जीटीए केवल विकासको एजेन्सी मात्र हो-गोविन्द छेत्रीप्रज्ज्वल वोगटी कालेबुङ, 22 जुलाई।क्रामाकपाका केन्द्रिय प्रवक्ता गोविन्द छेत्री आज कालेबुङ आएर पत्रकार सम्मेलनको आयोजना गर्दै पार्टीको भावी कार्यक्रमहरूको घोषणा गरेका छन्। पार्टी प्रवक्ता गोविन्द छेत्रीले दिएको जानकारीनुकार सर्वप्रथम आगामी 27 जुलाई शहीद दिवसको अव
सर पारेर क्रामाकपाले रक्तदान शिविरको आयोजना गर्ने भएको छ।
त्यसपछि 12, 13 अनि 14 अगस्तको दिन दिल्लीको जन्तरमन्तरमा गोर्खाल्याण्डको पक्षमा धर्ना दिने भएको छ।
20 देखि 25 अगस्तभित्रमा पहाड़को विभिन्न क्षेत्रहरूबाट पार्टी कार्यकर्ताहरूले सिलगड़ीसम्म पैदल यात्रा निकाली सोही समय जनजागरण अभियान, भाषा दिवस, वलिदान दिवस पालन गर्दै यात्राको अन्तिम दिन सिलगड़ीमा नै कार्यक्रमको समापन गर्नेछ। आगामी सितम्बर महिनामा अन्य सम्प्रदायका मानिसहरूलाई पनि लिएर गोर्खाल्याण्डको अनिवार्यता अनि औचित्यबारे बुझाउन वौद्धिक सङ्गोष्ठीको आयोजना गर्ने क्रामाकपाले आज घोषणा गर्यो।
स्थानीय पार्टी कार्यालयमा पत्रकारहरूलाई सम्बोधन गर्दै गोविन्द छेत्रीले क्रामाकपाले केवल छुट्टै राज्यकै निम्ति आगामी कार्यक्रमहरू गर्ने जनाए। मोर्चा राज्य अनि केन्द्र सरकारवीच सम्झौता भएको जीटीएले भारतीय गोर्खाहरूको चिन्हारी पूर्ण गर्न नसक्ने बताउँदै तिनले भने, जीटीएले गोर्खाहरूको चिन्हारी बनिँदैन। यो केवल विकासको एजेन्जी मात्र हो। विकास भनेको नर्मल प्रोसेस हो।
विकास गर्नु सरकारको जिम्मेवारी हो। यदि जीटीए नै थाप्नु थियो भने त्याग, वलिदान दिनुपर्ने थिएन अनि मान्छे मर्नुपर्ने थिएन। हाल मोर्चा जीटीएको खुशियालीमा विजय उत्सव मनाउन व्यस्त रहेको सम्बन्धमा तिनले यो राजनैतिक अपरिपक्वताको कारण रहेको अनि उत्सव मनाउनेहरूले यसको सही अर्थ पछिबाट थाहा पाउने जनाए।
यता क्रामाकमाका केन्द्रिय सचिव तारामणि राईले मोर्चामाथि सोझै आरोप लगाउँदै भने, विधायकहरूले विधानसभामा जानअघि गोर्खाल्याण्डको पक्षमा कुरा नभए राजीनामा समेत दिन्छु भने। तर यसको ठीक विपरित भयो। उनीहरूले गोर्खाल्याण्डको कुरा पनि नउठाइ जीटीएमा हस्ताक्षर गरे। जीटीए गोर्खाहरूको निम्ति महाधोका हो।
0 comments: on "क्रामाकपाद्वारा भावी कार्यक्रमको घोषणा"
Post a Comment