मुख्य समाचार :


प्रबन्धकले बुझेन नेपाली भाषाको आवेदन

कालेबुङ, 24 जुन।

स्वनिर्भर दलको नेपाली भाषाको आवेदन प्रबन्धकले बुझेन। सेन्ट्रल व्याङ्‌कमा खाता खुलाउनको निम्ति नेपाली भाषामा गरिएको आवेदन गरिएको थियो। तर प्रबन्धकले बुझ्दिन अंग्रेजीमा लेखेर ल्याउ भनेपछि केहीक्षण तनाउपूर्ण वातावरण बनियो। डेड़ वर्षदेखि अपील गर्दै आएको भएता पनि पत्तै नदिने सेन्ट्रल व्याङ्‌कलाई सहन गर्न नसकेपछि अन्तमा मोठ 38 वटा स्वनिर्भर दलका प्रतिनिधिहरूले व्याङ्‌कमा धर्ना प्रदर्शन गर्दै शीघ्र नै दलहरूको खाता खोल्नुपर्ने माग गरेका थिए। यसै अवधी प्रतिनिधिहरूले नेपाली भाषामा खाता खोलिदिने आवेदन पनि गरेका थिए तर कालेबुङ सेन्ट्रल व्याङ्‌कका प्रबन्धक ओपी सिंहले नेपाली भाषा नबुझ्ने वहाना गर्दै टार्ने कोशिष गरे। खण्ड-1 अन्तर्गत बोङबस्तीमा स्वर्णजयन्ती स्वरोजगार योजना अन्तर्गत गठित 38 वटा स्वानिर्भर दलले खाता खोल्ने सीसीएफको सुविधा डेड़वर्षदेखि नै पाएका थिएनन्‌। गरीब तथा वीपीएल परिवारका सदस्यहरूले स्वनिर्भर बन्न दल गठन गरेपनि उनीहरूले सीसीएफको सुविधा नै पाउन सकेका थिएनन्‌। व्याङ्‌कलाई धेरै अर्जी गरिए पनि पत्तो नदिएपछि धर्ना दिन पुगेका ती प्रतिनिधिहरूको नेपाली भाषामा लेखिएको आवेदन फिर्ता गर्दै अन्य भाषामा लेखेर ल्याउनुपर्ने निर्देश गरेपछि तनाउपूर्ण वातावरण बनेको थियो। पछि व्याङ्‌क प्रवन्धकले स्थितिलाई साम्य गर्दै भोलीदेखि ने खाता खोल्ने काउन्टर राख्ने घोषणा गरिदिएको हिमालयन फार्मर्स फ्रण्टका अध्यक्ष नयन प्रधानले जनाएका छन्‌।

0 comments: on "प्रबन्धकले बुझेन नेपाली भाषाको आवेदन"