मुख्य समाचार :


बिजुलीको बील भुक्तानमा व्यापक अन्योलता


कालेबुङ, १० अगस्त|
छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलन गर्दै गोर्खा जनमुक्ति मोर्चाले असहयोग आन्दोलन गरेर बिजुलीको बील नतिर्ने घोषणा गरे पनि अहिले आएर जनता व्यापक अन्योलमा पर्न थालेका छन्| अन्योलको कारण गोखार्र् जनमुक्ति मोर्चाले जुलाईसम्मको बील भुक्तान गर्न पर्दैन भनेर गरेको घोषणा नै रहेको छ| मोर्चाले छुट्टै राज्यको निम्ति असहयोग आन्दोलनलाई पनि सँगसँगै अघि बढाएको थियो| यसै क्रममा बिजुली, टेलीफोन अनि वाहनको ट्याक्स नतिर्ने घोषणा गरिएको थियो|

मोर्चाको अडानमा भरोेसा नगर्नेहरूले सिलगढी गएर बील भुक्तान गर्ने काम पनि गर्दै आइरहेका छन् तर धेरै संख्यामा उपभोक्ताहरूले बील भुक्तान नगरेको कारण पश्‍चिम बङ्गाल सरकार अनि सम्बन्धित कम्पनीले करोड़ौंको घाटा खप्न परिरहेको छापामा बारम्बार नै आएको हो| यता गोर्खाल्याण्डको आन्दोलनलाई शिथिल गर्दै गोर्खा जनमुक्ति मोर्चाले त्यसको साटो पहाड़को विकास गर्न गोर्खाल्याण्ड टेरिटोरियल एडि्मनिस्ट्रेसनमा हस्ताक्षर गरेपछि सरकारलाई अहिलेसम्म भुक्तान नगरेका बीलहरूबारे स्पष्ट कुरा अघि आएको थिएन| यसैबीच मोर्चा अध्यक्ष विमल गुरुङले बिजुलीको जुलाईसम्मको बील भुक्तान गर्न नपर्ने घोषणा गरेपछि जनताले राहतको सास फेरेको थियो| मोर्चाले बील नतिर्ने घोषणा त गर्‍यो तर विभागसम्म बील भुक्तान नगर्ने सम्बन्धमा कुनै पनि सरकारी सूचना पुगेको छैन|

आधिकारिक सूचना नभएको कारणले विभागले अहिलेसम्म नतिरेको बील नै उपभोक्ताहरूलाई पठाउने काम गरिरहेको छ| विभागबाट उपभोक्ताहरूलाई अहिलेसम्म भुक्तान नगरिएका बील नै मोठमा पठाउने काम भइरहेकोले जनता अन्योलमा छन्| मोर्चा प्रतिनिधिहरूले बील नतिर्नु नै भने पनि देखिएको विभागीय असुविधाले उपभोक्ताहरूलाई जुन अन्योलमा पार्ने काम गरिरहेको छ, यसको निदान कहॉं छ भन्ने दिशामा अहिलेसम्म कुनै पक्षबाट पनि काम भइरहेको छैन| कालेबुङ विजुली विभागका सह-अभियन्ता पी. सेेर्पासित कुराकानी गर्दा तिनले बील नतिर्ने कुरा राजनैतिक घोषणा हुनसक्ने बताउँदै भने, हामीसित विभागीय वाध्यता छ|

अहिलेसम्म उच्च निकायबाट कुनै पनि कार्यालयमा बील भुक्तान नगरिने सम्बन्धमा अधिसूचना आइपुगेको छैन| यसकारण हामी अहिलेसम्मका रहल रकम तिर्ने आग्रह गर्दै बील पठाउन बाध्य छौं| उनीअनुसार कालेबुङमा बील पठाए पनि भुक्तान गर्न उपभोक्ताहरू कार्यालय आएका छैनन्| अन्य महकुमामा मानिलहरू बील भुक्तान गर्न भीड लागे पनि कालेबुङमा यस्तो देखिएको छैन| अर्कोतिर, एक उपभोक्ताअनुसार बील भुक्तान गर्न नगएको कारण मोर्चाले गरेको घोषणा नै हो| बील बारम्बार आइरहेको छ तर बुझाउने काम भएको छैन| मोर्चाअनुसार अगस्त महिनादेखि मात्र बील बुझाइने छ| यता बील भुक्तान गर्ने-नगर्ने सम्बन्धमा अन्योलता छाइरहको बेला नै कालेबुङमा विजुली सर्वराहमा अनियमितता देखा परेको छ| डुंग्रा बस्तीमा जुलाईदेखि बिजुली नै बलेको छैन भने अन्यत्र पनि यस्तै परिस्थिति देखापरेको छ|

नगरमा पनि बिजुलीको अनियमितताको कारण व्यवसायीहरू चपेटमा परिरहेका छन्| यस सम्बन्धमा अधिकारी सेेर्पासित जान्न चहॉंदा तिनले मिसिनको गडबडी नै समस्याको कारण बताएका छन्| अर्कोतिर बील भुक्तान नगरेको कारण नै बिजुलीमा अनियमितता आइरहेको शंका गर्ने काम पनि भइरहेको छ| यसलाई अधिकारीले सोझै नकार्दै झरी र कर्मचारीहरूको अपुगको कारण बिजुली सर्वराहलाई नियमित गर्न नसकेको स्पष्टीकरण दिएका छन्|

0 comments: on "बिजुलीको बील भुक्तानमा व्यापक अन्योलता"