मनोज वोगटी
कालेबुङ, 26 जुलाई।
मोटर विसाउनीमा बिहान लगभग 3 बजी एउटा विस्फोट भयो। विस्फोट निक्कै जोरसित भएकोले केही क्षणमा नै त्यहॉं मानिसहरू थुप्रिए। पछि सबैले थाहा पाए उत्तर बङ्ग परिवहन निगमको एउटा सरकारी बसमुनी त्यो विस्पोट भएको थियो। एसपी डीपी सिंहले जनाए अनुसार यो घटनालाई पुलिस प्रशासनले निक्कै गम्भीररूपले लिएको छ। तिनले भने, घटनाबारे एफएसएललाई जनाइ सकिएको छ।
घटना निक्कै गम्भीर देखिएकोले यसको जॉंच सीआईडीले गर्ने छ। यो घटना सामान्य हो कि यसको उद्देस्य ठूलै छ, त्यसको छानबिन अनिवार्य बनेको छ। घटनाको जानकारी पाउने वित्तिकै एएसपी ज्याक्लिङ दोर्जी अनि एसपी सिंह घटनास्थलमा आइपुगेका थिए। घटनाबारे जानकार रहेका चौकीदार पदम सुब्बाले जनाए अनुसार ठूलो आवाजमा विस्फोट भएकोले आफू व्यूझिएको अनि हेर्दा बस मुनी आगो लागेको देखेपछि तिनले आगो बोराले निभाए। विस्फोटले बसलाई सामान्य क्षति पुर्याएको छ।
तिनले भने, पहिले त केही थाहा भएन के भएको हो भनेर, पछि हेर्दा एउटा स्टोभ गाड़ी मुनी देखियो। एसपी सिंहले पनि भने, गाड़ी मुनी स्टोभ देखिएको छ, जसलाई विस्फोट गराएर बस उड़ाउने कोशिष गरिएको अनुमान गरिएको छ। यसो किन गरियो, कसले गरे, यसकोपछि कुन उद्देश्य छ? यही कुरालाई अघि राखेर जॉंच प्रक्रिया अघि बढ्ने छ। डिपो निरिक्षक शेखर बराइलीले पनि भने, घटनाबारे थानालाई अवगत गराइयो। कालेबुङ थानाका आईसी प्रसाद प्रधानले निरीक्षण पनि गरे।
हामीले थानामा प्राथमिकी पनि दर्ता गरेका छौं। यसप्रकाको घटनाले सरकारी बस र कर्मचारीहरूलाई असुरक्षित बनाएको छ। यसकारण थानालाई सरकारी वाहनको सुरक्षाको अपील गरिएको छ। किन भने यी यस्ता वाहनहरू हुन् जससले सस्तोमा सुरक्षित यातायात सेवा दिन्छ। बसमा विस्फोट भएको हल्ला फैलिने बित्तिकै केही क्षणमा नै कालेबुङमा बम नै पडि्कएको अफवाह पनि फैलिएको थियो।
पग्ला कुकुर
12 years ago
0 comments: on "बसमा विस्फोटःसीआईडी जॉंच हुने"
Post a Comment