कहॉं फ्यॉंक्दैछ त नगरको मैला?
मनोज वोगटी
कालेबुङ, 12 अगस्त।
पॉंचवर्षदेखि कालेबुङ नगरपालिकाले नगरको मैला व्यवस्थित गर्न डम्पिङ बनाउन सकेको छैन। 2008 को अक्टोबरमा भालूखोपवासीले नगरपालिकालाई भालूखोपमा डम्पिङ गर्न निषेध गरेपछि अहिलेसम्म नै नगरपालिका विचल्नीमा परेको छ। मैला फ्यॉंक्ने ठाउँ नभएकोले टिस्टामा मैला फ्याकिँरहेको छापामा आइरहेको छ।
भालूखोपमा निषेध गरेपछि भालूखोपबाट केही टाडा नेवार गाउँमा नगरपालिकाले जमिन किनेर वैकल्पिक डम्पिङ बनाउन थालेको पॉंचवर्ष बित्यो तर डम्पिङ तयार भएको छैन। डम्पिङ बनाउनमा आएको ढिल्याई सम्बन्धमा एक संस्थाले निक्कै चाप सृष्टि गर्दा अक्टोबरसम्म डम्पिङ बनाइसक्ने आस्वासन पनि नगरपालिकाले नै दिएको थियो तर आज नगरपालिकाबाट निरीक्षणमा गएका अधिकारीहरूले बाटोको खराबीको कारण सामानहरू पुर्याउन नसक्ने भएपछि दिसम्बरदेखि मात्र निर्माण कार्य अघि बढाउने जनाएका छन्।
भालूखोपमा ब्रिटिशकालीन डम्पिङ थियो जहॉं नगरपालिकाले 2008 सम्म मैला फ्यॉंक्यो। मैला मात्र फ्यॉंकेर डम्पिङ व्यवस्थित नगरेकोले थुप्रिएको मैलालाई झरीले बगाउँदा डम्पिङ मुनीका जमीनहरूमा पैह्रो चल्ने अनि मुन्तिर रहेका गाउँलाई हानी पुर्याउने काम चरममा पुगेपछि क्षेत्रवासीले 2008को गान्धी जयन्तीको दिनदेखि नगरपालिका विरूद्ध आन्दोलन नै गर्यो। मैला फ्यॉंक्न नदिएपछि नगरमा मैला थुप्रिने क्रम जारी रहेपनि अन्तमा नगरपालिका, महकुमा प्रशासन अनि आन्दोलनकारी सङ्गठन कालेबुङ कृषक कल्याण सङ्गठनबीच त्रिपक्षीय सम्झौता भयो। सम्झौता अनुसार नै नेवार गाउँमा वैकल्पिक डम्पिङ बनाउने भएको थियो तर यतिञ्जेलसम्म पनि डम्पिङ बनिएको छैन।
यता नगरपालिका टिस्टामा नगरको मैला फ्यॉंकेर कानून विरोधी काम गर्न समेत चुकेन। सुप्रिम कोर्टले खुल्ला ठाउँमा मैला फ्यॉंक्नेलाई दण्डित गर्न सकने अधिसूचना अघिबाट नै निकाय र नागरिकसमक्ष जारी गरिसकेको छ। आफ्नै भूलको कारण अनेक भूलहरू दोहोर्याउने क्रम नगरपालिकाले अझ पनि तीब्र नै राखेको छ।
सम्झौता कै बेला डम्पिङ बनाउन पश्चिम बङ्गाल पोल्युसन कन्ट्रोल बोर्डले 2 करोड़ 29 लाख अनुमोदन गरेको तत्कालीन जिल्लापाल अनि महकुमा अधिकारीले मीडियालाई बताइसकेको भए पनि सो राशिबारे अहिलेका महकुमा अधिकारीलाई कुनै जानकारीसमेत नहुनुले एउटा रहस्यलाई संकेत गरेको छ। यताउताबाट तानतुन गरेर खर्चालु डम्पिङ बनिने काम भइरहेको महकुमा अधिकारीले अघिबाट नै बताइसकेका छन्। नगरपालिका क्षेत्रको मुख्य समस्या नै मैला व्यवस्थापन रहेको भए पनि यसको निम्ति कुनै पनि राशि निकाल्न नसकिने अनि अरू योजनाहरूबाट नै तानतुन पारेर डम्पिङ बनाउनु परेको बताउनुले पनि कालेबुङमा नगरपालिकाको औचित्यलाई अब गम्भीर लिनुपर्ने देखिएको छ।
नगरपालिकासित मैला फ्यॉंक्ने ठाउँ पनि छैन अनि डम्पिङ पनि छैन, उसोभए कहॉं जॉंदैछ त नगरको मैला? प्रश्न जटिल देखिएको छ। यता नगरापिलकाका स्वास्थ्य निरिक्षक सञ्जय प्रधानले डम्पिङ पुग्ने बाटोमा पैह्रो गएकोले अहिलेलाई निर्माण कार्यलाई थॉंतीमा नै राखिएको जनाएका छन्।
0 comments: on "यो वर्ष पनि नबन्ने भयो डम्पिङ"
Post a Comment