मुख्य समाचार :


घर जलेर स्वाहा

मनोज वोगटी
कालेबुङ, 26 जुलाई।
कालेबुङको लोेवर साधु धारा नजिक दावा भोटियाको घर जलेर स्वाहा भएको छ। मोठ पॉंचवटा कोठा भएको दावाको घरको दुइ कोठामा उनीहरू बस्थे भने तीनकोठा भाड़ामा दिएका थिए। ती मध्ये दुइवटा कोठामा अलगअलग विवेक सुब्बा अनि सरस्वती राई बस्थे। दुवै जना आफन्त रहेकोले विवेक सरस्वतिको घरमा कोठामा नै खाना खाने गरेका थिए भने। हिजो भने सरस्वतिको काठामा नै सुतेका विवेकले विजुली गएकोले आफ्नो कोठामा मोमबत्ती जलाएका थिए। मोम बत्ती त्यतिकै छोडेकोले खिड्‌कीको पर्दाबाट आगो सल्किएको थाहा लागेको छ। आगो लागेको अर्को कोठाका भाड़ादारले थाहा पाए पनि होहल्ला मच्चियो त्यतिबेला आगोले घरलाई पूर्णरूपले आफ्नो अधिनमा लिइसकेको थियो। दावा भोटियाले जनाए अनुसार मोठ डेड़ लाख रुपियॉंको क्षति भएको छ भने 60 हजार रुपियॉं खरानी बनेको छ। दुइवटा ग्यास सिलिण्डर बाहेक कुनै पनि सामाग्री निकाल्न नपाएको पनि तीनले जनाएका छन्‌।

0 comments: on "घर जलेर स्वाहा"