मुख्य समाचार :


बिजुलीको बील नतिरेकोले बीएसएनएल कार्यालयमा बिजुली काटियो

बीएसएनएल सेवा ठप्पःजनसाधरण असुविधामा

प्रज्ज्वल वोगटी
कालेबुङ, 8 अगस्त।
गत शनिवार लगभग 12.30 बजीदेखि अहिलेसम्म कालेबुङ बीएसएनएल टेेलिफोन कार्यालयको बिजुली सर्वराह काटिएको छ। दुइ दिनसम्म जेनरेटरको माध्यमबाट बीएसएनएल सर्वराह सुचारू नै रहेपनि अहिलेसम्म विजुली नआएपछि बीएसएनएल सर्वराह हाल ठप्प भएको छ। त्यसै पनि बीएसएनएल सेवामा प्रायः दैनिक रूपमा गड़बड़ी देखिरहन्छ अनि झनै बिजुली नै काटिएकोले उपभोक्ताहरू धेरै नै असुविधामा परिरहेका छन्‌। केवल बीएसएनएल टेलिफोन कार्यालयमा मात्र बिजुली काटिएको छ। विजुली विभागका सह-अभियन्ता पी. शेर्पाले बताएनुसार टेलिफोन कार्यालयले अहिलेसम्म बील भुक्तान नगरेकै कारण बिजुली काटिएको अनि कालेबुङ सब स्टेशनबाट होइन तर सिलगड़ीबाट नै विजुली काटिएको बताए। तिनले यो विभागीय पक्षको निर्णयसँगै राजनैतिक विषय पनि रहेको जनाए।
अर्कोतिर बीएसएनएल विभागका एसडीओटी सुजित रोयले उक्त विषयमा माथिल्लो तहमा कुराकानी भइरहेको बताउँदै जिल्ला अधिकारी स्वयंले यस विषयमा पदक्षेप लिइरहेको अनि चॉंड़ै नै सर्वराह सुचारू हुनसक्ने जनाए। बीएएनएल सेवा ठप्प भएपछि ब्याङि्‌कङ सिस्टम, फौज, अग्निशमन विभाग, इन्टेरनेट, फोन, एटीएम अनि बीएसएनएल लाइनसँग सम्बन्धित जम्मै सुविधाहरू आजदेखि ठप्प भएको छ। राजनैतिक आन्दोलनको कारण अहिलेसम्म पहाड़वासीले बिजुली, टेलिफोन लगायत अन्य करहरू तिरेका छैनन्‌। टेलिफोन एक्सचेञ्जले पनि विजुलीको बील भुक्तान गरेको छैन अनि विजुली विभागले पनि टेलिफोनको बील भुक्तान गरेको छैन। टिलिफोन एक्सचेञ्ज अनि बिजुली विभागको हेलचेक्राइँको शिकार बनिरहेका छन्‌ साधरण जनता। बीएसएनएल सेवाको निम्ति चॉंड़ै नै बिजुली उपलब्ध नगराए उपभोक्ताहरूसँगै साधरण जनता बीएसएनएलसँग सम्बन्धित सबै सेवाहरूबाट धेरै दिनसम्म वञ्चित रहेनेे स्पष्ट देखिएको छ। बीएसएनएल सेवा ठप्प भएपछि उपभोक्ताहरूको चिन्ता अझ धेर बढ़ेर गएको छ।

0 comments: on "बिजुलीको बील नतिरेकोले बीएसएनएल कार्यालयमा बिजुली काटियो"