडिएकाहरूबीच समन्वय भने कतै पनि देखिएन। छेत्री वर्तमानस्थितिमा कालेबुङ नै कलाको क्षेत्रमा केन्द्र रहेको कुरालाई निक्कै बल दिन्छन्‌ तर कलाकारहरू बीचको फॉंटोे नै कला विकासमा बाधा परेको कुरा कसैले पनि अनुभव नगरेकोमा विस्मात पनि मान्छन्‌। साहित्यमा के भइरहेको छ, यहॉंका चित्रकारहरूलाई थाहा नै छैन। चित्रकारितामा के भइरहेको छ साहित्यकारहरूलाई थाहा नै छैन। जब कि सबा कला एकार्काका सम्पूरक मानिन्छन्‌-तिनी भन्छन्‌।

फोटो प्रदर्शनीले तिनलाई यही कुराको बोध भएको बताउँदै फोटोकला सम्बन्धमा अरू कलाक्षेत्रसित बॉंचेकाहरूलाई कुनै चासो नहुनु कलाको फॉंट सॉंघुरो हुनुको कारक हुनसक्ने शंका व्यक्त गर्छन्‌। कालेबुङका कलाकारहरूले यसबारे शीघ्र नै चिन्ता गर्नुपर्ने तिनको सोंच छ। तिनले भने, विभिन्न विधाका हुन्‌, उनीहरूबीच सहकार्य अनिवार्य लाग्छ। अब कलाले नै कलाकारहरूलाई पनि जोड्‌नुपर्‍यो।

0 comments: on "सहकार्य खोज्दै कवि"