मनोज वोगटी
कालेबुङ, 25 जुलाई।
विकासको मूल फुटाउने बाचा गर्दै गोर्खाल्याण्डको आन्दोलनलाई विश्राम दिएर गोर्खाल्याण्ड टेरिटोरी एड्मिनिष्ट्रेशनमा सहीछाप गरेपछि गोर्खा जनमुक्ति मोर्चाले आजदेखि विकासको मूल फुटाउने काम शुरू गरेको छ। गोरूबथानको आहाले-
जीटीएपछि राज्य
तिनले भने, मान्छेको निम्ति सबैभन्दा ठूलो कुरा विकास हो। जीटीए चलाएर हामीले बङ्गाल र केन्द्र सरकारलाई देखाउन सक्नुपर्छ। जीटीए चलाएपछि सरकारको पक्षमा कुनै हामीलाई दिने विकल्प युटी र राज्य मात्र रहनेछ। जीटीएभित्र हामी गोर्खाहरूलाई मात्र होइन डुवर्स क्षेत्रमा हेपिएर बसेका आदिवासी,राजवंशी, कोचेमेचे सबैलाई नोकरी दिन चहान्छौं। हाइपवर कमिटिले डुवर्स क्षेत्र लगायत सम्पूर्ण दार्जीलिङ जिल्लाको निरीक्षण गरेपछि कमिटीको निर्णय अनुरूप नै जीटीएको चुनाउ हुने तिनले बताए।
दाबी सबै मौजा पस्छ भन्ने छैन
जनसभाबाट नै तिनले डुवर्सका जनतालाई सम्बोधन गर्दै मोर्चाको झण्डा रुखमा होइन घरमा लगाइदिने अपील गरे। तिनले भने, हाइपवर कमिटीले रुखलाई सोध्दैन, घरलाई सोध्छ। यसकारण रूखमा होइन घरमा झण्डा लगाउनुपर्छ। हाइपवर कमिटीको निर्णय अनुसार नै डुवर्सका क्षेत्रहरू जीटीएमा अन्तरभुक्त हुनेछ। डुवर्सको सम्पूर्ण गोर्खा बाहुल क्षेत्रहरू जीटीएमा गाभिन नसक्ने संकेत दिँदै तिनले भने, सबै क्षेत्र जीटीएमा अन्तरभुक्त हुन्छ भन्ने छैन। नभएका क्षेत्रहरूलाई पनि हामी अवश्यै विचार गर्नेछौं। त्यहॉंको समस्याको समाधान पनि गर्नेछौं। जनता ढुक्कले बस्नु।
विमलको मुद्दा अर्कै छ, हस्ताक्षर सचिवको हो
पहाड़का विपक्ष दलहरूले आफूलाई जीटीएमा बिक्रि भएको आरोप लगाइरहेको सन्दर्भमा तिनले भने,म बिक्रि भएको छुइन। जीटीएमा हस्ताक्षर मैले गरेको होइन। सचिवले गरेको हो। विमलको मुद्दा अर्कै छ। जसको प्रतीक्षामा आजसम्म बसेको छु। विमलले कहिल्यै आफ्नो इमान बेच्दैन। मोर्चाले मुद्दालाई भुलेको छैन। जीटीएको नामले हामी खुशी छौं। अब राज्य हुन मात्र बॉंकी छ। पहाड़का बुद्धिजीवीहरूलाई पेपरमा मात्र होइन कार्यरूपमा उत्रिनुपर्ने अपील गर्दै जीटीएमा बुद्धिजीवीहरूको धेरै खॉंचो रहेको बताए। माकपा सरकारले गोर्खाहरूलाई बुलेट दिएको तर आज तृणमूलले भने जीटीए दिएको बताउँदै ममताको गुण गोर्खाहरूले भुल्नु नहुने तिनले बताए। जीटीएसित आइलाको तुलना गर्न नहुने बताउँदै तिनले जीटीएमा भ्रष्टचार नहुने दाबी गरे। तिनले भने, जीटीएमा प्रत्येक व्यक्तिले आफ्नो योग्यता अनुसार काम गर्नुपर्छ। शिक्षकले ठेकादार होइन, स्कूल पढाउनुपर्छ। गोरूबथानको मार्केट पनि तिनले दिल्लीबाट आर्किटेक्ट झिकाएर केही दिनमा नै निर्माण कार्य शुरू गर्ने घोषणा पनि गुरूङले गरे।
0 comments: on "गोरूबथानमा इन्द्रबहादुर राई कलेज"
Post a Comment